उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरावल गाउपालिकाद्धारा छात्रवृति प्रदान
नवलपरासी , ३ पुसजिल्लाकोे सरावल गाउँपालिकाले पालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरेको छ । गाउपालिकाले एक समारोहको आयोजना गरि २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरेको हो ।छात्रवृत्ति छनौट समिति तथा सरावल पालिका उपाध्यक्ष बासमती हरिजनको अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा छात्रवृत्ति वितरण गरिएको थियो । सरावल गाउँपालिका र एबिसि नेपालको संयुक्त लगानीमा २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । उच्च शिक्षामा अध्ययन गर्ने बालबालिका यसै गाउपालिकाका नागरिक हुन्,उनले भने,गाउपालिकाको थोरै प्रोत्साहन रकमले उनीहरुको अध्ययनमा सहयोग मात्रै होईन,अध्ययन प्रति उत्साही बनाउने छ ।विद्यार्थीह...









