रामग्राम नगरपालिका

विद्यालयकबाट सुचना लिन वार्ड अध्यक्षले प्रयोग गरे सुचनाको हक
रामग्राम नगरपालिका, समाचार

विद्यालयकबाट सुचना लिन वार्ड अध्यक्षले प्रयोग गरे सुचनाको हक

नवलपरासी, ३१ साउनरामग्राम नगरपालिकाका वार्डअध्यक्षले नै विद्यालयको सुचना पाउन सुचनाको हक प्रयोग गरि सुचना माग गरेका छन् । विगतमा विद्यालय भवनको टेण्डर प्रकृयामा भएको अनियमितताबारे जानकारी लिनका लागि रामग्राम नगरपालिका वार्ड नं.२का वार्ड अध्यक्ष निरज रौनियारले सुचनाको हक प्रयोग गरि सुचना माग गरेका हुन । आफ्नै वार्ड भित्र रहेको पवन माविमा विगत बर्षमा टेण्डर प्रकृयामा तत्कालिन वार्ड अध्यक्ष र प्रधानाध्यापक मिलेर अनियमितता गरेको स्थानियले आरोप लगाए पछि उनले सोबारे जान्न खोज्दा विद्यालयले वेवास्ता गरेको थियो । अहिले विद्यालयको टेण्डरसम्बन्धि सुचना र कागजात उपलब्ध गराउनका लागि वार्ड कार्यालयकै लेटरप्याड प्रयोग गरि सुचना माग गरेका हुन् । सुचना अधिकारीलाई सम्बोधन गरि वार्ड अध्यक्ष रौनियारले रामग्राम न.पा. वार्ड नं.२ को वडा कार्यालयलाई सुचना आवश्यक भएकोले सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३...
दैनिकबाजर र हाटबजारका सटरलाई उपयोगमा ल्याइनेः प्रमुख प्रशासकिय अधिकृत खड्का
रामग्राम नगरपालिका, समाचार

दैनिकबाजर र हाटबजारका सटरलाई उपयोगमा ल्याइनेः प्रमुख प्रशासकिय अधिकृत खड्का

नवलपरासी,३१ साउनबर्षाै देखी अलपत्र रहेको परासी हाटबजारको सटरलाई रामग्राम नगरपालिकाले ठेक्का लगाई उपयोगमा ल्याउने भएको छ । सदरमुकाम विकास कार्यक्रम अन्तरगत परासी हाटबाजरको ब्यवस्थापन गर्ने क्रममा ५६ वटा सटर समेत निर्माण भएको दुई बर्ष देखी प्रयोगमा नआएकोले अहिले नगरपालिकाले सो सटर उपयोगमा ल्याउने गरि निर्णय गरेको हो ।हाटबजारको सटरसँगै परासी बजार भित्रै रहेको दैनिक बजारलाई समेत सञ्चालनमा ल्याउने राजश्व समितिले निर्णय गरेको प्रमुख प्रशाकिय अधिकृत मान बहादुर खड्काले बताए । बजार र सटर सञ्चालन नहुदा जनतालाई सेवा,ब्यवसायिहरुले काम गर्न नपाउने अवस्थाा मात्रै नभई नगरपालिकाको लाखौ रुपिया राजश्व समेत नोक्सानी हुदै आएको उनले जनाए । आफु नगरपालिकामा आएर यस्तो राजश्वको स्रोतहरु यत्रतत्र अलपत्र परेको देखे,उनले भने, एक तिर संघ र प्रदेशको सरकारसँग बजेटका लागि हार गुहार गछौ,आर्को तिर आफ्नै राजश्वको स्रोत ब्यव...
परासी बजार सफाई गराउदौ वडाध्यक्षद्वय यादव न्यौपाने
रामग्राम नगरपालिका, समाचार

