
नवलपरासी,१४ असार
जिल्लाकै अग्रणी सामुदायिक बन उपभोतmा समुहको रुपमा चिनिएको वर्दघाट नगरपालिका २ स्थित चिसापानी सामुदायिक बनले तिन बर्ष पहिला ल्याएको रिसोर्ट सञ्चालन गर्ने अवधारणा अहिले सकार पारेको छ । उतm बनले बनभित्र पर्यापर्यटन विस्तारका लागि रिसोर्ट समेत सञ्चालन गर्ने गरि अवधारणा ल्याएको र अहिले सो कार्य पुरा गरि कार्य शुभारम्भ गर्ने तयारीमा लागेको हो ।
अवधारणा अनुसारको कार्य गर्न विस्तृत परियोजना प्रतिवेदन बनाई आवश्यक कानुनी प्रकृया पुरा गरेर केही कार्य सम्पन्न भई सकेको जानकारी गराउन आईतवार पत्रकारसँग सुचना आदानप्रदान कार्यक्रमको आयोजना गरि जानकारी गराएको थियो । जिल्लाको पहिलो सामुदायिक बन हो,जस्ले पर्यापर्यटनको अवाधारणा बनाई काम गर्न लागि रहेको कार्यक्रमका प्रमुख अथिती सिनियर डिभिजन बन अधिकृत राजु क्षेत्रीले सो कार्यको प्रशंसा गरेका थिए । उनका अनुसार सामुदायिक बनहरु अब बनको घासपात र काठदाउरा उपभोग र बचेकोलाई विक्रि गरि आमदनी गर्ने मात्र स्रोत नबनाई सो बनका सौन्दर्यता देखाउदै पर्यापर्यटन प्रवद्र्धन गरि आमदनी गर्न सक्ने छन् । जुन कार्य अहिले चिसापानी सामुदायिक बनले गरेको छ, उनले भने,विस्तारै राजमार्ग क्षेत्रका अन्य सामुदायिक बनलाई पनि यो सिकाई स्थल बन्नेमा आफु विश्वस्त छु । यसलाई डिभिजन बन कार्यालयबाट हुने सहयोग निरन्तर भै नै राख्ने जानकारी गराएका थिए ।
कुल ४ सय ९५ हेक्टर क्षेत्रफल रहेको सामुदायिक बन भित्र १ सय ६१ हेक्टरमा सम्वर्दन प्रणाली लागु गरि कार्य गर्दै आएको छ । ३ सय १४ हेक्टर पहाडी भाग छ । ८ हेक्टर जति खोला,बाटो किनारा रहेका छन् । ४.९० हेक्टर जति सिमासार क्षेत्र छन् । तिनै सिमसार क्षेत्रलाई ब्यवस्थित गरि पर्यापर्यटनको बनाउने कार्य भई रहेको छ । बन भित्र ४ हेक्टरमा हाईटेन्सन विद्युत प्रसारण लाईन पनि गएका छन् । सामुदायिक बनले दिगो बन विकासका लागि सम्बद्र्धन बन प्रणाली अनुसार काम गर्दै छ । बनको सदुपयोग संकलन र विक्रि वितण गर्दै आएको छ । खोला खोल्सी ब्यवस्थापन,गरिब उपभोतmालाई आर्थिक भौतिक सहयोग,सस्थागत विकास तथा सहयोगसँगै अहिले पर्यापर्यटनको कार्य थपिएको बनका अध्यक्ष होम बहादुर गुरुगँले जानकारी गराएका थिए ।
उनका अनुसार पर्यापर्यटन विकास गर्ने ४.९ हेक्टर बन क्षेत्रमा ३ हेक्टरमा पुरानै ६ वटा ताल र पोखरीहरु रहेका छन् । ०.१ हेक्टरमा चमेना गृह बनाइएको छ । १.८ हेक्टरमा पर्यापर्यटन विकास गरिन्छ,जस्मा पार्क,फूलवारी,पुराना कला संस्कृति झल्किने डिमो प्लान्ट निर्माण,पिकनिक स्थल,बन्यजन्तु उद्धार केन्द्र,मठ,मन्दिर,ध्यान केन्द्र,पैदलमार्ग,बालउद्धान,प्रतिक्षालय,लठ्ठेपिगँ,चक्रेपिगँ,ढिकी,जातो,काठेगाडा,लढिया,हलो जुना,हेगाँ,माटाका भाडाहरु सहितका आवश्यक पुर्वाधार विकास भई रहेका छन् ।यसका लागि २३ करोड बराबारको गुरुयोजना बनाइएका छन् । त्यसै मध्ये तत्काल १ करोड ७ लाखको लगानी गर्ने गरि डिपिआर तयार गरी काम भई रहेका छन् । चमेनागृह सञ्चालन तथा ब्यवस्थापनका लागि सप्तरंगी कृषि तथा पशुफर्म वर्दघाट ५ लाई जिम्मा लगाइएको समेत अध्यक्ष गुरुगँले बताएका थिए ।
