सुनवल नगरपालिका

बनको बोटेनिकल गार्डेन नै अक्रिमण गरि उद्योगको सडक
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

बनको बोटेनिकल गार्डेन नै अक्रिमण गरि उद्योगको सडक

नवलपरासी,२९ फागुनजिल्लाको सुनवल नगरपालिकामा केही बन क्षेत्रलाई ब्यवस्थित गरि बोटेनिकल गार्डेन(बनस्पतिक उद्यान)का लागि छुट्टयाइएको बनक्षेत्र नै अतिक्रमण गरि उद्योगले सडक बनाउदा पनि सरोकारवाला निकाय मौन देखिएको छ । सुनवल ७ ज्यामिरे नजिकै कजरार खोला नजिकै रहेको बन क्षेत्रलाई बोटनिकल गार्डेन निर्माण गर्ने भनि बुद्ध शान्ति साझेदारीको कार्ययोजनामा राखिएको तर बर्षाै देखी उतm क्षेत्रको ब्यवस्थापन भन्दा अतिक्रमणको चपेटामा पर्ने गरेको देखिएका हो ।लुम्बिनी प्रदेश सरकारको बन तथा बातावरण मन्त्रालयका हालका सचिव प्रमोद भट्टराई नै यस जिल्लामा सहायक बन अधिकृतको रुपमा कार्यरत रहदा खेरी नै बुझ शान्ति साझेदारी बन ब्यवस्थापनको कार्ययोजना स्वीकृत भई रहेको बेला बोटेनिकल गार्डेनको अवधारणा ल्याई क्षेत्र छुट्टयाएका थिए । तर अहिले त्यही बोटेनिकल गार्डेन चारै तिरबाट सडक बनाउदै भित्र पनि मन्दिर,गाडी स्टयाण्ड लगायतकाप ...
नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान
शिक्षा, समाचार, सुनवल नगरपालिका

नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान

नवलपरासी,२५ फागुनक्याम्पसको विधान अनुसार नै अहिले नवलपरासी क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्तालाई महाकवि देवकोटा क्याम्पस सुनवलले सञ्चालक समितिको पदेन सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । क्याम्पस संचालक समितिको रुपमा सम्बन्धित क्षेत्रको संघिय सांसदलाई पदेन सदस्यको रुपमा गरिएको ब्यवस्था अनुसार हाल नवनिर्वाचित सासद गुप्तालाई कायम राख्दै क्याम्पसले उतm प्रमाणपत्र प्रदान गरेको हो ।क्याम्पसले सोमवार आयोजना गरेको एक औपचारिक कार्यक्रममा नवनिर्वाचित सांसद गुप्तालाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सदस्यता ग्रहण गर्दै सांसद गुप्ताले क्याम्पसको विकासमा सहयोग गर्ने बताए । उनले समग्र क्षेत्रको विकास र समृद्धिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै क्षेत्रको समग्र शैक्षिक विकासमा आफ्नो निरन्तर प्रयास रहने बताएका थिए । क्याम्पस सञ्च...
सुनवलमा दलित समुदायले आयोजना गरेको सहभोजमा र्गैरदलित उपस्थित भएनन
समाचार, समाज, सुनवल नगरपालिका

सुनवलमा दलित समुदायले आयोजना गरेको सहभोजमा र्गैरदलित उपस्थित भएनन

नवलपरासी,११ फागुननेपाल कै पहिलो बालमैत्री घोषणा गर्न सफल भएको जिल्लाको सुनवल नगरपालिका भित्र जातिय छुवाछुतको अवस्था विकराल रहेको देखिएको छ । नगरपालिकाको वार्ड नं.२ मा स्थानिय दलितहरुले आयोजना गरेको सहभोज कार्यक्रममा गैरदलित समुदाय सहभागि नभएर बहिस्कार गरेको घटनाले समाजमा अझै पनि जातिय छुवाछुतको अवस्था कायम नै रहेको देखाएको हो ।वार्ड कार्यालयको सहयोगमा दलित उत्थान कार्यक्रम अन्तरगत दलित समुदायका लागि सचेतना केन्द्रको निर्माण गरेको थियो । दलित समुदायको शसतिmकरण गर्ने उदेश्यले भाडाकुडा प्रदान गर्ने तथा सोही भाडाकुडामा खाना पकाएर सबै समुदायलाई भोज खुवाउने कार्यक्रमको आयोजना गरिएको वार्ड अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताए । तर सहभोज कार्यक्रममा गैरदलित समुदाय सहभागि नहुदा आफुलाई दुःख लागेको सुनाए ।कही कुरामा सुनवल नमुना जस्तै देखिन्छ, उनले भने,तर अहिले समाजिक संक्रिणता कायम नै रहेको यस्ले दर्...
गडयौला मलमा अवसर देख्ने सुनवलका भण्डारीलाई राज्य संयन्त्रबाट नै अवरोध भएको अनुभुति
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

