
नवलपरासी,३ पुस
भारतिय पश्चिमी गण्डक नहर सफाई चार दशक देखी सफाई नहुदा करोडौ मुल्यको सिल्ट (बालुवा) जम्मा भई विद्युतमा समेत ह्रास भई रहेको हुदा उतm बलुवा सफाई गर्नु पर्ने स्थानियले बताएका छन् । नहर सफाई तर्फ भारतिय पक्षले ध्यान नदिदा नहरमा पानी प्रवाहको क्षमता कम भई विद्युत उत्पादनमा ह्रास आउने गरेको हो ।
उतm नहर भारतिय जनताका लागि सिचाई गर्न बनाइएको नहर भए पनि सोही नहरको पानीले गण्डक जलविद्युत केन्द्र सुयपुरामा पानी प्रवाह हुने र विद्युत उत्पादन हुने गरेको छ । तर दशकौ देखी उतm नहरको सफाई भारतिय पक्षले गरिदिएको छैन् । नहरको सफाई गरिदिइने दायित्व भारतिय पक्षकै हो, गण्डक नदी नियन्त्रण संघर्ष समितिका प्रवतmा समेत रहेका स्थानिय प्रेमचन्द्र गुप्ताले भने,तर भारतीय पक्षले उतm दायित्व पुरा नगरिदिदा भारतिय किसान र नेपाल सरकारलाई समेत घाटा भई रहेको छ । उत्पादनमा समेत असर परेको छ । नेपाल भारत विच २०१६ सालमा भएको गण्डक सम्झौता अनुसार नेपालमा विद्युत उत्पादनका लागि भारतिय पश्चिमी गण्डक नहरको पानी प्रयोग गरि विद्युत उत्पादन गर्नु पर्ने हो । उतm नहरको सञ्चालन भारतिय पक्षले नै गर्दै आएको छ । भारतिय पश्चिमी नहर नेपाली भुमि भएर भारत तर्फ जाने गर्छ । भारतको महराजगँज,देवरिया,कुशिनगर गोरखपुर जिल्लासम्म सिचाई गर्ने नहर हो ।
पुर्या क्षमताको विद्युत उत्पादनका लागि नहरको क्षमता १५ हजार क्युसेक पानी प्रवाह हुनु पर्छ । तर नहरको पिधमा करिब एक मिटरसम्म बालुवा जमेर पानीको मात्रा घटेर ८ देखी १२ क्युसेक पानी मात्र प्रवाह हुने गरेको प्राविधिकहरुले बताएका छन् । पानी कम हुदा विद्युत उत्पादन स्वतःकम हुने गरेको नेपाल विद्युत प्राविधिकरण परासी वितरण केन्द्रका इन्जिनियर रामर्शंकर शाहले बताए । ५।५ मेगावटा विद्युत उत्पादन गर्ने गरि तिनवटा टर्वाईन रहेको क्याप्लेन टेक्नालोजीको विद्युत केन्द्रमा पानी कम हुने वित्तिकै विद्युत कम हुदै जाने गरेको छ । यस्ले दैनिक लाखौ रुपिया घाटा हो । नहर सफाई गरियो भन्ने भारतीय नेपालको जलविद्युत मात्रै नभई भारतिय किसानलाई प्रयाप्त मात्रामा पानी समेत प्रवाह हुन्छ । साथै उतm बालुवा विक्रि गरि करोडौ रुपिया आर्जन पनि हुन सक्ने पुर्व प्रवतmा गुप्ताको भनाई थियो ।
नहरको सिल्टसफाई प्रयोजनले नै उतm नहरबाट बग्दै गएको पानी गण्डक नदीमा बगाउने प्राविधिक संरचना पनि रहेको छ । तर ति संरचनाको पनि उपयुतm प्रयोग नभई रहेको गुप्ताले जानकारी गराए । भारतिय पश्चिमी नहरमा नेपालको भुमि प्रयोग भएको १८ किलोमिटर भए पनि बालुवा बगाएर गण्डक नदिमा फाल्ने स्थानसम्मको कुल दुरी २७ किलोमिटर रहेको छ, अर्थात २७ हजार मिटर हुन्छ उनले भने, ति सबै स्थानमा बालुवा जम्मा भएर बसेको छ । नहरको