डेढ करोड बढि लागतमा निर्माण भएको पशु सेवा केन्द्र दुई बर्ष वित्दा पनि सञ्चालनमा आउन सकेन
नवलपरासी,२ असोजजिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष बितिसक्दा पनि उतm केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन् । नगरपालिका नेतृत्व सो केन्द्र प्रति उदासिन हुदा भवन बनेको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको स्थानियले गुनासो गरेका हुन् ।साविक स्वाठी गाविसमा भएको उतm केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षामै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप स्थानियबासीको रहेको छ । तत्कालिन नगरप्रमुख भिम बहादुर थापाको पहल र सो वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवको सक्रियतामा पशु सेवा केन्द्र सञ्चालन गर्ने गरि पशु चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पुर्वाधार निर्माण गरिएको थियो । तर अहिले नगरप्रमुखको त्यस प्रति चाँसो नरहेको आरोप समिति स्थानियबासीको रहेको छ । नगरपालिका भए पनि साविक स्वाठी गाविसमा अधिकाँस कृषक...










