सरावल गाउँपालिका

सरावलको बासा गाउ प्राचिन कोलिय गणराज्यको प्रमुख नगर ‘सज्जनेल नगर’  घोषणा
समाचार, सरावल गाउँपालिका

सरावलको बासा गाउ प्राचिन कोलिय गणराज्यको प्रमुख नगर ‘सज्जनेल नगर’ घोषणा

नवलपरासी,४ असोजप्राचिन कोलिय गणराज्य अन्तरगतको प्रमुख नगर सज्जनेल नगर हाल सरावल गाउपालिका १ बासा गाउ भएको पहिचान गरिएको छ । सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले प्राचिन सज्जनेल नगर बासा गाउ भएको भन्दै सोमवार बासा गाउनजिकै रहेको प्राचिन स्मारक स्थलमा बोर्ड राख्दै घोषणा गरेका हुन् ।उनका अनुसार बुद्धकालमा कोलिय गणराज्यकी बुद्धकी एक मात्र अग्रउपासिका स्थान प्राप्त गरेकी कोलियपुत्रि सुप्पबासाको नाममा बासा गाउ रहन गएको बताइएको थियो । कोलियपुत्री सुप्पबासालाई सात दिनसम्म प्रसव बेदना लागेको बेला भगवान बुद्ध नजिकैको कुण्डिय नगरमा आएका थिए । सुप्पबासाले आफ्नो पतिलाई त्यसको जानकारी दिन पठाए र भगवान बुद्धले पाठ गरे पछि सुप्पबासाले आफ्नो सिवली पुत्रको जन्म दिईन् । पछि एक साता भोजनदान गरि उत्सव मनाउन लगाएकी थिईन् । केही बर्ष पछि सरिपुत्त आएको बेला सिवली बाल्यकालमै दिक्षा लिएर भिच्छु बने र पछि उनी भ...
सरावलको प्राचीन ‘ककरपत्त’ नगर राष्ट्रिय सम्पदामा सुचिकृत, पुरातत्व विभागले प्राचीन स्मारक भनि राख्यो सुचना बोर्ड
समाचार, सरावल गाउँपालिका

सरावलको प्राचीन ‘ककरपत्त’ नगर राष्ट्रिय सम्पदामा सुचिकृत, पुरातत्व विभागले प्राचीन स्मारक भनि राख्यो सुचना बोर्ड

बेचु गौडनवलपरासी,१८ भदौजिल्लाको सरावल गाउपालिका २ जावा गाउ स्थित कोलवृक्ष बगैच क्षेत्रलाई लाई प्राचिन ककरपत्त नगर गाउपालिकाले घोषणा गरे पछि अहिले पुरातत्व विभागले राष्ट्रिय सम्पदामा सुचिकृत गरि सो स्थान संरक्षणका लागि बोर्ड राखेको छ । प्राचिन स्मारकको भएको र सो क्षेत्रको संरक्षणका लागि नेपाल सरकार पुरातत्व विभागले सो स्थानमा बोर्ड राखेको हो ।कोलवृक्ष बगैचा रहेको स्थानलाई संरक्षण गर्दै पर्यटकिय क्षेत्र बनाउने गाउपालिकाले अभियान चाल्दै बौद्ध इतिहासको खोज गराए पछि सो गाँउ प्राचिन कोलिय गणराज्य अन्तरगत पर्ने ककरपत्त नगर(निगम) भएको गत असोज पुर्णिमाको अवसरमा घोषणा गरेको थियो । घोषणा पश्चात गाउपालिकाले सो स्थानको संरक्षण,विकास र प्रवद्र्धनका लागि कोलवृक्ष पर्यटन विकास संस्था समेत गठन गरि काम गर्न थाले पछि अहिले सो स्थानमा पुरातत्व विभागले प्राचिन स्मारक भएको जनाउदै संरक्षणका लागि बोर्ड राखे पछि य...
बौद्धकालिन प्राचिन कोलियराज्यका नगरको पहिचान गराउन होर्डिगँबोर्ड राख्दै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

बौद्धकालिन प्राचिन कोलियराज्यका नगरको पहिचान गराउन होर्डिगँबोर्ड राख्दै सरावल गाउपालिका

