सरावल गाउँपालिका

धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै

नवलपरासी,१६ माघजिल्ला स्थित धनेवा खोलाको साईफन भत्किएर भए पनि मर्मत सम्भारका लागि तत्कालिन सरकारले काम नगरे पछि अहिले गाउपालिका आफै मर्मतमा अग्रसरता देखाएको छ । साईफल मर्मतका लागि सरकारले चाँसो देखाउदा विगत तिन दशक देखी जिल्लाको सरावल गाउपलिका स्थित डुबानको जोखिममा रहेका स्थानिय बासिन्दाको समस्या हल गर्नका लागि गाउपालिकाले अग्रसरता लिएको हो ।गण्डक सम्झौता पश्चात धनेवा खोलाको दुई किनारमा भारतिय पक्षले बाँध निर्माण गरेको थियो । बाँध अन्तरगत विभिन्न स्थानमा बाहिरबाट बगेर जाने कुलोका पानीको निकासका लागि साईफन पनि निर्माण भएको थियो । साईफन दुई तिन बर्षमै भत्कियो,गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,त्यही बेला देखी तत्कालिन भुजहवा,रामपुर खडौना,बडहरादुबौलिया,रमपुरवा गाविसको शंकरपुर गाँउ डुबान पर्दै आएको छ । हाल शंकरपुर गाउ पाल्हिनन्दन गाउपालिका अन्तरगत पर्छ । बाकी भुजहवा,रामपुरखडौना...
सरावल गाउपालिकाको भुजहवामा इस्लामिक शिक्षाको स्नातक तह अध्ययन केन्द्र स्थापना
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाको भुजहवामा इस्लामिक शिक्षाको स्नातक तह अध्ययन केन्द्र स्थापना

नवलपरासी,१४ माघजिल्लाको सरावल ७ भुजहवामा नेपाल खुल्ला विश्वविद्यालय स्लामिक अध्ययन केन्द्रको स्थापना भएको छ । शनिवार एक समारोहका विच सो अध्ययन केन्द्रको सुभारम्भ गरिएको हो । परेवा उठाएर सुभारम्भ गरिएको उतm इस्लामिक शिक्षामा स्नातक अध्ययन गरि परिक्षा दिईने सम्भवतःयो पहिलो अध्ययन केन्द्र बनेको बताइएको थियो । खुल्ला विश्व विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये स्लामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले विश्व विद्यालयले लिईने परिक्षा केन्द्र समेत भुजहवामै रहने जानकारी गराइएको थियो । ओल्मा काउन्सिल नेपाल नवलपरासको आयोजनामा र मदरसा अरबिया रजाउल ओलुमको सहआयोजनामा सम्पन्न भएको थियो । सो समारोहमा सो क्षेत्रमा योगदान पुर्याउने केन्द्रका ब्यवस्थापक अब्र्दुर उफ खान र सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी लगायतलाई समारोहका प्रमुख अथिती शुखाडी चौधरीले सम्मानपत्र प्रदान गरि सम्मान समेत ग...
सडक पुर्वाधार विकास कार्यालयद्धारा ठेकेदारलाई ७ दिने अल्टिमेटम
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सडक पुर्वाधार विकास कार्यालयद्धारा ठेकेदारलाई ७ दिने अल्टिमेटम

नवलपरासी,१३ माघसडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले विभिन्न ठेकेदार तथा निर्माण कम्पनीलाई चेतावनी सहित काम शुरु गर्न सार्वजनिक सुचना जारी गरेको छ । जिल्ला स्थित विभिन्न स्थानका पुर्वाधान निर्माण कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम नगरिदिदा अलपत्र परेको आयोजनाहरुको काम तत्काल काम सम्पन्न गर्नका लागि सार्वजनिक सुचना प्रकाशित गरि चेतावनी दिइएको हो ।लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय अन्तरगतको सडक पुर्वाधार विकास कार्यालयबाट नवलपरासी र रुपन्देहीमा ठेक्का लिएको तर बर्षाैसम्म काम नगर्दा आयोजना निर्माण हुन सकेको छैन । बेलामा अयोजना निर्माण सम्पन्न नहुदा स्थानिय जनताले सास्ती ब्यहोर्न परेको हुदा कार्यालयले ठेकेदारलाई काम गर्नका लागि कडाई गर्न थालेको छ । आयोजना सम्पन्न नभए पछि स्थानिय जनताले दैनिक जसो कार्यालयका प्राविधिक तथा कार्यालयमा फोन...
डुबान क्षेत्र लक्षित गरि विपद न्युनिकरण र ब्यवस्थापनको योजना बनाउदै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