गडयौला मलमा अवसर देख्ने सुनवलका भण्डारीलाई राज्य संयन्त्रबाट नै अवरोध भएको अनुभुति

नवलपरासी, २२ पुसजिल्लाको सुनवल १२ बडेरा स्थित हरि भण्डारी जैविक मल(गडयौला मल) बनाउने कार्य सफल बनाए पनि राज्य संयन्त्रबाट असहयोग भई रहेको गुनासो गरेका छन् । साना उद्यमीलाई स्वेदशमै स्वरोगजार गर्न प्रोत्साहन भन्दा राज्य संयन्त्रबाट झन असहयोग भई रहेको आफुले महशुस गरेको सुनाएका हुन् । ठूलो उद्योगहरुले जस्तो सुकै मालबस्तु ओसार पसार गर्न पाउने तर समान्य किसानले उत्पादन गरेका गडयौला मल बाहिर पठाउदा जहाँ सुकै प्रहरीको चेक जाँचले हैरान बनाउनुका साथै स्थानिय सरकारले पनि तिनै ठूला उद्योगको मल खरिद गरि अनुदानमा कृषकलाई मल उपलब्ध गराउने तर साना उद्यमीको मल खरिद नगरिदिदा राज्य संयन्त्रबाट सहयोग नपाएको उनको भनाई थियो । उनी गडयौला मलमा सम्भावना छ, सोही मलमै भविष्य देख्दै उनि कस्सिएर गडयौला मल बनाउने कार्यमा जुटेका थिए् । केही समय त्यो गडयौला मलको प्रचार प्रसार भए पश्चात रुपन्देही लगायतका धेरै जिल्...
सुनवलका महिलाहरुको अग्रसरतामा सिचाई नहर निर्माण हुदै
कृषि, समाचार, सुनवल नगरपालिका

सुनवलका महिलाहरुको अग्रसरतामा सिचाई नहर निर्माण हुदै

नवलपरासी,१८ पुसगाँउका पुरुषहरु बैदेशिक रोजगार लगायत बाहिर रोजगारको खोजीमा हिडे पछि जिल्लाको सुनवल नगरपालिका २ का महिलाहरु अहिले नहर निर्माणमा जुटेकी छन् । पुरुष बाहिर भएर महिलाहरुकै भरमा अहिले खेतीपातीको समेत जिम्मेवारी आए पछि महिलाकै सक्रियतामा अहिले स्थानिय तुरिया खोलाको पानी प्रयोग गर्ने गरि सिचाँई नहर बनाउने कार्यमा जुटेकी हुन् ।सुनवल २ मुखिया टोल नजिकैबाट बग्ने तुरिया खोलाको पानी लिफ्ट मार्फत सिचाईमा प्रयोग गर्ने गरि सिचाईका लागि नहर बनाउने कार्य भई रहेको स्थानिय महिलाहरुले जानकारी गराकी हुन् । महिलाहरुकै सक्रियतामा तुरिया नमुना सिचाई जल उपभोतmा समिति गठन गरि सिचाई नहर बनाउने कार्य भई रहेको समितिकी अध्यक्ष धनमाया क्षेत्रीले बताईन् । गाँउमा धान खेतीलाई प्रोत्साहन गर्ने गरि धान खेतीको जोन घोषणा भई काम हुदै आएको छ,उनले भनिन,उतm जोन भित्र काम गर्ने अधिकाँश महिलाहरु नै लागेर खेतीपानी बाँझो...
दश करोड बढि राजस्व गुमाएकोसुनवल नगरपालिका खोला निकासीको गृहकार्यमा जुट्दै
अर्थ, समाचार, सुनवल नगरपालिका