परासी बजार सफाई गराउदौ वडाध्यक्षद्वय यादव न्यौपाने

परासी, २९ श्रावण । जिल्लाको सदरमुकाम परासी बजारको सरसफाईमा रामग्राम नगरपालिका भिडेको छ । परासी बजारका सडक तथा सार्वजनिक स्थलहरुको सरसफाईका लागि पालिकाका जन प्रतिनिधि तथा कर्मचारीहरु आफै उपस्थित भई सफाई कार्य गराई रहेका छन् । आज रामग्राम नगरपालिका वडा ५ झरही खोलादेखि जिल्ला प्रहरी कार्यालय सम्मको मुल सडकमा फालिएको फोहोर मैला, ढुङ्गा, गिट्टिबालुवा लगायतका फोहोरहरु पालिकाको फोहोर फ्याक्ने टयाक्टरमा लोड गरि डम्पिङ्ग साईटमा बिर्जन गरिएको वडा ५ का अध्यक्ष रामबृक्ष यादवले जानकारी दिनु भयो । बजारको मुख्य सडमा फालिएका प्लास्टिक लगायतका फोहोरले सडक फोहोर देखिनु र सडकको छेउछाउमा छितिरबिरि रहेको स–साना ढुङ्गागिट्टिले दुर्घटनाको जोखिम बढने सम्भावना देखिएकाले ति विकार वस्तुहरुलाई सफाई गरिएको वडा अध्यक्ष यादवले बताउनु भयो ।वडा ५ को मुख्य सडक सफाई पछि वडा नम्बर ३ को क्षेत्रमा पनि सफाई गरिएको वडा ३ ...
रामग्राम नगरपालिकामाः चैत्रभित्रै बजेट खर्च गरिने
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकामाः चैत्रभित्रै बजेट खर्च गरिने

नवलपरासी,२८ साउनजिल्लाको रामग्रामन नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को बजेट चैत्र भित्र नै खर्च गरिसक्नु पर्ने गरि नगरपालिका भित्रका शाखाहरुलाई निर्देशन दिएको छ । विगतका बर्षहरुमा ढिलो गरि योजना सम्झौता गर्ने,कार्यान्वयनमा ढिलाई गर्ने गर्दा बजेट खर्ज नहुने हुदा फ्रिज र अल्या गराई आर्को बर्षमा सार्ने पद्यतीको अन्य गर्ने गरि योजना बनाउन शाखाहरुलाई निर्देशन गरेको हो ।नगरपालिकाका विभिन्न शाखाहरुमा कर्मचारी तर बेलामा काम नगरिदिदा आन्तरिक आयको रकम अन्या भएर जाने र सशर्त बजेट फ्रिज हुने अवस्था देखिएको हुदा त्यो अवस्था फेरी नहोस भनेर खर्चका ेकार्ययोजना नै पेश गर्न निर्देशन गरि सकिएको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । नगरपालिकाको वित्तिय अवस्थाको बेथिती देखियो,उनले भने, अब यहिँ आर्थिक बर्ष देखी सुधार गर्नु पर्छ । अहिले निर्वाचित भएका नगरप्रमुख(मेयर) धनपत यादवले प्रमुख प...
रामग्राम नगरपालिकामा विद्यालय अनुगमन निरन्तरः मेयरले खाए विद्यार्थीले खाने खाजा
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकामा विद्यालय अनुगमन निरन्तरः मेयरले खाए विद्यार्थीले खाने खाजा

नवलपरासी,२५ साउननगरक्षेत्रका विद्यालयमा रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर)ले थालेको अनुगमन कार्यलाई निरन्तरता दिदै बुधवार पनि तिनवटा विद्यालयको अनुगमन गरेका हुन् । मेयर धनपत यादव र नगरशिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी र सम्बन्धित वार्डअध्यक्षलाई साथमा लिएर अनुगमनलाई निरन्तरता दिएका हुन् ।शिक्षाको बेथिती सुधारका लागि सबै विद्यालयमा एक पटक संयुत्त रुपमा पुग्नै पर्ने आवश्यकता औल्याउदै मेयर यादवले अनुगमन पुर्व सुचना विना नै विद्यालयमा पुग्ने गरेका छन् । अनुगमनको क्रममा विद्यालयमा सरकारले दिदै आएको खाजाको गुणस्तर समेत हेर्ने,सरसफाई,पुर्वाधार वातावरणको विषयमा अहिले सुचना लिइने गरेका छन् । जनता आधारभुत विद्यालयमा पुगेर उनले विद्यार्थीले खाने गरेको खाँजा समेत चाख्दै भने, यस्तो खाँजा नखुवाउनुस । खाँजामा भुजा र पस्ता बनाइएको थियो । कतिपयमा जंकफुड नै पाइएको थियो । विद्यार्थी संख्या अति नै कम भएको ...
नवलपरासीका केरा कृषकको केराबालीमा ‘ब्लेक सिगाटोगा’ नामक ढुसीजन्य रोग देखियो
रामग्राम नगरपालिका, समाचार