चौडाई करिब १ सय मिटरको रहेको छ । यदि सरदर एक मिटर मोटाई हुने गरि बालुवा जम्मा छ,भने कुल बालुवाको परिमाण २७ लाख घनमिटर बालुवा नहरमा जम्मा भएको हिसाब देखिन्छ । प्रति घनमिटर १० रुपिया मात्रै मुल्य हुन्छ भने उतm बालुवाको मुल्य नै २ करोड ७० लाख बराबरको हुन्छ । जुन बालुवा विद्युत उत्पादनका लागि नहरमा बग्ने पानीको आयतन घटाई दिन्छ । यस्ले विद्युत उत्पादनलाई प्रभावित पार्छ । यि सबै कुरा प्राविधिकहरुलाई जानकारी हुनु पर्ने पुर्व प्रवतmा गुप्ताको भनाई थियो । बालुवा सफाईलाई चाहिने आवश्यक लगानी तिनै बालुवा विक्रि गरेर पनि आउन सक्ने आधार उनले प्रस्तुत गरेका थिए । बालुवा सफाई गराउनु आपको आप गुठुलीको दाम उख्खान चरितार्थ हुन्छ । तर यसका लागि सरोकारवाला कार्यालयले उठाउनु पर्ने उनको भनाई रहेको थियो ।
प्राविधिकलाई जानकारी नै हुदैन भन्ने कुरा होईन्,उनले थपे,प्राविधिकलाई आफ्नो जागिरको मात्र मतलब देखिन्छ । देश र जनताका लागि सोच्नु भन्दा उनीहरु आफ्नो दिन कटाउनका लागि मात्रै काम गर्ने गरेको उनको आरोप थियो । प्राविधिक मात्रै नभई ति कार्यमा संलग्न नेतृत्वले पनि सोच्नु पर्नेको तर्क थियो । नेपालको एक मात्र क्याप्लेन टेक्नोलोजीको जलविद्युत केन्द्र भएकोले पनि नेपाल विद्युत प्राविधिकरणले यसमा मतलब पनि गरेको छैन् । नेपालका अन्य जलविद्युत केन्द्र पेल्टेन टेक्नोलोजीमा आधारित छ । विगत बर्षमा पनि जलविद्युत केन्द्रको मर्मत सम्भारका लागि डिपिआर बन्दै आएको भए पनि त्यसमा कार्यान्वयन नहुदा जलविद्युत केन्द्र अहिले पनि क्षमताको एक तिहाई मात्र विद्युत उत्पादन गर्ने गरेको छ । भारतीय पक्षले नहरमा अहिले दुई महिना देखी पानी प्रवाह बन्द गरेर राखेको छ । त्यसले पनि जलविद्युत केन्द्रमा विद्युत उत्पादन भई रहेको छैन् ।
भारतिय जनतालाई पानी आवश्यक परेको बेला मात्र नहरमा पानी प्रवाह गर्ने गरेको भारतिय पक्षको एकल निर्णयका कारण पनि जलविद्युत केन्द्रको उत्पादन ह्रास हुने गरेको छ । जलविद्युत केन्द्र सञ्चालन हुदा विद्युत थोरै भए पनि विद्युत आपुर्तिमा भोल्टेज सन्तुलनका लागि काम गर्ने गर्छ । यसका लागि नेपाली पक्षबाट कुटनितिक पहल पनि हुन नसक्दा पनि भारतिय पक्षको एकलौटी रहेको छ । गण्डक बाँध सम्बन्धि मामिला हेर्नेका लागि नेपालको तर्फबाट भु आर्जन तथा सम्पर्क अधिकृत(लाईजन) समेत नियुतm हुन्छ, उनले भने,तर उतm लाईजन समेत भारतिय पक्षबाट तलब सुविधा लिइने गरेका कारण दवाव सृजना गर्ने ल्याकत राख्दैन् । यसका लागि अन्ततः कुटनीतिक पहल नै चाहिन्छ,उनले थपे,कि स्थानिय जनदवाव र स्थानिय प्रशासनको भुमिका आवश्यक छ । अहिलेको अवस्थामा यि दुबै कार्य कमजोर हुदै गएको आफुले महशुस गरेको पुर्व प्रवतmा गुप्ताको भनाई थियो ।