दश करोड बढि राजस्व गुमाएकोसुनवल नगरपालिका खोला निकासीको गृहकार्यमा जुट्दै

नवलपरासी, २२ कातिकगत बर्ष जिल्लाको सुनवल नगरपालिकाका खोलाजन्य निकासीका लागि ठेक्का गर्न नसक्दा करोडौ राजस्व गुमाउन परेको अवस्थालाई मध्यनजर राख्दै नगरपालिकाले पहल थालेको छ । डिभिजन बन कार्यालयसँग केही असमझदारीका कारण खोला निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समागिको्र अभाव देखी नगरपालिकाको राजस्व समेत गुम्दाा अहिले खोला निकासी लागि नगरपालिकाले पहल थालेको हो ।खोला निकासीका लागि ठेक्का गराउन नसक्दा नगरपालिकाको राजस्व मात्रै नभई खोलाजन्य समाग्रिको आपुर्तिमा समेत समस्या आएको हुदा अहिले बेलामै निकासीका लागि नगरपालिका आन्तरिक गृहकार्यमा जुटेको नगरपालिकाका उपमेयर सुर्य दुबेले जानकारी गराए । उनका अनुसार गत बर्ष खोला ठेक्का नलाग्दा नगरपालिकाको १० करोड बढि राजस्व गुमेको थियो । खोलाका निकासीका लागि सरोकारवाला कार्यालयसँग सहकार्य गर्नका लागि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुसँग छलफल र प...
नगरपालिकाको वेवास्ताले सुनवल औद्योगिकग्रामको काम अलपत्र
अर्थ, विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

नगरपालिकाको वेवास्ताले सुनवल औद्योगिकग्रामको काम अलपत्र

नवलपरासी,१७ कातिकपछिल्लो जनप्रतिनिधिले औद्योगिग्रामको काममा चाँसो नलिदा अहिले सुनवल औद्योगिकग्राम चरन क्षेत्र बनेको छ । पहिलो जनप्रतिनिधिहरुले सुनवलमा औद्योगिकग्राम बनाउने लक्ष्य लिई विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराई काम थालेको,तर तगत्तै २०७९ सालको स्थानिय निर्वाचन पश्चात फेरिएका जनप्रतिनिधिले त्यसको स्वामित्व लिई काम अगाडी नबढाए पछि औद्योगिग्रामको काम अलपत्र भएको स्थानियले आरोप लगाएका हुन् ।जिल्ला मै पहिलो सुनवल औद्योगिकग्राम बनाउने भनेर तत्कालिन नगरप्रमुख सहित जनप्रतिनिधिहरुको औद्योगिकग्राम बनाउने तर्फ चाँसो देखिए पछि अहिलेका जनप्रतिनिधिले चाँसो नलिए पछि करोड बढि लगानी भएको औद्योगिकग्राम अलपत्र परेको एक स्थानियले देखाए । अहिले औद्योगिक क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ, उनले भने, सडक पुर्वाधार औद्योगिक क्षेत्रमा पुगिसकेको छ । विद्युत लाईन पनि विस्तार भई सकेको छ । पर्खाल,प्...
सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकालाई प्राप्त भयो दमकल, स्थानियमा उत्साह
समाचार, समाज, सुनवल नगरपालिका

सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकालाई प्राप्त भयो दमकल, स्थानियमा उत्साह