नवलपरासीका केरा कृषकको केराबालीमा ‘ब्लेक सिगाटोगा’ नामक ढुसीजन्य रोग देखियो

नवलपरासी,२५ साउनप्राय केराबालीमा लाग्ने रोगको ढुसी विगतमा भारतमा देखा परेको ‘ब्लेक सिगाटोगा’ नामक ढुसी नेपालमा समेत देखा परेको छ । जिल्लाको नवलपरासीको पुर्वि क्षेत्रमा हुने गरेको केराबालीमा यस्को प्रभाव देखिन थाले पछि सो रोगको परिक्षण गर्दा ब्लेक सिगाटोका नामक ढुसी फेला परेको हो ।गत बर्ष पनि सोही ढुसीले केरामा रोग लागे पछि कृषि अनुसंधान परिषद(नार्क)का बैज्ञानिकहरुले सो रोगबारे अनुसंधान गरेर ब्लेक सिगाटोगा नामक ढुसीको पहिचान भएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिव प्रसाद अर्यालले जानकारी गराए । यो बर्ष पनि सोही ढुसीले केराबालीमा रोग लागेर क्षति पुर्याएको सुचना पाए पछि ज्ञानकेन्द्रका प्राविधिक सहित अर्याल स्थलगत रुपमा पुगेका थिए । अघिल्लो बर्ष जे लक्षण केरा बालीमा देखिएको थियो, त्यही लक्षण अहिले पनि देखियो, प्रमुख अर्यालले भने, तर यो प्रकारको ढुसी चाडै धेरै क्षेत्रमा फैलिएर बालीनालीमा ...
रामग्राममा विद्यालय अनुगमन : नमुना विद्यालयकै ब्यवस्थापकिय अवस्था नाजुक
रामग्राम नगरपालिका, समाचार

रामग्राममा विद्यालय अनुगमन : नमुना विद्यालयकै ब्यवस्थापकिय अवस्था नाजुक

नवलपरासी,२४ साउनजिल्लाको रामग्राम नगरपालिकाको शैक्षिक गुणस्तर खस्किने कारणको खोजी नीति भईरहेकै बेला नगरको नमुना विद्यालयको ब्यवस्थाकिय अवस्था नाजुक देखिएको छ । सदरमुकाम परासीको बजारमै रहेको आदर्शन नमुना विद्यालयको सरसफाई,सौचालयको दुगनर््िधत अवस्थाले ब्यववस्थापकिय कार्य लाजमर्दो देखिएको हो ।नमुना विद्यालय भनेको बाहिरबाट नमुना हेर्न आउने विद्यालयको रुपमा हेर्ने गरिन्छ,तर हेर्न लायक समान्य बाहिरी ब्यवस्थापन नै देखिएन् । आँखाले हेर्न नमिल्ने अभौतिक कुरा त पर जाओस,भौतिक आँखाले हेर्न सक्ने कुनै लायक उपलब्धी देखिएन् । सोमवार नगरप्रमुख (मेयर)धनपत यादव,उपप्रमुख(उपमेयर) सम्झना चौधरी र नगरशिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी सहितको अनुगमन एक्कासी विद्यालयमा पुगे पछि अस्तब्यस्त रहेको विद्यालयको त्यस्तो अवस्था देखिएको हो । मेयर यादवले शैक्षिक गतिविधि भन्दा पहिला सौचालयमा पसेका थिए । त्यहा पानी जम्मा भएको...
भत्किएको हुलाकी राजमार्गको पुल नबन्दा दुर्घटनाको जोखिम
रामग्राम नगरपालिका, समाचार

भत्किएको हुलाकी राजमार्गको पुल नबन्दा दुर्घटनाको जोखिम

हुलाकी राजमार्ग अन्तरगत रामग्राम ८ बैकुण्ठापुर स्थित भत्किएको पुल हालसम्म मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढेको छ । हुलाकी राजमार्गमा पर्ने पुरानो पुल गत बर्ष नै भत्किएको भए पनि ठेकेदारले सो पुल मर्मत सम्भार वा पुर्ननिर्माण नगर्दा दुर्घटना जोखम देखिएको हो ।विगत पाँच बर्ष देखी हुलाकी राजमार्ग निर्माण कार्य भईरहेको छ । तर सम्बन्धित ठेकेदारले बेलामा त्यसै पुलबाट काम चल्ने भन्दै वेवास्ता गदा पुलको यस्तो अवस्था भएको सम्बन्धित वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले जानकारी गराए । राजमार्गको निर्माणक्रममा नै आफुहरुले ठेकेदार र सम्बन्धित प्राविधिकसँग नयाँ पुल निर्माण गर्नु पर्छ भनि माग गरेका थियौ,उनले भने, तर प्राविधिक र ठेकेदार दुबैले वेवास्ता गरे अहिले त्यो पुल बिचमै भत्एिको छ ।पुल भत्किएकै बर्ष दिन हुन लाग्यो तर बनाउने कार्य भएको छैन् । स्थानियले भन्दा भन्दै प्राविधिक र ठेकेदारले अटेरी गरे,...
बैठक बाहेक नगरपालिका कार्यालयमा प्रधानध्यापक आउन नपाउने
रामग्राम नगरपालिका, समाचार

बैठक बाहेक नगरपालिका कार्यालयमा प्रधानध्यापक आउन नपाउने

नवलपरासी,२१ साउनविभिन्न सुधारका अभियान चलाउदै आएको जिल्लाको रामग्राम नगरपालिकाले नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई प्रअ बैठक बाहेक नगरकार्यपालिकामा नआउन निर्देशन जारी गरेको छ । नगरपालिका कार्यालयमा विभिन्न काम भनेर आउदा विद्यालयमा बेथिती बढेको ठहर गर्दै नगरपालिकाले सो निर्देशन जारी गरेको हो ।मदरसा लगायतका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई प्रअ बैठक बाहेकका दिन नगरपालिका कार्यालय परिसरमा देखिन नहुने परिपत्र समेत गरिएको नगरपालिकाका मेयर धनपत यादवले जानकारी गराए । शिक्षा शाखालाई प्रअको बैठक बाहेक नगरपारिसरमा देखिनु हुदैन भनेर निर्देशन दिएको उनले बताए । विद्यालयका प्रधानाध्यापकहरु विद्यालयका प्रमुख हुन्,उनले भने,विद्यालय (कार्यालय)मा प्रमुख नै नभए पछि अन्य शिक्षक कर्मचारी पनि मनपरी जथाभागी घुम्ने गरेको देखिए पछि विद्यालयमा नआउन निर्देशन गरिएको हो । शिक्षकलाई कार्यापालिक...
समाजिक सुरक्षा भत्ता वार्ड र टोलटोलमै बाड्नका लागि मेयरले डाँके बैकहरुको बैठक
रामग्राम नगरपालिका, समाचार

समाजिक सुरक्षा भत्ता वार्ड र टोलटोलमै बाड्नका लागि मेयरले डाँके बैकहरुको बैठक

नवलपरासी,२० साउनराज्यबाट समाजिक सुरक्षा भत्ता पाउनेलाई वार्ड र टोलमै रकम बुझाउने योजनाका साथ रामग्राम नगरपालिकाका मेयर धनपत यादवले सबै बैंकको बैठक डाकेका छन् । गाउ गाउबाट समाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम धाउदै आएका जेष्टनागरिकहरुको समस्यालाई सम्बोधन गर्न बैंकहरु वार्डमै पुगेर भत्ता बाड्ने प्रकृयाको थालनी गर्ने गरि उतm बैठक डाकेका हुन् । समाजिक शुरक्षा भत्ता सबै बैकिँक प्रणालीमा मार्फत भुतmानी हुने र बैकहरु सबै सदरमुकाम परासी बजारमा रहेको हुदा जेष्ठनागरिक,अशतm,अपाँग,विधवा,दलित,लोपोन्मुख लगायतका बर्गलाई रकम बुझ्न निकै समस्या झेल्नु पर्ने भएकोले बैठक बोलाईको मेयर यायदले बताए । बैकमा चेक साट्नका लागि विहानै वृद्धवृद्धा बैंक अगाडी घामपानीमा बस्ने गरेको देखियो,उनले भने,राज्यले सम्मान वापत दिइने रकम बुझ्ने प्रकृयामा अपमानित र सास्ती भोग्नु पर्ने अवस्था पाइयो । त्यही भएर बैंकहरुले के कसर...