डुबान क्षेत्र लक्षित गरि विपद न्युनिकरण र ब्यवस्थापनको योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी,१० माघजिल्लाको सरावल गाउपालिकाले डुबान क्षेत्रलाई लक्षित गर्दै स्थानियबासीसँग मिलेर विपद न्युनिकरण तथा ब्यवस्थापन योजना बनाउनमा जुटेको छ । विपद ब्यवस्थापनका लागि स्थानिय स्तरमै स्थानियबासीमा जनचेतना अभिवृद्धि गर्ने र योजना बनाउने कार्यमा जुटेको हो ।गाउपालिकाका सबै भन्दा बढि डुबान हुने वार्ड नं.७ बाट सो योजनाका लागि शुभारम्भ गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद ब्यवस्थापनमा पहिला स्थानियबासी जुट्न पर्यो,उनले भने,तत्पश्चात कुन निकायको के भुमिका हुन्छ,ति निकायको पहिचान गर्नु पर्छ । पहिचान पश्चात संगठित र योजनाबद्ध तरिकाले विपद ब्यवस्थापनमा लाग्न स्थानियबासीलाई आग्रह पनि गरेका थिए । गण्डक कमाण्ड क्षेत्र भित्र गाउपालिकाको भुभाग डुब्ने गरेको हुदा यो डुबान विपद ब्यवस्थापनका लागि गण्डक परियोजनालाई पनि िजम्मेवार बनाईनु पर्ने उनको भनाई...
जसपाले बुझायो गाउपालिका अध्यक्षलाई ज्ञापन
राजनीति, समाचार, सरावल गाउँपालिका

जसपाले बुझायो गाउपालिका अध्यक्षलाई ज्ञापन

नवलपरासी,१० माघजनता समाजबादी पार्टी(जसपा) नेपालले आफ्ना विभिन्न माग सहित सरावल गाउपालिकामा ज्ञापनपत्र बुझाएको छ । पुर्ण रुपमा निशुल्क शिक्षा,स्वास्थ्य विमा प्राकृति विपद र जनताको आर्थिक समस्या हल हुने गरि कार्य गर्न जसपाको स्थानिय पालिका कमिटिले सो ज्ञापनपत्र गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीलाई बुझाएका हुन् ।स्वास्थ्य र शिक्षा क्षेत्रमा पछाडी परेको सरावल गाउपालिकाको ति क्षेत्रमा ध्यान कम पुगेको कुरा अवगत गराउदै पार्टीको गाउ कार्यसमितिका संयोजक निर्मल यादवले ज्ञापनपत्रमा उल्लेखित माग प्रति गम्भिर भएर काम गर्न अध्यक्ष चौधरीलाई आग्रह गरेका थिए । औपचारिक कार्यमा केन्द्रित भएर मात्र काम भईरहेको हुदा गाउपालिकाको दिर्घकालिन समस्यालाई लिएर योजनाबद्ध काम गर्नका लागि पार्टीले माग गरेको थियो । ज्ञापनपत्र बुझ्दै गाउपालिका अध्यक्ष चौधरीले माग प्रति आफु गम्भिर रहेको र सबैसँग मिलेर सहकार्य गरि काम ह...
तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण

नवलपरासी,२७ पुसजिल्लाको भन्सारनाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत ७ बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएर समस्या देखिन थालेका छ । संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस मार्फत सो सडक ओटासिल बनाइएको तर पछिल्लो समय सो सडकको मर्मत सम्भार गर्ने दायित्व कुन तहको सरकारसँग हुने अन्यौलताले सडक जिर्ण हुदै गएको हो ।संघियताले जनता नजिक सरकारलाई पुर्यायो,दोश्रो पटक निर्वाचन समेत भई संघियता अभ्यासमा पनि छ । संघियतामा जादा विगतका संरचना मार्फत काम हुदै गरेका निकाय खारेज भए । तर ति निकायले गर्दै आएका कार्यको कार्यभार कुन निकायमा सरेर जाने अन्यौलताले यस्तो समस्या निम्त्याएको तत्कालिन जिविस महासंघका केन्द्रिय सदस्य राजेन्द्र अग्रहरीले बताए । केन्द्रिय शासन प्रणाली अन्तरगत केन्द्र पनि ७५ वटा जिल्लामा जिल्ला विकास समिति(जिविस)मातहतमा रहने गरि नगरपालिका र गाउ विकास समिति(गाविस...
प्रधानमन्त्री रोजगार कार्यक्रमको अधिक्तम उपयोग गर्दै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

