
नवलपरासी,१२ पुुस
अघिल्लो कार्यकालमा जिल्ला समन्वय समिति(जिसस)का उपप्रमुख भई राजनैतिक कार्यमा सक्रिय पुर्व उपप्रमुख अब्दुल रहमान चुरिहार अहिले आफ्नै उद्यम ब्यवसायमा ब्यस्त देखिएका छन् । सरावल ७ बुडन्वापुर धनेवाखोला नजिकै तेल मिलको स्थापना गरि तेल पेल्नमा उनी ब्यस्त देखिन्छ । राजनीति कार्यबाट निस्कृय बन्दै चुरिहार अहिले घरायसी ब्यवहारका लागि आफु ब्यसायलाई नै प्राथमिकतामा राखेको बताउदै आफ्नै कार्यमा ब्यस्त रहेको सुनाए ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरावल गाउपालिकामा २०७४ सालको स्थानिय चुनावमा वार्ड सदस्यमा निर्वाचित भई चुरिहार नेपाली काँग्रेससँग तालमेल गरि जिससको उपप्रमुख बनेका थिए । पछि सो पार्टीका अध्यक्ष विजय कुमार गच्छेदार नै नेपाली काँग्रेसमा पार्टीलाई एकिकरण गरिदिए पनि चुरिहार पनि काँग्रेसमै प्रवेश गरेका थिए । तर काँग्रेसमा प्रवेश गरे पनि काँग्रेसमै रहेका पुराना नेता कार्यकर्ताहरु विच घुलमिल भएर काम गर्न केही असहज नै रहेको उनको अनुभव छ । चुरिहार मात्रै नभई काँग्रेसमा मधेशी दलको पृष्टभुमिबाट प्रवेश गरेका धेरै नेता कार्यकर्ताको उहिँ हाल छ ।
हुन तँ पुनः उपप्रमुख कै जिम्मेवारी ताकेर वार्ड सदस्यमा २०६९ को स्थानिय चुनाव चुनाव लडे र जिते पनि तर पछिल्लो कार्यकालमा उनी उमेदवार नै बन्न पाएनन् । जिल्ला तहमा नेतृत्व गर्दै एउटा छाप बनाएका चुरिहार अहिले राजनीतिकमा नयाँ शतिmले माग गरेका नेतृत्व पुस्तान्तरणकै पक्षलाई ठिक मानेको बताउछन् । काँग्रेसमा आन्तरिक रुपमा पुस्तान्तरणका समस्य उहिँ कायम छ । त्यसमा पनि अन्य दलहरु एकिकरण गरेर वा समाहित गरेर ठूलो पार्टीमा प्रवेश गर्दा तँ हराउने अवस्था नै हुने गरेको उनको अनुभव छ ।
पञ्चायत काल देखी प्रजातन्त्र र गणतन्त्रसम्म आउदा पनि उहिँ अनुहारले नेतृत्वमा बस्ने नयाँले अवसर नपाउने समस्याले राजनीति उन्मुख हुन चाहना भएका नागरिकलाई पनि समस्या नै छ । त्यसमा पनि केन्द्रमा एकिकरण हुदा स्थानियमा तँ कार्यकर्ताको गणना नै हुदैन् । आर्को सानो दलमा लागेर राजनीति गर्दा ति दल कहिलेसम्म अस्तित्वमा रहने हो ? पछि उहिँ एकिकरण हुनु पर्ने र पुनः उहिँ अवस्था दोहिरने अवस्था आउछ । यि यावत समस्या देखेर पेशा ब्यवसाय गर्दै समाजिक कार्य रमाइलो भएको उनले सुनाए ।
अहिले तेल मिल सञ्चालन गर्दै आएको छु,उनले भने, घरपरिवारले समेत यो पेशालाई सघाउदै आएका छन । पति पत्नि सहित घरेलु उद्योगमा रमाउदै आएका उपप्रमुख चुरिहारले यो पेशाबाट आफु सन्तुष्ट नै रहेको सुनाए । तोरी किन्ने र गुणस्तरिय तेल बेच्ने कार्यलाई पेशा बनाएको छु,उनले भने, यहाँबाट कुनै मिसावट हुदैन्,शुद्ध तोरीको तेल किन्नका लागि पहिला देखी नै अर्डर आएको हुन्छ,अर्डर अनुसार नै तोरि कन्निे पेल्ने र बेच्ने कार्यमा दिनचर्या चलिरहेको छ । तेलसँगै गहुँबाट पिठो बनाउने मेसिन,चामल बनाउने र मसला पिस्ने मेसिन पनि राखिएको छ । तर बढि प्राथमिकता तेललाई नै राखिएको उनले सुनाए । पेशासँगै कोही कोही नेता कार्यकर्ता यहिँ नै आउछन्,गफगाफ भई नै रहन्छ । तर प्राथमिकता भने आफ्नो ब्यवसाय नै हो ।
