Tag: Buddha Poudyal

सुस्ताले बनायो डिजिटल शैक्षिक प्रोफाईल
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले बनायो डिजिटल शैक्षिक प्रोफाईल

नवलपरासी,२३ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको शैक्षिक गतिविधि तथा शैक्षिक अवस्थालाई समेटेर डिजिटल शैक्षिक प्रोफाईल निर्माण गराएको छ । शिक्षा क्षेत्रको विकासका लागि आवश्यकता पहिचान गरि काम गर्नमा सो प्रोफाईल सहयोगी हुने हदा डिजिटल प्रोफाईल निर्माण गरिएको हो ।शैक्षिक प्रोफाईल निर्माण गरि त्यसको डिजिटल (विद्युतिय) प्रति वेभसाईट र मोवाईल एम मार्फत जहाँ तहीबाट हेर्न र अध्ययन गर्ने गर्न सक्ने गरि सो प्रोफाईलको निर्माण गरिएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । पालिका भित्रका सबै सामुदायिक,धार्मिक,निजी विद्यालयहरुले नियमित रुपमा भर्ने गरेका शिक्षा ब्यवस्थापन सुचना प्रणालीमा भर्ने सुचनाको आधारमा शैक्षिक प्रोफाईल अपडेट हुदै जाने गरि प्रोफाईलको निर्माण भई सकेको छ, उनले भने, त्यसमा थप सुझाव लिएर परिमार्जन सहितको प्रोफाईल रिलिज गर्नका लागि प्रधानाध्...
सुस्तामा मनाइयो ६६ औ सहकारी दिवस
अर्थ, समाचार, सुस्ता गाउँपालिका

सुस्तामा मनाइयो ६६ औ सहकारी दिवस

नवलपरासी,२० चैत्र६६ औ राष्ट्रिय सहकारी दिवस सुस्ता गाउपालिकाले सहकारी समिक्षा तथा अन्तरक्रियाको आयोजना गरि मनाएको छ । गाउपालिका भित्रका झण्डै २० वटा सहकारीकर्मीहरुको सहभागितामा मनाईएको हो ।ग्रामिण अर्थतन्त्रमा सहकारीको ठूलो महत्व रहेको बताउदै गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले अगामी दिनमा सहकारीको सबलीकरण,सहजीकरणमा गाउपालिकाले आवश्यक कार्यक्रम बनाई काम गर्ने बताएका थिए । सहकारीले महिलालाई आर्थिक उपार्जन गर्नमा मात्रै नभई शसतिmकरणमा समेत योगदान पुर्याउदै आएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताएका थिए । सहकारी सस्थाले अबका दिनमा बचत गर्ने ऋण प्रवाह मात्र नगरि उत्पादन मुलक क्षेत्रमा काम गर्न आवश्यक रहेको र त्यसका लागि गाउपालिकालाई के कस्तो कार्यक्रम बनाउनु पर्ने भनेर सुझाव पेश गर्न समेत गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराएका थिए । सहकारीले आर्थिक उपार...
गण्डकको वि ग्याप बाँध अग्लो बनाउदा नदीको धार रोक्न सक्छ,डुबान रोकिदैन ः स्थानिय
समाचार, समाज, सुस्ता गाउँपालिका