प्रधानमन्त्री रोजगार कार्यक्रमको अधिक्तम उपयोग गर्दै सरावल गाउपालिका

नवलपरासी,४ पुसजिल्लाको सरावल गाउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आएको रकमको अधिक्तम उपयोग गरि सरसफाई,विकास निर्माण क्षेत्रमा काम गराउदै आएको छ । कम आन्तरिक स्रोत भएको गाउपालिकाले सिमित साधन स्रोतलाई अधिक्तम उपयोगमा ल्याउने सम्वतःजिल्लाको पहिलो गाँउपालिकाको रुपमा रहेको गाउपालिकाले दाबी गरेको हो ।प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको अनुदान रकमलाई अहिलेसम्म कुलो,नहर सफाई,विद्यालयमा रंगरोगन,धार्मिक तथा पर्यटकिय क्षेत्रको सरसफाईसँगै ब्यवस्थापन कार्यमा श्रमिक लगाउने कार्य गर्दै आएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी गराए । सबै भन्दा कम आन्तरिक आय स्रोत भएको पालिको हो,उनले भने,त्यो भएर सरकारी अनुदानको अधिक्तम उपयोग गर्ने नीति लिएका छौ । गाउपालिका अन्तरगत रहेका रोजगार शाखा,स्वास्थ्य शाखा,शिक्षा शाखा,सहरकारी शाखा,कृषि शाखा,पशु सेवा शाखा लगायतका शाखाका लागि आउने सं...
एम्नेष्टी इन्टरनेसनल समूह ३१ द्वारा हस्ताक्षर संकलन अभियान
समाचार, सरावल गाउँपालिका

एम्नेष्टी इन्टरनेसनल समूह ३१ द्वारा हस्ताक्षर संकलन अभियान

नवलपरासी , ४ पुस एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीद्वारा हस्ताक्षर संकलन अभियान कार्यक्रम सुरु गरिएको छ। एम्नेष्टी ईन्टरनेशनलले बिश्वमा भएका मानव अधिकार उललङ्घनका घटनालाई समेटेर प्रतिबेदन सार्वजनिक गरेपछि नेपालमा पनि यस्ता घटनाहरुलाई निरुत्साहित गर्ने उदेश्यले “राईट्स फर राईट्स २०२२”अन्तर्गत रहेर कार्यक्रम गरीएको आयोजकले जनाएको छ । संकलित हस्ताक्षर प्रधानमन्त्री कार्यलयमा बुझाउने र सरकारलाई यस्ता मानव अधिकार उल्लङ्घनका घटनाप्रति ध्यानाकर्षण गराउन र मानवअधिकारकाे हकहितका लागि हस्ताक्षर अभियान सुरु गरिएको थियाे। हस्ताक्षर संकलन अभियान अन्तर्गत नवलपरासीको पवन मा. बि परासीमा साेमबार हस्ताक्षर संकलन कार्यक्रम गरिएको हाे। एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीकाे अायाेजनामा समूहका अध्यक्ष सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा पवन मा. बि का प्र.अ अरबिन्द पाठककाे प्रमुख अातिथ्यतामा अाज कार्यक...
उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरावल गाउपालिकाद्धारा छात्रवृति प्रदान
समाचार, सरावल गाउँपालिका

उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरावल गाउपालिकाद्धारा छात्रवृति प्रदान

नवलपरासी , ३ पुसजिल्लाकोे सरावल गाउँपालिकाले पालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरेको छ । गाउपालिकाले एक समारोहको आयोजना गरि २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरेको हो ।छात्रवृत्ति छनौट समिति तथा सरावल पालिका उपाध्यक्ष बासमती हरिजनको अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा छात्रवृत्ति वितरण गरिएको थियो । सरावल गाउँपालिका र एबिसि नेपालको संयुक्त लगानीमा २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । उच्च शिक्षामा अध्ययन गर्ने बालबालिका यसै गाउपालिकाका नागरिक हुन्,उनले भने,गाउपालिकाको थोरै प्रोत्साहन रकमले उनीहरुको अध्ययनमा सहयोग मात्रै होईन,अध्ययन प्रति उत्साही बनाउने छ ।विद्यार्थीह...
आवधिक योजना बनाउदै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

आवधिक योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी, १९ मंसिर, जिल्लाको सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने कार्य प्रारम्भ गरेको हो ।गाउपालिका अन्तगरगत रहेका सबै शाखाका शाखा प्रमुखहरुलाई आवधिक योजना निर्माणका लागि प्रारम्भिक कार्यशाला शुरु गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आवधिक योजनाले बार्षिक विकास निर्माण योजना बनाउन मार्ग निर्देश गर्ने भएको हुदा पहिला वृहद रुपमा आवधिक योजना बनाउने र त्यसैको आधारमा बर्षेनी विकास योजना बनाई लागु गर्दै लैजाने उनको भनाई थियो । यसमा गाउपालिकाका सबै शाखाहरु क्रियाशिल भएर लाग्नु पर्छ, उनले भने, योजना बनाउने बेला अन्यौलतामा योजना तर्जुमा गर्नु भन्दा पहिला गाउपालिकाको विकास सम्बन्धि परिदृष्ट तयार गर्ने र सोही अनुसारको आवधिक योजना निर्माण गर्नु पर्छ । अवाधि...