राजनीति सेवा गर्ने पेशा हो,तर खर्चिलो बन्दै गएको छ । पहिला जनताले नेतालाई सम्मान पुर्वक आफ्नै घरमा बोलाएर श्रद्धापुर्वक खाना खुवाउने,बसाल्ने,शुख दुखका कुरा गर्ने गर्थे । अहिले नेता आएकी नजिकैको चिया खाजा पसलमा बसाल्ने एउटा एउटा गरि केही ब्यतिm पनि जुटिहाल्छन् । चिया खाजा खादै गफसफ गरेर अ आफ्ना बाटो लाग्छन् ।
अन्तिममा पसलको बिलको भार तिनै नेता भन्नेले ब्यहोर्न पर्ने बाध्यता र संस्कृति बन्दै गएको छ । यस्ले राजनीतिमा नकारात्मक संस्कृति बन्दै गएको पुर्व उपप्रमुख चुरिहार बताउछन् । बिल तिर्नका लागि ति नेताले कहाँबाट श्रोत ल्याउने ? उनले प्रश्न गरे । कहिबाट उठायो भन्ने अनैतिक कार्य(भ्रष्टाचार) नै गर्नु पर्छ,उनले थपे,होईन भने राजनीति नै छाड्नु पर्छ । जुन परिस्थितीको सिकार आफु पनि भएको बताउछन् ।
तर अहिले स सानो पेशा गरियो भन्ने त्यसैले आफ्ना घरपरिवार खर्च पनि जुटाउन सकिएको छ । केही इष्टमित्र कहिले काही बाहिरबाट आउने नेतालाई सत्कार गर्नलाई पुगेको छ । यस्ले गर्दा राजनीतिसँगै एक आयमुलक पेशा गर्न पनि आवश्यकता रहेको उनले औल्याए । राजनीतिलाई नै पेशा बनाउनाले अहिलेको चलनले नेतालाई भ्रष्टाचार उन्मुख नै गराउछ । त्यसमा पनि निर्वाचनको बेला आयो भन्ने कार्पोरेटमा लाग्ने केही उच्च ब्यपारीहरुले विना खर्च चुनाव कसरी हुन्छ ? बहस नै चलाई हाल्छन् ।
त्यो अवस्था पनि सृजना गरि दिन्छन् । जनता र कार्यकर्ताको मनोभाव पनि नेताबाट खर्च गराउनु पर्छ,भनि भई हाल्छ । त्यसका लागि बर्षाै समय खर्चेर पार्टी संगठन बनाउदै दिन विताएकाहरुको बोल्ती नै बन्द भई हाल्छ । त्यसको फाईदा उठाउने कार्पोरेट बिजनेस गर्ने ब्यतिm हाबी हुन्छन् । पदमा पनि पुग्छन् । भ्रष्टाचार मुखी नीति बनाउन लगाउछन् । भ्रष्टाचारमा पनि लिप्त हुन्छन् । जस्को परिणाम अहिलेको अवस्थामा स्वम् हेर्न सक्ने उनले औल्याएका थिए ।
मुलुकलाई शुसासन तर्फ डोर्याउने हो भन्ने ठूलो राजनीतिक दलहरुले कार्पोरेटहरुलाई दलबाट निस्कासन गर्नै पर्छ । कार्पोरेट र ब्यसायीको काम ब्यसाय गर्ने हो,उनी भन्छन्,राजनीतिमा समाजमा भिजेका,जनता माझ शुख दुःखमा साथ साथ काम गर्नेलाई राजनीतिमा स्थान दिइयो भन्ने नीति निर्माण पनि जनमुखी बन्छ । मुलुकमा शुसासन,समृद्धि ल्याउछ । त्यसले समाजमा अमन चयन र दिगो शान्तिलाई ब्यवस्थापन गर्छ । होईन भन्ने भ्रष्टाचार हटाउने शुसासन ल्याउने नारामा मात्रै सिमित हुने उनको भनाई रहेको थियो ।
