सुस्ताबासीको समस्या बुझ्न चर्चित साँसद रिगँला यादव सुस्तामा

नवलपरासी,३१ जेठ
भारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई सान्तवना दिन नेकपा एमालेकी हाल चर्चित साँसद रिगँला यादव सुस्ता पुगेकी छिन् । भारतिय एसएसबीले हातहतियार सहित सुस्तामा पुग्दा सुस्ताबासीसँग भएको झडप पछि त्रसित बनेका सुस्ताबासीको अवस्था बुझ्न र सान्तवना प्रदान गर्न उनी आईतवार सुस्ता पुगेकी हुन् ।
प्रधानमन्त्री बालेनको सिमा क्षेत्रमा नेपालले पनि अतिक्रम्ण गरेको संसदमा दिएको अभिब्यतmीले उत्साही भएका एसएसबी सुस्ता पस्ने गरेको स्थानियले साँसद यादवसँग गुनासो गरेका थिए । पहिला उनीहरु सुस्ता कटान गर्दै आएको बाँधमा अवरोध गर्न पुगे,सुस्ताको अवस्थाबारे वेलिविस्तार सुनाउदै सुस्ता बचाउ अभियानकी नेतृ लैला वेगमले भनिन्,पछि हतियार सहित सुस्ताबासीले गर्दै आएको खेतीपाती क्षेत्रमा घुस्न थालेका कारण स्थानियले सामुहिक रुपमा लखेटन पुगेका थिए । जनता र पत्रकारबाट निरन्तर सहयोग भई रहेको छ,उनले थपिन,तर सरकरको तर्फबाट केही भएको छैन् । सुस्ताबासीलाई सहयोगको नाँउमा सुस्तामा तँ विकास पुर्वाधार बने तर अहिले फेरी एसएसबीको आडमा बढ्दो अतिक्रम्ण र त्रासले सुस्ताबासी त्रसित बनेका छन् ।
प्रायः प्रत्येक सुस्ताबासी माथि कुनै न कुनै किसिमका भारतिय प्रहरीले मुद्दा लगाएका छन् । सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानले भने, गस्तिको नामा आउने र सुस्ताबासीलाई एक्लो पाएको खण्डमा पक्राउ गरि लैजाने कार्य गर्ने गर्छन् । उनका अनुसार विगत बर्षमा पनि दुई जनालाई यसरी नै समातेर दुई बर्ष थुनामा राखेका थिए । अहिले त्यही कार्य पुनः दोहरिरहेका छन् । यसलाई जसरी भए पनि सुस्ताका समस्याबारे निरन्तर संसदमा कुरा उठाउन उनले आग्रह गरेका थिए । उनलाई आश्वास्त पार्दै साँसद यादवले भनिन,आफु साँसद रहदासम्म निरन्तर सुस्ताका कुरा संसदमा उठाई रहन्छु,साँसद पद गए पनि आफु नागरिक र रानीतिक स्तरबाट पनि सुस्ताबासीको समस्या उठाउने छु ।
समाधानका लागि सरकारलाई दवाव दिई रहने उनले प्रतिवद्धता जनाएकी थिईन् । अहिलेको समस्याबारे आफु काठमाँडौ पुगेर विदेश मन्त्री,प्रधानमन्त्रीसँगै संसदमा सभामुखलाई समेत जानकारी गराउने बताईन् । सुस्ताको भुमि मात्रै नभई सुस्ताबासीको सुरक्षा पनि सरकारको दायित्व हो । त्यसको प्रत्याभुति गराउनु सरकारको कर्तब्य हो । सुस्ताबासीका नागरिकता र पुर्जा प्रदान गरिनुका साथै सिमाँकन र सिमामा नेपाल भारत दुबै शुरक्षा निकाय मिलेर मात्र गस्ति गर्नका लागि पनि आफु स्थानिय प्रशासन समक्ष कुरा राख्ने सुनाएकी थिईन् । अहिले आर्को त्रास नारायणी नदी कटान बनेको छ । नेपाली सुस्त भुमि पटक पटक भारतिय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धार फर्कदै कटान थाले पछि थप त्रासदी बनेको सुस्ताबासीको भनाई थियो ।
