सुस्ता गाउँपालिका

गण्डक नहर सिचाई प्रणालीले खनाउदैछ,४६ करोड लागतको एउटै पोखरी
समाचार, सुस्ता गाउँपालिका

गण्डक नहर सिचाई प्रणालीले खनाउदैछ,४६ करोड लागतको एउटै पोखरी

नवलपरासी,२९ साउनपोखरी खनाउदा कति खर्च लाग्छ ? होला,तपाईले सुन्नु भए होला,एक लाख,पाँच लाख वा दश लाख बढि भए एक करोडसम्मको सुन्नु भए होला । तर नवलपरासीमा अहिले ४६ करोडको पोखरी खनिने भएको छ । पोखरी के का लागि ? तपाईलाई माछापालन नै गर्नलाई लाग्न सक्छ,तर यो पोखरी बालुवा जम्मा गर्नका लागि खन्न लागिएको हो । नेपाल गण्डक पाश्चिमी नहर सिचाई प्रणाली सेमरीले अहिले गण्डक नहरको मुहान नजिकै खनाउनका लागि लागत स्टिमेट गराई सकेको छ । एक साता भित्रै टेण्डर आह्वान पनि हुने सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले बताए । ४ सय ७० मिटर लम्बाई र ५६ मिटर चौडाईको उतm एउटा पोखरी बनाउने लागत ४६ करोड पर्ने उनले जनाए । उनका अनुसार सिचाई प्रणालीमा बर्षाै देखी सिल्ट (बालुवा जम्मा हुदा पानीको परिमाणमा कमी आउने गर्दा सिचाईमा समस्या देखिन थाले पछि मुहानमै सिल्ट सफाई गरेर मात्र नहरमा पानी प्रवाहका लागि उतm पो...
बौद्धकालिन प्राचिन अनोमाघाटलाई धार्मिक पर्यटन क्षेत्र बनाउन जिससको चाँसो
समाचार, सुस्ता गाउँपालिका

बौद्धकालिन प्राचिन अनोमाघाटलाई धार्मिक पर्यटन क्षेत्र बनाउन जिससको चाँसो

नवलपरासी,१८ साउनजिल्लाको सुस्ता गाउपालिका ५ स्थित अनोमाघाटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि जिल्ला समन्वय प्रमुख भगौती यादवले चाँसो ब्यतm गरेका छन् । नेपालको बोध गया भनेर स्थापित हुदै गएको अनोमाघाटको अवलोकन गर्दै उनले चाँसो ब्यतm गरेका हुन् । एशियाली बिकास बंंैंक(एडिबी)ले जिल्ला भित्र पर्यटन क्षेत्रमा काम गर्ने र त्यसको लागि स्थान छनौट गरि प्रस्ताव गर्न जिससमा जानकारी गराएको र त्यसमा यो अनोमाघाटलाई आफ्नो तर्फबाट प्रस्ताव गरिने यादवले बताएका थिए । अनोमाघाटको स्थलगत निरिक्षण गर्दै उनले भने, अनोमाघाट वास्तविक रुपमा नेपालको मात्रै नभई संसारको ध्यान तान्न सक्ने स्थान छ, यहाँ धार्मिक पर्यटन क्षेत्र बनाउन सकेमा यो स्थानले महत्व पाउने छ । पुर्वाधार लगानी र प्रचार प्रसार गर्न सकिए लुम्बिनी जस्तै संसारको पर्यटकको आकर्षण केन्द्र बनाउन सकिन्छ । प्राकृतिक रुपमा यो स्थान आफै सजिसजाउ छ,...
कपाल मुण्डन गरि अनोमाघाटमा मनाईयो महाभिनिष्क्रमण दिवस
समाचार, सुस्ता गाउँपालिका

कपाल मुण्डन गरि अनोमाघाटमा मनाईयो महाभिनिष्क्रमण दिवस

नवलपरासी,२९ असारअसार पुर्णिमाको अवसर पारेर भगवान गौतम बुद्ध गृहत्याग गरि महाभिनिष्क्रमण लिएको अनोमा घाटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । सिद्धार्थ गौतम असार पुर्णिमाको दिन गृह त्याग गरि कपाल मुण्डन गरेको जिल्लाको सुस्ता ५ स्थित अनोमाघाट(ठाढी घाट)मा स्थानियले कपाल मुण्डन गरि महाभिनिष्क्रमण दिवश मनाएका हुन् ।गाउपालिकाद्धारा आयोजित उतm कार्यक्रममा भिच्छुलाई भोजनदान गरिनुका साथै श्रद्धालुहरुले कपाल मुण्डन समेत गराएका थिए । सिद्धार्थ गौतम कपमल मुण्डन गरि सन्यास धारण गरेर यहिँ अनोमाघाटबाट अनोमा नदी(हालको गण्डकी) नदी तरेर बोधगया तर्फ प्रस्थान गरेको स्मरण गर्दै यस बर्ष देखी मुण्डन कार्यको शुभारम्भ गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । यो महाभिनिष्क्रमण स्थल अनोमाघाट सिद्धार्थ गौतमद्धारा राजनीति तथा गृहस्त जिवन त्याग गरि बोधीयात्रा शुरु गरेको प्रस्थान विन्द...
गण्डक बाँधमा नदि कटानको जोखिम रोक्न परक्युपाईन जडान
समाचार, सुस्ता गाउँपालिका

गण्डक बाँधमा नदि कटानको जोखिम रोक्न परक्युपाईन जडान

गण्डक बाँध अन्तरगत जोखिमा रहेको वि ग्याप बाँध जोगाउन भारतिय पक्षले परक्यु पाईन र जैविक तटबन्धन गर्न थालेको छ । बि ग्याप बाँधको पक्कि संरचना भत्किदै जादा त्यसको सरक्षण गर्न छाडेर भारतिय पक्षले झारो टार्ने गरि परक्यु पाईन हाल्न थालेको स्थानियबासीले बताएका हुन् । वि ग्याप बाँधका विच विचमा रहेका ठोकर(स्पर) हरु त्यसका नोज र फिगँरहरु समेत भत्कि सकेका छन् । बाँधको लम्बाई भत्किदै जादा गण्डक नदीको पानी बस्ति तिर नजाओस भनि बनेको बाँध नै जोखिममा छ । नदीको सतह समेत अग्लो हुदै गएका कारण थोरै पानीले पनि बाँध भत्किन सक्ने खत्तराको अनुमान स्थानियले गर्न थालेका छन् । अहिले ५ नम्बर स्पर देखी १२ नम्बर स्परसम्मको बाँध र स्पर दुबै खत्तरामा छन् । नदीले अहिले सुस्ताका खेती योग्न जमिन समेत कटान गर्दै आएको छ । रोकथामका लागि स्थानियले पटक पटक कुरा उठाउदै आए पनि नेपाल र भारत सरकार दुबै पक्ष गम्भिर नदेखिएको स्थानि...
असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने
समाचार, सुस्ता गाउँपालिका

असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने

भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनोमा घाट(ठाढीघाट) मा असार पुर्णिमामा महाभिनिष्क्रमण दिवस मनाउने तयारी सुस्ता गाउपालिकाले थालेको छ । नेपालको बोधगयाको रुपमा धाम विकास गर्ने गरि लक्ष्य दिएको सुस्ता गाउपालिकाले अनोमाघाटको विकास र प्रचार प्रसार गर्ने उदेश्यले भब्य रुपमा महाभिनिष्क्रमण दिवस मनाउने तयारीमा जुटेको हो ।बौद्ध दर्शन अनुसार यो अनोमा घाट भगवान बुद्धको एक महत्वपुर्ण घटना स्थल भएकोले यसक्षेत्रलाई बुद्धधामको रुपमा विकास गर्ने कार्य गाउपालिकाले अगाडी सारेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गण्डक बाँध अन्तरगत नेपाल बाँधको स्पर नं.५ नजिकै रहेको पालिकाको गौरवको आयोजना भित्र अनोमाघाट समावेश गरी काम भई रहेको छ, अधिकृत पौडेलले भने, यस क्षेत्रको विकासका लागि गाउपािलकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाउन लगाएको छ । एक चरणमा स्थानियबासी र स...
सिद्धार्थ गौतमले सन्यास धारण र मुण्डन गरेको अनोमाघाटमा भिच्छुलाई भोजनदान
समाचार, सुस्ता गाउँपालिका

सिद्धार्थ गौतमले सन्यास धारण र मुण्डन गरेको अनोमाघाटमा भिच्छुलाई भोजनदान

नवलपरासी,१३ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले सिद्धार्थ गौतमले महाभिनिष्क्रम्ण लिएको अनोमाघाट(ठाढी घाट)मा भिच्छुहरुलाई भोजनदान गरेको छ । सम्भवतः पहिलो पटक गाउपालिकाले सो स्थानको प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले सो भोजनदानको आयोजना गरेको हो ।दान मध्ये सर्वश्रेष्ठ दान भोजनदान हुनु र त्यमा पनि शिलमा रहेका भिच्छुलाई दान दिनु आफैमा उत्तम कार्य रहेकोले भोजनदानको आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । उनका अनुसार जहाँबाट बोधिसत्व सिद्धार्थ गौतम सन्यास धारण गरे,कपाल मुण्डन गरे,त्यो स्थान बुद्धत्व प्राप्तीको प्रस्थान विन्दु पनि हो । बुद्धमार्गमा लाग्ने जो कोहीले एक पटक यो अनोमा घाटमा पुग्नु मंगल कार्य हुने छ । भिच्छुलाई भोजनदानको माध्यमले सो स्थानमा भिच्छुहरुको आगमन गराउन सकिएको बताउदै भने, भिच्छुहरु ति स्थानको बारेमा अध्ययन गर्ने गरे पनि स्थान त्यही ...
गण्डक नहर सिचाई प्रणालीको तेश्रो ढोका खोलाउदै योजना प्रमुख शाह
समाचार, सुस्ता गाउँपालिका

गण्डक नहर सिचाई प्रणालीको तेश्रो ढोका खोलाउदै योजना प्रमुख शाह

नवलपरासी,६ फागुनगण्डक परियोजनाकैं इतिहासमा भारत भन्दा पहिलो नेपाली नहरमा पानी छुटाउन सफल परियोजना प्रमुख रनधिर शाहले नेपाली नहरको तेश्रो ढोका खोल्न लागि परेका छन् । नेपाली किसानलाई प्रयाप्त पानी प्रवाह गर्नका लागि उनी नहर बने देखी नै बन्द अवस्थामा रहेको तेश्रो ढोका खोलाउन लागेका हुन् ।विगत बर्षमा नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली अन्तरगत मुहानमा तिन वटा ढोका रहेको थियो । नहरमा एउटा ढोकाले मात्र पानी प्रवाह हुदै आएको थियो । दोश्रो ढोका केही बर्ष पछि उपभोतmाहरुले जबरजस्ती फुटालेको भए पनि तेश्रो ढोका अहिलेसम्म पनि पक्की पर्खाल लगाई बन्द अवस्थामा रहेको थियो । भारतीय पक्षले भारतिय नहरमा पानी लैजान थाले पछि मात्र नेपाली नहरमा पानी छाड्ने परम्परालाई तोड्दै यो बर्ष आयोजना प्रमुख शाहले नेपालीलाई आवश्यक परेको जति बेला पनि पानी पाउनु पर्ने भन्दै भारतिय पक्षसँग सम्वाद बढाए । कुनै बर्ष भारतलाई पानी...
सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिएको अनोमा घाटको विकासका लागि डिपिआर बनाउदै सुस्ता गाउपालिका
समाचार, सुस्ता गाउँपालिका

सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिएको अनोमा घाटको विकासका लागि डिपिआर बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,५फागुनजिल्लाको सुूस्ता गाउपालिकाले सिद्धार्थ गौतमले सन्यास धारण गरेको(महाभिनिष्क्रमण स्थल) अनोमाघाटलाई बुद्धधाम बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउने कार्य अगाडी सारेको छ । सिद्धार्थ गौतमले बोधि प्राप्तीको लागि सन्यास धारण गरि पहिला पाइला टेकेको स्थल अनोमा नदीको अनोमाघाट(ठाढीघाट) भएको ऐतिहासिक आधार फेला परे पछि नेपालको बोधगयाको रुपमा विकास गर्नका लागि डिपिआर तयारी थालेको हो ।डिपिआरका लागि चालु आर्थिक बर्षमा १० लाख रुपिया बिनियोजन भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी गराए । चाडै नै डिपिआर बनाउने परामर्शदाता खोजेर डिपिआरका कार्य प्रारम्भ हुन्छ,उनले भने, त्यस पछि डिपिआर अनुसार नै गाउपालिका लगायत प्रदेश सरकार,संघिय सरकार तथा विभिन्न अन्तराष्ट्र्रिय दातृनिकायसंग समन्वय गरि काम अगाडी बढाइने छ । उनका अनुसार परामर्शदाता कम्पनीसँग सम्झौता गर...
गण्डक नहर सिचाई प्रणालीको राष्ट्रिय योजना आयोगको टोलीले गर्यो स्थलगत अवलोकन
समाचार, सुस्ता गाउँपालिका

गण्डक नहर सिचाई प्रणालीको राष्ट्रिय योजना आयोगको टोलीले गर्यो स्थलगत अवलोकन

नवलपरासी,२ पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली र त्यससँग जोडिएका अन्य समस्याबारे बुझ्न राष्ट्रिय योजना आयोगको टोलीले स्थलगत अध्ययन गरेको छ । आयोगका सदस्य प्रोफेसर डा.शुरेन्द्र लभ कर्ण र रिसर्च एसोसिएट शसीशु नायक सहितको नेतृत्वमा आएको टोलीले गण्डक नहरको मुहान देखी शाखा प्रशाखामा रहेका संरचनागत समस्याका साथै डुबानको अवस्थाबारे पनि अध्ययन अवलोकन गरेको हो ।गण्डक नहरको इतिहासमै अहिले पहिलो पटक भारतिय नहरमा पानी नगए पनि नेपाली नहरमा पानी भारतिय पक्षले छाडेको कार्य सकारात्मक भए पनि अझै पानीको सतह निर्धारणमा समस्या कायमै रहेको बताइएको थियो । नहरको मुहानमा रहेका तिन वटा ढोका मध्ये दुई ढोकाबाट मात्रै पानी आउने गरेको छ । अझ एउटा ढोका बन्द अवस्थामा नै रहेको आयोगको टोलीलाई सिचाई प्रणाली कार्यालयका प्रमुख इन्जिनियर रंधिर कुमार शाहले देखाएका थिए । २०१६ सालमा गण्डक नदीले गर्ने डुबान कटान नियन्त्रणका ...
पिस क्लब इन्टरनेसनलद्धारा नवलपरासीको अनोमा घाटमा मनाइयो महानिभिष्क्रमण दिवस
समाचार, सुस्ता गाउँपालिका

पिस क्लब इन्टरनेसनलद्धारा नवलपरासीको अनोमा घाटमा मनाइयो महानिभिष्क्रमण दिवस

नवलपरासी,जिल्लाको सुस्ता ५ स्थित अनोमा घाटमा असार पुर्णिमाको अवसर पारेर भगवान बुद्धको महाभिनिष्क्रमण दिवस मनाइएको छ । पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीको आयोजना र सुस्ता गाउपालिकाको सहयोगमा सो दिवस मनाइएको हो ।सिद्धार्थ गौतम सत्य र शान्तिको खोजका लागि असार पुर्णिमाको राती कपिलबस्तु दरबारबाट पुर्व दिशा तर्फ निस्के र घोडामा सवार सिद्धार्थ सारथी छन्नासँगै हिड्दै जादा अनोमा नदी अर्थात गण्डकी नदीको किनारमा पुगे । अनोमा नदी कन्टक घोडा घाटमा पगेर उभियो,अर्थात भोजपुरी भाषामा (ठढा भयो) त्यही बेला देखी सो घाटलाई ठाढी घाट भनेर चिनिदै आएको छ । अहिले बुद्ध दर्शनको अध्ययन गर्दै जादा नारायणी नदी किनारमा रहेको ठाढी घाट नै अनोमा घाट भएको पत्ता लागे पछि सो स्थान बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्नु पर्ने आवश्यकता औल्याउदै पिस क्लब इन्टरनेसनलका अध्यक्ष सम्भु उपाध्यायले असार पुर्णिमाको अवसर पारेर उतm कार्यक्...