गण्डकको वि ग्याप बाँध अग्लो बनाउदा नदीको धार रोक्न सक्छ,डुबान रोकिदैन ः स्थानिय

नवलपरासी,१८ चैत्रजिल्लाको गण्डक नदीको वि ग्याप बाँध अग्लो बनाइने भए पनि सुस्ताका चार ४ वटा वार्ड भित्र पर्ने दर्जनौ गाँउ डुबान समस्या समाधान नहुने स्थानियले बताएका छन् । वि ग्याप बाँध डेढ मिटर अग्लो बनाउने भारतिय पक्षले योजना अगाडी सारे पनि सुस्ताका गाँउका समस्या समाधान गर्ने बैज्ञानिक रुपमा काम नहुदा डुबानको अन्त्य नहुने स्थानियबासीले बताएका हुन् ।बाँध अग्लो बनाउने नाँउमा भारतिय पक्षले गण्डक क्षेत्रमा करोडौ रुपिया खर्चने,ठेकेदार पाल्ने कार्य मात्रै हुन्छ,स्थानिय लख्खु यादवले भने नारायणी नदी(गण्डक) भित्र बर्षाै देखी थुप्रिदै गएको गिट्टि,बालुवा,ढुगाँ र रोडा झिकेर नदीलाई च्यानलाईज नगरेसम्म डुबान समस्या समाधान होला भने लाग्दैन् । नदीमा सिल्ट जम्मा भई नदीको सतह नै गाँउको सतह भन्दा अग्लो भई सकेको छ । बाँधले धार रोक्न सक्छ,तर नदीको पानी बलौटे जमिनबाट चुहिएर(सिपेज) भएर खोला नाला,पोखरी जलायसको पा...
सतपति नजिकैको बनलाई मृगदावन बनाउने अवधारणा बनाउदै सुस्ता गाउपालिका
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

सतपति नजिकैको बनलाई मृगदावन बनाउने अवधारणा बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१६ चैत्रजिल्ला सुस्ता गाउपालिका २ स्थित रहेको बौद्धतिर्थ स्थल नजिकैको बन क्षेत्रमा मृग संरक्षण गर्ने गरि बौद्धकालिन मृगादवन बनाउने अवधारणा सुस्त गाउपालिकाले ल्याउने जनाएको छ । बौद्धकालमा मृगहरुलाई अभयदान दिइएके भारतको बाराणसीमा मृगाधवन बनेको र सोही झल्को दिइने गरि बौद्धस्थल सतपति क्षेत्रमा पनि रहेको बनक्षेत्र भित्र मृगको संरक्षण हुने गरि अवधारणाा बनाउने सोच बनाउन थालेको हो ।प्राचिन बौद्ध स्थलको संरक्षण र बौद्धकाािलन संस्कृतिलाई पुर्नत्थान हुने गरि सुस्ता गाउपालिकाले विभिनन काम गर्दै आएको र बौद्धकालिन तपस्थली क्षेत्रको रुपमा विकास गर्न खोजिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । सतपति क्षेत्रलाई गएको माघ पुर्णिमाको अवसर पारेर भगवान बुद्धले सतिपट्ठान सुुत्त पाठ र अभ्यास गराएको तिर्थ स्थलको रुपमा घोषणा गरिए पश्चात सो क्षेत्रमाा अन्य बौद्धकालिन संस...
सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी
समाचार, समाज, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी

नवलपरासी,२१ फागुनजिल्लाको सुस्ता गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले गाउपालिका भरिका सुत्केरीहरुलाई गाउपालिकामै भेलाएर भेटघाट गरेकी छिन् । आफ्नै अध्यक्षतामा उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमको आयोजना नै गरेर करिब एक सय जना सुत्केरीलाई कार्यालय परिसरमा भेटघाट गरेकी हुन् ।आफुले चुनावको बेला गरेको प्रतिवद्धता अनुसार नै सुत्केरीलाई निरन्तर भेट्ने कार्य गरेको उनले भेटघाट कार्यक्रममा बनाएकी हुन् । विगत बर्ष देखी नै महिला क्षेत्रमा क्रियाशिल भई पोषण कार्यकर्ताको रुपमा काम गरि अनुभव संघालेकी उपाध्यक्ष चौधरीले तिनै महिलाहरुले आज मलाई यो गाउपालिकाको उपाध्यक्ष बनाउनमा मतदान गरेर पुर्याएको बताईन् । महिला त्यसमा पनि आमा बने पछि सुत्केरीको अवस्था समस्या बुझ्ने घरपरिवार,समाज र सरकारी निकायबाट थोरै हुन्छन्,उनले भनिन्,सुत्केरी अवस्थामा महिलाहरुलाई शारिरीक र मानसिक रुपमा ठूलो संघर्ष गर्नु पर्छ । शिशुको...
बालविवाह मुतm गाउपालिका बनाउन कार्ययोजना निर्माण गर्दै सुस्ता गाउपालिका
समाचार, समाज, सुस्ता गाउँपालिका

