एक दिनमै रामखण्डाखोला पुलको र्यालिगँ मर्मत भयो
नवलपरासी,१९ साउनजिल्लाको भैरहवा–भुमही बन्दरगाह मार्गको पुलको भत्किएको र्यालिगँ एक दिनमै ढलान भएको छ । र्यालिगँ नबन्दा यात्रुहरुलाई जोखिम भएको कुरा समाचारमा आए पछि रामग्राम नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालयले एक दिनमै मर्मत गरेको हो ।रामग्राम ३ स्थित रामखण्डा खोलाको र्यालिगँ भत्किएको बर्षाै भई सक्दा पनि सरोकारवालाले ध्यान नदिदा दुर्घटना हुने जोखिम बढेको समाचार प्रकाशन प्रसारण भएको थियो । पुलको र्यालिगँ भत्किएको कुराले दुर्घटनाको जोखिम बढेको भनेर सडक डिभिजनमा पहल गरिएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताए । पहल नगरपालिकाले गरेको हो,उनले भने, मर्मत सडक डिभिजनले गरेको हो । यसल दुर्घटना जोखिम टरेको छ ।पुर्व पश्चिम राजमार्ग निर्माणको भईरहेको बेला अहिले बन्दरगाह मार्गमा सवारी साधनको चाप बढेको छ । ति र्यालिगँ पनि सवारीसाधन ठोकिदा भत्किएको थियो । तत्कालिन जिल्ला विकास समितिले समान्य सडकक...










