नवलपरासीको परासीमा खुल्यो यातायात ब्यवस्थाको सेवा कार्यालय
नवलपरासी,१ फागुनपश्चिमी नवलपरासीको रामग्राम ४ बैरिहवामा यातायात ब्यवस्था सेवा कार्यालयले आइतवार देखी औपचारिक रुपमा सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सरकार श्रम,रोजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले यातायात ब्यवस्था सेवा कार्यालयको उदघाटन गर्दै सेवा प्रारम्भ गरेकी हुन् ।अहिलेसम्म नवलपरासीबासी यातायात ब्यवस्था सम्बन्धी सेवा बुटवल र भैरहवाबाट लिदै आएको तर आइतवार आफ्नै जिल्ला सदरमुकामबाट सेवा पाउन थाले पछि हर्सित भएका छन् । सेवा लिन जादा समान्य एउटा कागजात छु्ट्दा पनि छोडेर आउनु पर्ने बाध्यता,सेवा लिन टाढा जादा म्याद नागेर धेरै जसोले जरिवाना तिर्न पर्ने अवस्था रहेको थियो । सदरमुकाममा कार्यालय आए पछि जिल्लाबासीलाई धेरै नै राहत हुने बतmाहरुले बताएका थिए । अहिले सेवा कार्यालय शुरुवात भई चाडै नै आंशिक सेवा भएकोले पुर्ण सेवाका प्रदान गर्न माग समेत गरिएको थियो । तत्काल सेवा कार्यालयले स...