बालविवाह मुतm गाउपालिका बनाउन कार्ययोजना निर्माण गर्दै सुस्ता गाउपालिका

नवलपरासी,२० फागुनजिल्लाको सुस्ता गाउपालिकाले बालविवाह मुतm गाउपालिका बनाउनलागि कार्ययोजना बनाउने कार्यलाई तिब्रता दिइएको छ । बालविवाह मुतm गाउपालिकाको रुपमा चिनाउनका लागि पहिलो चरणमा सबै सरोकारवाला र अभिभावकहरु विच अन्तरक्रिया गर्दै राय सुझाव लिइने कार्यलाई तिब्रता दिइएको गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताएका हुन् ।शनिवार गाउपालिका भित्रका सक्रिय अभिभावक,विवाह गराउने पण्डित,मौलबी,महिला स्वास्थ्य सेविका,प्रहरी,शिक्षक,बालक्लब र किसोरी समुह तथा जनप्रतिनिधि सहितको कार्यशाला गरि सो कार्य शुभारम्भ गरिएको अध्ययक्ष उपाध्यायले जानकारी गराएका थिए । जिल्लाको पिछडिएको समुदायको बसोबास रहेको सुस्ता गाउपालिका भित्र अहिले पनि बालबिवाह हुने गरेको अवस्थालाई निर्मुल पार्नका लागि बालविवाह मुतm गाउपालिका घोषणा गर्नका लागि काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । ...
सुस्ता गाउपालिकालाई इस्लामिक सहित धार्मिक अध्ययन केन्द्रको रुपमा चिनाईने
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकालाई इस्लामिक सहित धार्मिक अध्ययन केन्द्रको रुपमा चिनाईने

नवलपरासी,१६ फागुनजिल्लाको सुस्ता गाउपालिकालाई अन्तराष्ट्रिय स्तरकै इस्लामिक अध्ययन केन्द्रको रुपमा चिनाउने प्रतिवद्धता सुस्ता गाउपालिकामा आयोजित तहफ्फुजे हुकुके मुस्लिम सम्मेलनका सहभागिहरुले जनाएका छन् । नेपालमै एक इस्लामिक प्राचिन अध्यात्म केन्द्र समेत रहेको मदारबाबा स्थान सुस्तामै भएको र मदारबाबा मेलामा बर्षेनी लाखौ हिन्दु÷मुस्लिम समुदायले भाग लिने गरेको जनाउदै इस्लामिक धार्मिक पर्यटनसँगै इस्लामिक शिक्षाको केन्द्र बनाउने र चिनाउने गरि काम गर्न सहभागिहरुले प्रतिवद्धता जनाएका हुन् ।ओल्मा काउन्सिल नेपालको आयोजनामा भएको उतm सम्मेलनमा सुस्ता आफै राष्ट्रिय पहिचान बोकेको गाउपालिका हो,त्यसमा पनि नेपालमा एक मात्र प्राचिन इस्लामिक धर्म गुरुको तपस्या स्थल रहेको मदारबाबामा देशी विदेशीको आगमन बढने गरेको छ । धार्मिक रुपमा मेला हुने भए पनि यसलाई एक पर्यटन केन्द्र र इस्लामिक शिक्षा अध्ययन केन्द्र बनाएर...
गण्डक नदीको विचमा भएका ढिस्कोले गण्डक बाँधहरु जोखिममा
समाचार, समाज, सुस्ता गाउँपालिका