नवलपरासी,१४ कातिकजिल्लाको सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकामा दमकल प्राप्त भए पछि गाउपालिका सहित स्थानिय उत्साही भएका छन् । जापान सरकारको सहयोगमा देशका ६ गाउपालिकालाई दमकल उपलब्ध गराउने मध्ये नवलपरासीका दुई पालिकाले उतm सहयोग पाए पश्चात गाउपालिका र स्थानियमा उत्साह थपिएको हो ।आगलागीको बोला आगो निभाउन बाहिरबाट दमकल मगाउदा ढिलाई हुने र दमकल आउदा आउदै धनजनको क्षति भएर जाने समस्या दमकलले हट्ने विश्वास सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले बताईन् । दमकलका लागि आफु निरन्तर प्रयास र पहल गर्दै आएको र अहिले दमकल प्राप्त भएकोमा उनले खुशी ब्यतm गरिन्,जनता विच गरिएको बाचा जापान सरकारको सहयोगले पुरा भएको छ । पालिका स्रोतबाट दमकल खरिद गर्दा पालिकाकै स्रोत खर्च गर्नु पर्ने हुन्थ्यो,उनले भनिन्,तर पहल गरेर सहयोगमै दमकल पाइयो,यस्ले गाउपालिकाको आर्थिक स्रोतमा बचत हुने भएको छ । दमकल पनि गाउपालिकाले नै सञ्...
गडयौला मलमा सम्भावना खोज्दै सुनवलका हरि भण्डारी
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

गडयौला मलमा सम्भावना खोज्दै सुनवलका हरि भण्डारी

नवलपरासी,१२ भदौजिल्लाको सुनवल १२ बडेरा स्थित हरि भण्डारी जैविक मल(गडयौला मल) बनाउने कार्यमा जमेका छन् ।गडयौला मलमा सम्भावना छ, सोही मलमै भविष्य देख्दै उनि अहिले गडयौला मल बनाउने कार्यमा जुटेको जनाएका हुन् ।शुरुमा थलिएको कृषि फर्म अहिले गडयौला मलको फर्ममा परिणत गर्दै भण्डारी अहिले गडयौला मलको क्षेत्र विस्तार गर्ने सोच बनाएको सुनाए । थोरै मल बनाउदा बाहिरसम्म निर्यात गर्न सकिएन,उनले भने,केही पनि पलको अर्डर गर्दा एक गाडी चाहियो भन्ने भन्छन्, जुन तत्कालै बनाएर आपुर्ति गर्ने अवस्था हुदैन् । यदि तुरन्तै आपुर्ति गरियो भन्ने पक्कै त्यो गडयौला मल हुदैन ् । गडयौला मल बन्नका लागि कम्तीमा तिन देखी चार महिना लाग्छ नै,उनले आफ्नो अनुभव सुनाउदै भने, थोरै मात्रामा उत्पादन गर्दा विक्री गर्ने समस्या देखियो । त्यो भएर अहिले यसको क्षेत्रफल बढाउन तर्फ लागेको सुनाए । गाँउबाट गोबर संकलन गरिन्छ,त्यसमा गडयौला...
महिला मैत्री शहर(सिटी फर ओमेन) बनाउनमा सक्रिय सुनवलकी नगर प्रमुख अर्याल
समाचार, समाज, सुनवल नगरपालिका

महिला मैत्री शहर(सिटी फर ओमेन) बनाउनमा सक्रिय सुनवलकी नगर प्रमुख अर्याल

वलपरासी,१९ साउननेपालमै पहिलो बालमैत्री नगरपालिका घोषणा गराउन सफल जिल्लाको सुनवल नगरपालिका अहिले महिला मैत्री नगर निर्माणका लागि आवश्यक पुर्वाधार निर्माणमा लागेको छ । युरोपियन युनियन समेत विभिन्न सहयोगी सस्थाको सहयोगमा महिला मैत्री पुर्वाधार निर्माण गरि महिला मैत्री शहर बनाउनमा लागि परेको नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी हुन् ।महिला मैत्री नगर(सिटी फर ओमेन) का लागि आवश्यक पुर्वाधारबारे प्राविधिक टोली वार्ड स्तरका गाँउ र टोलमा पुगेर स्थानियको सहभागितामा सर्वेक्षण कार्य शुरु गरेको उनले बताईन् । केही समय आफै पुगेर पनि सहजीकरण गर्दै आएको छु, उनले भनिन्,पुग्न नसकेको स्थानमा कार्यपालिका सदस्यहरुलाई परिचालन गरिदै आएको सुनाईन् । प्राविधिकको रुपमा आर्किटेक अनुप घिमिरे लगायतको प्राविधिक टोलीले काम गर्दै आएका छन् । उतm महिला मैत्री शहर परियोजना शहरी विकास मन्त्रालय र युनोप्स नामक सस्थासँग सहकार...