तिन हजार तिन सय भन्दा बढि घरधुरी उपभोतmा रहेका छन् । वर्दघाट, सरावल पाल्हीनन्दन गाउपालिकालाई समेत समेटेर रहेका उतm बन उपभोतmा समुहले बन संरक्षण,प्रवद्र्धन,बनजन्य स्रोतको परिचालन वितरणसँगै समाजिक कार्यमा पनि अग्रसरता लिई काम गर्दै आएको छ । पुर्वपश्चिम राजमार्गसँगै जोडिएको बन क्षेत्र र कार्यालय परिसर छ । लुम्बिनी प्रदेशको पुर्विसिमाको अन्तिम विन्दुमा रहेको सो फेदमा रहेको भुभागसँग जोडिन्छ ।
सामुदायिक बनले नै सामुदायिक स्तरबाट रिसोर्ट सञ्चालन गरि पर्यापर्यटन र रोजगारी वृद्धिमा पनि सहयोग पुर्याउन सक्ने हुदा यस्तो अवधारणा ल्याउन लागिएको सामुदायिक बन समुहका कार्यालय सचिव कमल परियारले बताए । यसले सहुलियत दरमा आउने अथितीलाई खानपान र बासको ब्यवस्थापन हुन्छ । आफ्नै उपभोतmाहरुले रोजगारी पाउने छन् । सामुदायिक बन भित्र मिनि जु(सानो चिडियाघर बनाइएको छ । अहिले पनि त्यसमा मृग,चित्तल,हरिण संरक्षण गरि राखिएको छ । सामुदायिक बनमा पनि बैज्ञानिक बन ब्यवस्थापनका कार्यहरु हुदै आएको हुदा बनलाई ब्लक ब्लकमा छुट्टयाइएको छ ।
राजमार्गसँगै जोडिएर चुरे पर्वतसम्म सामुदायिक बन फैलिएको र सामुदायिक बनको ब्यवस्थापनले अहिले बन क्षेत्रमा बन्यजन्तु चराचुरुगीँको संख्या बढेको छ । अहिले पनि सामुदायिक बन भित्र घुमफिर गर्ने सयौ मान्छे आउने गरेका छन् । बन समुहले नै अहिले लेमनग्रास,मेन्थाको तेल निकालेर विक्रि वितरण समेत गर्दै आएको छ । सामुदायिक बन भनेको काठदाउरा मात्र लिने होईन्,सचिव परियारले भने,पर्यापर्यटनसँगै रिसोर्ट सञ्चालन गर्न सकियो भन्ने उपभोतmाले रोजगारी पाउने हुदा बनबाट प्राप्त हुने काठदाउरा त दोश्रो प्राथमिकतामा पर्न थाल्छन् । बन संरक्षण त अब पर्यापर्यटन र वातावरणिय सुरक्षाका लागि बन्दै जाने समेत उनले बताए ।
विगत बर्षमा पनि जिल्लामै पहिलो पटक सिमाक्षेत्रका बासिन्दालाई आफ्नो उपभोतmा बनाई बन कार्ययोजना बनाउने चिसापानी सामुदायिक बनले बन्यजन्तुको संरक्षण गर्नेमा पहिलो नै सामुदायिक बन बनेको छ । अहिले बन तथा बन्यजन्तुलाई अवलोकन गराउने र बनबासको अनुभुति गराउने गरि रिसोर्ट सञ्चालनका अवधारणा ल्याउने पहिलो सामुदायिक बनको रुपमा देखिएको छ । पुर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल—नारायणघाट खण्ड ६ लैनको राजमार्ग बनाउने कार्य करिब सक्कि सकेको छ । जिल्लाकै हुलाकी राजमार्गमा बजार विकास भई रहेको हुदा पुर्वपश्चिम राजमार्गमा बजार भन्दा उद्योग र पर्यटन उद्योगले प्राथमिकता पाउने अनुमान परियारको रहेको छ । हुलाकी राजमार्गमा बजार र महेन्द्र राजमार्ग वरिपरि पर्यटन उद्योग नै चल्ने सम्भावनको अनुमान गरि सामुदायिक बनले सो अवधारणा ल्याइएको उनको भनाई थियो ।




