
नवलपरासी, १६ असार
विभिन्न चुनौतीका विच सञ्चालन हुदै आएको जिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी संघको शीतभण्डारले पहिलो पटक आफ्ना सेयर सदस्यलाई लाभाँस वितरण गर्ने भएको छ । स्थानिय तह देखी विभिन्न सहकारी संघसस्थाहरु यसको सेयर सदस्य रहेको जनाउदै अहिले पहिलो पटक शितभण्डारले फाईदा गरेर लाभाँस वितरण गर्न लागेको हो ।
शितभण्डार तथा संघका सेयर सदस्यहरुलाई पहिलो पटिक सेयर लाभान्स वितरण लाग्दा खुशी लागेको संघका कोषाध्यक्ष हैदल अलि मोमिनले बताए । उनका अनुसार १ सय रुपिया सेयर रहेको प्रति सेयर कित्ताको ३.६९ रुपियाको दरले सेयर लाभाँस वितरण गरिन्छ । सेयर लाभाँस पाउनेमा कम्तीमा ११ सेयर भन्दा माथिका सेयर लिएका र्सघसस्थाहरु यसमा आवद्ध छन् । बढीमा ४ हजार सेयर कित्ता रहेका सेयर सदस्य पनि छन् । कुल १ सय ८४ वटा संघसस्थाहरुले भिन्न भिन्न संख्यामा सेयर लिएका छन् । बढिमा ४ हजार कित्ता कायम गरि ४० लाखसम्म सेयर लिएका संस्था रहेको उनको भनाई थियो । कुल ६ करोड ६९ लाख ६१ हजार २ सय सेयर रकम रहेको छ ।
उनका अनुसार स्थानिय कृषक तथा ब्यपारीलाई शितभण्डारको महत्वबारे राम्ररी बुझाउन नसक्दा अहिले पनि भण्डारण गर्ने मालबस्तु घट्दा सञ्चालन खर्च बढेर चुनौती थपेको छ । गत बर्षको तुलनामा झण्डै एक तिहाई मालबस्तु भण्डारण गर्ने क्रम घटेर चिस्यान केन्द्रको सञ्चालन लागत बढेको उनको भनाई थियो । चिस्यान केन्द्रमा राखिने मालबस्तुलाई चिस्यान कायम गरि राख्नका लागि चाहे थोरै होस वा धेरै विद्युतिय उपकरण चलाई राख्न पर्छ । थोरै बस्तु भए पनि विद्युत उपकरण चलिराख्दा उठ्ने विद्युत महशुल उत्तिकै हुने तर कम मालबस्तुबाट कम भाडा उठ्ने हुदा सञ्चालन लागत बढछ ।
कृषकले उत्पादन गर्ने कृषि क्षेत्रमा सिचाई मिटर भनेर सरकारले विद्युत महशुलमा छुट दिए पनि कृषि क्षेत्रकै चिस्यान केन्द्र लगायतका क्षेत्रलाई कृषि उद्यम भएको भनेर महशुलमा छुट दिई रहेको छैन्, उनले भने, आखिरमा यो पनि कृषककै उत्पादन भण्डारण गर्ने कृषि उपक्रम नै हो । तर सरकारका दोहोरो नीतिका कारण चिस्यान केन्द्र समस्यामा पर्दै गएको छ । सिचाई मिटरलाई अब कृषि मिटर भनेर उपलब्ध गराउनु पर्छ, उनले भने, यसका लागि अहिलेको सरकार कृषि भैत्री नीति ल्याएर कृषकको उत्पादन देखी ढुवानी भण्डारसम्ममा पनि छुटको ब्यवस्थापन गरिनु पर्छ ।
मुलुकमा कृषि क्रान्तिको कुरा सम्भव छ । सिचाई मिटरले किसानलाई उत्पादनमा तँ राहत पाउछ,तर उत्पादित बस्तु लामो समय भण्डारण गरि सुरिक्षत राख्न नसक्ने हो,भन्ने उत्पादित कृषि उत्पादन कि सस्तोमा विक्रि गरिनु पर्ने हुन्छ,कि कुहिएर जाने अवस्था आउन सक्छ । शुरुमा निर्माण भएर सञ्चालन गरिए पनि पुर्ण क्षमतामा सञ्चालन नहुदा दैनिक खर्च उठाउन आईस(बरफ) विक्रि गरि चलाउन परेको थियो । पछि प्रचार प्रसार हुदै जादा किसानहरु भण्डारण गर्न थालेका थिए,तर अहिले भण्डारण गर्न छाड्दै गएका छन् ।
डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । शितभण्डारसम्म पुग्नका लागि सुनवल महेशपुर सडकबाट पहुँच मार्गका लागि सिमाँकन भई सकेका छन् । सडकको दुबै छेउमा नाली समेत निर्माण भई बाटोको स्तरोन्नती भएको छ,तर पिच हुन बाकी नै रहेका कारण पहुँच मार्गमा केही समस्या छ । नगरपालिकाले छिटै ति पहुँच मार्ग निर्माणका लागि पहल गरिनु पर्ने उनको भनाई थियो । साथै पहुँच मार्ग बने पनि अहिलेसम्म महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन नहुदा पनि भारतबाट बैधानिक तरिकाले आउने कृषि उपज समेत शितभण्डारमा ल्याएर राख्ने अवस्था नहुनु पनि एक समस्या भएको उनको भनाई थियो ।
शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीत भण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख रकम सङ्कलन गर्न सकिने अवस्था हुन्छ । शीतभण्डारमा नवलपरासी, रुपन्देही र कपिलवस्तु सम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो । लुम्बिनी प्रदेशकै सबै भन्दा ठूलो क्षमताको शितभण्डार भएको संघको दाबी रहेको छ ।
यो शितभण्डारको आवश्यकता पुरा गर्नका लागि महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन तत्कालै सञ्चालनमा ल्याउनु पर्ने देखिएको छ । प्लान्ट क्वारेन्टाईन सञ्चालनमा आए भन्सार छुटाएर आएका तरकारी,कृषिजन्य समाग्रिहरु भण्डारका लागि शितभण्डारमा राखिन्छ र आवश्यकता अनुसार झिकेर देश विदेश पठाउने कार्य हुन्छ । पशु क्वारेन्टाईन सञ्चालनमा रहे पनि माछा,मासु जस्ता पशुजन्य समाग्रि भण्डारणका लागि शितभण्डारमा छुट्टै च्याम्बर र ढोका ब्यवस्थापन गरिएको छैन् ।