गण्डक नदीको विचमा भएका ढिस्कोले गण्डक बाँधहरु जोखिममा

नवलपरासी,१६ फागुनजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी (नारायणी) नदीको विच विचमा थुप्रिएको गिट्टि बालुवाको ढिस्कोले नदीको नियमित जल बहाव नै परिवर्तन हुने गरेको छ । थुप्रिएका ति ढिस्को नझिक्दा नदीको धार परिवर्तन भई गण्डक बाँधलाई नै जोखिमपुर्ण बनाउने कार्य गर्न थालेको हो ।गण्डक बाँधलाई मात्र बलियो बनाउनका लागि स्थानिय स्तरबाट जनदवाव हुने,सरकारी निकाय पनि जनताको भावना अनुसार बाँधको मर्मत सम्भार तथा बाँधको सुरक्षार्थ स्पर(ठोकर) बनाउन तर्फ मात्र केन्द्रित भए पनि नदी विचको ढिस्को हटाउने र नदीको बहावलाई नियमित बनाउने कार्य बर्षाै देखी हुन सकेको छैन् । नदी विचको ढिस्कोले नदीको पानीलाई दुई भागमा विभाजित गरिदिन्छ, गण्डक नदी नियन्त्रण संघर्ष समितिका पुर्व प्रवतmा समेत रहेका स्थानिय प्रेमचन्द्र गुप्ताले भने, नदीको बहावलाई नियमित गरिदिए पनि नदी नियन्त्रणमा सहयोग पुग्थ्यो । तर नदी नियन्त्रणमा खटिने...
आन्तरिक आय बढाउन राजश्व सुधार कार्ययोजना बनाउदै सुस्ता
अर्थ, समाचार, सुस्ता गाउँपालिका

आन्तरिक आय बढाउन राजश्व सुधार कार्ययोजना बनाउदै सुस्ता

नवलपरासी,१५ फागुनजिल्लाको सुस्ता गाउपालिकाले आन्तरिक आय वृद्धि गर्ने उदेश्यले राजश्व सुधार कार्ययोजना बनाउने कार्य थालेको छ । गाउपालिका भित्र आन्तरिक आय बढाउने सक्ने धेरै सम्भावना भए पनि हालसम्म राजश्व सम्बन्धि कुनै ठोस नीति र कार्ययोजना बन्न नसक्दा राजश्व न्युन रहेको कुरा मनन गरि गाउपालिको राजश्व सुधार कार्ययोजना बनाउन लागेको हो ।जनताको सेवा सुविधा पुर्याउनका लागि माग थपिदै गएको र ति सेवा सुविधा पुर्याउनमा प्रयाप्त आमदनी नहुदा सेवा सोचे जस्तो पुर्याउन सकिएको छैन् । विगत बर्षमै यस्तो राजश्व सुधार सम्बन्धिी नीति,कार्यक्रम,योजना, कार्ययोजना,आवश्यक ऐन नियमावली र कार्यविधि बनाई काम गर्नु पर्ने भए पनि हुन सकेको थिएन् गाउपालिका राजश्व परामर्श समितिका अध्यक्ष समेत रहेकी गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले भनिन्, अहिले गाउ कार्यपालिकाको पहिलो प्राथमिकता आन्तरिक आय वृद्धि रहेको छ । आन्तरिक आय बढाउन...
हालै बौद्ध तिर्थ घोषणा भएको ‘सतपती’मा साँस्कृति संग्रालय बनाउदै सुस्ता गाउपालिका
समाचार, संस्कृति, सुस्ता गाउँपालिका

हालै बौद्ध तिर्थ घोषणा भएको ‘सतपती’मा साँस्कृति संग्रालय बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,२७ माघमाघ पुर्णिमाको अवसर पारेर हालै सुस्ता २ स्थित चुहाडी क्षेत्रलाई बौद्धतिर्थ स्थल सतपती घोषणासँगै गाउपालिकाले सो क्षेत्रमा साँस्कृति संग्रालय बनाउने भएको छ । स्थानिय संस्कृति र साँस्कृति बस्तुलाई संग्रह गर्ने र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले गाउपालिकाले सो क्षेत्रका साँस्कृति संग्रालय बनाउन लागेको हो ।आदीबासी जनजातीको सस्कृति,प्राचिन कोलिय संस्कृति र अन्य बौद्धकालिन संस्कृतिको पुर्नउत्थान गर्नुका साथै साँस्कृति बस्तुको सरक्षण,प्रवद्र्धन र पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि गाउपालिकाले साँस्कृतिक संग्रालय बनाउन लागेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । उनका अनुसार पहिलो बर्षमा ३० लाख रुपिया बजेट बिनियोजन भएको छ । काम गर्दै गए पछि आवश्यकता अनुसार संग्रालय निर्माणका लागि थप बजेट विनियोजन गर्दै जाने उनको भनाई थियो । तराई मधेश समृद्ध...