भारत उत्तर प्रदेशले आफ्नो पश्चिम क्षेत्रका लागि नदीमा वि ग्याप बाँध,सि ग्याप बाँध,नेपाल बाँध र लिँक बाँधलाई बलियो बनाउने,अग्लो बनाउने कार्य गरि रहेको भए पनि विहार प्रदेश सरकारले यो धार परिवर्तन गरेको नदीलाई नियन्त्रण गर्ने कार्य नगरेको बताउदै अहिले उल्टै सुस्ता भुमिसँगै भारतको विहार भुमिको खत्तरा टर्ने गरि नेपालले काम गरिदिदा पनि अवरोध सृजना एसएसबीबाट हुने गरेको दुखेसो गरेका थिए । स्थानियका अनुसार नदीले सुस्ता कटान गरि विहार प्रदेश तर्फ फर्कदा विहारका दर्जनौ गाँउ पनि डुबान कटानमा पर्ने अवस्था छ ।
सुस्ताको विगतका कुल भुमि ४० हजार ९ सय हेक्टर रहेको थियो । ति मध्ये १४ हजार ५ सय हेक्टर भुमि भारतिय अतिक्रमणमा परि सकेको छ । १९ हजार ४ सय ८० हेक्टर विवादित अवस्थामा छ । बाकी ७ सय हेक्टर जमिन सुस्ताबासीले भोगचलन गर्दै आएका छन् । तर नदी कटानले ति सबै भुमि गुम्ने खत्तरा बढदै गएको सुस्ताबासीको दुखेसो थियो । सुस्ताले सानो लाभका लागि नदी उत्खनन कार्य गराउदा धार परिवर्तनले ठूलो नोक्सानी ब्यहोर्न पर्ने अवस्था आएको सुस्ता बचाउ अभियानका अध्यक्ष खानले बताएका थिए । यसबारे सुस्ताबासीले निरन्तर नेपालका प्रशासनिक निकायलाई जानकारी गराउदै आएको छ । नदीको धार फकिर्यो,रोक्नका लागि पनि अहिले ठूलो चुनौती देखिएको छ, उनले भने,सुस्तामा जानका लागि कि ढुगाँ कि झोलुगेँ पुल मात्र छ । मालवाहक सवारी साधन चल्ने अवस्था छैन् । बलियो माटो छैन् । बलौटे माटोको बाँधले नदीको धार रोक्ने सामथ्र्य राख्दैन् । पक्कि संरचनाका लागि निर्माण समाग्रि आवश्यक पर्छ ।
माओवादी द्धन्द्धकालको बेला भारतले जब देखी सिमा क्षेत्रमा सिमा सुरक्षा बल(एसएसबी) राख्ने कार्य गर्यो,सोही बेला देखी एसएसबीले आफ्ना कार्य प्रगति देखाउनलाई होला भारती भुमिा गिद्धेदृटि राख्दै आएका छन् । सन १८१६ मा नै भारतमा शासन गरिरहेका बेलायती इष्ट इण्डिया कम्पनी र नेपालको गोर्खा सामराज्यको बेला नेपाल र कम्पनी विच सुगौली सन्धि भएको थियो । सोही बेला नेपाल र भारत विचको सिमा निर्धारण भयो । सिमा निर्धारण गर्ने क्रममा सिमा स्तम्भहरु गाडिएका थिए । तर गण्डक नदि किनारमा सिमा स्तम्भ राखिएको थियो कि थिएन,यकिन भएन्, नदीलाई नै आधार मानी नेपाल भारत छुट्टिएको पनि सुन्दै आएका हौ,खाँनले भने,तर नेपाल भारत हुनु पुर्व देखी नै सुस्ताबासीले आफ्ना जग्गाको उपभोग गर्दै आएका थिए ।
अहिले पनि सो क्षेत्रमा कुनै सिमा स्तम्भ छैन्, । सो क्षेत्र स्वम् भारतियले पनि सुस्ता कै हो भनि स्वीकार्ने गर्छन् । बेला बेला विवाद गराउने मुद्दा लगाउने,आफुहरु भारतिय भएको हो,भन केही हुदैन,थप सुविधा दिलाई दिन्छौ पनि भन्ने जस्ता कार्य गर्दै आएका छन् । तर स्वभिमानी सुस्ताबासी आफुहरु नेपाली नै भएको र आफ्नो जग्गाका लागि निरन्तर लडि रहने बताउदै संघर्ष गर्दै आएको उनले सुनाएका थिए । निर्वाचनमा सबै नेता आए तर अहिले सुस्तामा संकट आउदा सत्ताधारी रास्वपाका साँसद नआएकोमा सुस्ताबासीले दुखेसो पोखेका थिए । बर्षाै देखी आश्वासनमा बाचेका सुस्ताबासी आशा तँ राख्ने गरेका छन्,तर भरोसा भने कस माथि गर्ने ? सत्तामा नहुदा सुस्ता याद आउछ,तर सत्तामा पुग्दा सुस्ताका मुद्दा ओझेल पर्ने गरेको छ ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *