Tag: Buddha Poudyal

असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने
समाचार, सुस्ता गाउँपालिका

असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने

भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनोमा घाट(ठाढीघाट) मा असार पुर्णिमामा महाभिनिष्क्रमण दिवस मनाउने तयारी सुस्ता गाउपालिकाले थालेको छ । नेपालको बोधगयाको रुपमा धाम विकास गर्ने गरि लक्ष्य दिएको सुस्ता गाउपालिकाले अनोमाघाटको विकास र प्रचार प्रसार गर्ने उदेश्यले भब्य रुपमा महाभिनिष्क्रमण दिवस मनाउने तयारीमा जुटेको हो ।बौद्ध दर्शन अनुसार यो अनोमा घाट भगवान बुद्धको एक महत्वपुर्ण घटना स्थल भएकोले यसक्षेत्रलाई बुद्धधामको रुपमा विकास गर्ने कार्य गाउपालिकाले अगाडी सारेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गण्डक बाँध अन्तरगत नेपाल बाँधको स्पर नं.५ नजिकै रहेको पालिकाको गौरवको आयोजना भित्र अनोमाघाट समावेश गरी काम भई रहेको छ, अधिकृत पौडेलले भने, यस क्षेत्रको विकासका लागि गाउपािलकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाउन लगाएको छ । एक चरणमा स्थानियबासी र ...