कृषि सम्बन्धि जानकारी पाउने एग्रोबुक नामक मोवाइल एप सार्वजनिक
नवलपरासीकृषि ज्ञान केन्द्र नवलपरासीको सहयोगमा कृषक हक हित संरक्षण मञ्च नवलपरासीले किसान तथा कृषि सरोकारवालालाई उपयोगी हुने –एग्रो बुक नामक मोबाईल एप सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले एक कार्यक्रमका विच सार्वजनिक गरेका हुन् ।कोलिया मिडिया एण्ड आई.टी.(केएमआइटी) सोलुसन प्रा.लि.द्धारा निर्मित उतm एपमा कृषिसंग सम्बन्धित आर्गेैनिक कृषि,ब्यवसायिक पशुपालन,नविनतम कृषि,बालिका जातहरु,कृषि उपज,नर्सरी स्थापना ब्यवस्थापन,बैज्ञानिक मलखाद्य राख्ने विधि,बाली झार पहिचान र मौषम पुर्वाअनुमान सम्बन्धी जानकारी हरु रहेको छ । कृषि ज्ञान केन्द्रद्धारा बेला बेलामा किसानका लागि जारी गरिने विभिन्न सुचना तथा जनाकारीहरु,रेडियो कार्यक्रमको अडियो सुचना तथा विभिन्न जानकारी मुलक भिडियो समेत हेर्न पाउने गरि एप सार्वजनिक गरिएको थियो ।एपलाई सार्वजनिक गर्दै निर्देशनालय प्रम...