नवलपरासी,६ भदौप्राचिन बौद्धकालिन नगरहरुको पहिचान गर्दै जिल्लाको सरावल गाउपालिकाले ति स्थानमा होर्डिगँ बोर्ड राखेको छ । पुर्णिमाको अवसर पारी गाउपालिका भित्रको तिन वटा बुद्धकालिन नगर जहाँ बुद्ध स्वम् उपस्थित भई धर्मदेशना गरेको जनाउदै ति स्थान संरक्षण तथा प्रचार प्रसार गर्ने उदेश्यले होर्डिगँबोर्ड राखिएको गाउपालिकाले जानकारी गराएको हो ।सरावल गाउपालिका १ सालबास भगडा स्थित हसरी माई स्थानले चिनिने स्थान प्राचिन कुण्डिय नगर भएको दाबी गर्दै होर्डिँगबोर्डको राखिएको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले जनाए । बौद्ध दर्शनमा पुर्णिमाको ठूलो महत्व हुने हुदा पुर्णिमाको अवसर पारेर एक कार्यक्रम गरि बोर्ड राखेका छौ,उनले भने, यसको दिर्घकालिन विकास तथा पुर्वाधारका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने र स्थायिन स्तरमा...
सरावलको जनता मावि मनरीमा विद्यार्थीहरुकै सञ्चार समुह गठन
समाचार, सरावल गाउँपालिका

सरावलको जनता मावि मनरीमा विद्यार्थीहरुकै सञ्चार समुह गठन

जिल्लाको सरावल २ स्थित जनता नमुना माध्यमिक विद्यालयका बालबालिकाहरुले सञ्चार समुह गठन गरेका छन् । विद्यालयमा पठन पाठनसंगै विद्यालय तथा समुदायका गतिविधिलाई समाचार बनाई प्रकासन÷प्रशारण गर्ने उदेश्यले सो सञ्चार समुह गठन गरेका हुन् ।विद्यालयले नमुना कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई नै सञ्चार सिप तथा समाचार लेखन सम्बन्धि दुइ दिने तालिम गराएरको थियो । तालिम लिएका विद्यार्थीहरुले विद्यालयका विभिन्न गतिविधिलाई समेटेर समाचार बनाउने तथा विद्यालयको बेभसाईट मार्फत प्रकाशन÷प्रशारण गर्ने गर्नका लागि सञ्चार समुह गठन गरिएको विद्यालयका समाजिक शिक्षक श्रवण सहानीले जानकारी गराए । विद्यालयले आफ्नै वेभसाईट बनाई सकेको छ,उनले भने, त्यसमा समाचार अपलोड गर्न सक्छन् । विद्यालयको गतिविधि सार्वजनिक रुपमा जानकारी हुनुका साथै विद्यार्थीहरुले पढाईसंगै शिप पनि सिक्ने अवसर भएको उनको भनाई थियो । पहिला बालबालिकाहरुले भित्ते...
सरावल गाउपालिकामा ‘पुत्रन्जिव’को बगैचा भएको जिवक बन फेला
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकामा ‘पुत्रन्जिव’को बगैचा भएको जिवक बन फेला

नवलपरासी जिल्लाको सरावल गाउपालिका १ मा प्राचिन बौद्धकालिन जिवक बन फेला परेको छ । स्थानिय भाषामा पतजिव भन्ने गरिएको बनमा पुत्रन्जिव नामक रुखहरुको रहेको बगैचालाई प्राचिन जिवक बन भएको अनुमान गरिएको हो ।बौद्धकालिन इतिहास तथा पुरातत्वका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले आयुर्वेदेकि महत्व रहेको पुत्रन्जिव रुख भएको र बौद्धकालिन बुद्ध संघमा जिवक नामक आर्युेवदाचार्य भिच्छु समेत यस क्षेत्रमा आएको हुदा सो बनलाई जिवक बन भनेर उल्लेख भएको बताए । प्राचिन कोलिय गणराज्य अन्तरगत सज्जनेल नगरमा भगवान बुद्ध कोलिय पुत्री सुप्पबासाको घरमा भोजन ग्रहण गर्न आएका थिए । सुप्पबासा कोलिय गणराज्यकी एक मात्र अग्रउपासिका रहेको बौद्ध ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । सज्जनेल नगर भित्रकै आर्को सालबास जंगलमा भगवान बुद्धका सबै भन्दा प्रिय भिच्छु आनन्द आफ्नो भिच्छु संघ सहित आएर कुण्डिय भन्ने स्थानमा बास बसेका थिए । भिच...