रामग्राम नगरपालिकाले मेगा, ज्योती र सनराईज बैंकसँग गर्यो समाजिक शुरक्षा वितरणको सम्झौता
नवलपरासी,२१ भदौजिल्लाको रामग्राम नगरपालिकाले समाजिक शुरक्षा भत्ता वितरण वार्ड वार्डबाटै गर्ने योजनालाई सहयोग गर्ने तिन वटा बैंकसँग सम्झौता गरेको छ । सहयोग नगर्ने बैंकसँगको सम्झौता रद्द गरि सो सहयोग गर्ने तिन वटा बैंकलाई वार्ड विभाजन गरि जिम्मेवारी दिएर सम्झौता गरेको हो ।सम्झौता गर्ने बैंक मध्ये मेगा बैंक लिमिटेड परासी शाखा,ज्योति विकास बैंक लिमिटेड परासी शाखा र सनराईज बैंक परासी शाखासँग सम्झौता भएको नगरपालिकाले जनाएको छ । केही दिन अगाडी नगरपालिकाले सदरमुकाम परासीमा रहेका विभिन्न बैंकहरुसँग वार्ड वार्डमा गएर समाजिक शुरक्षा भत्ता वितरणको ब्यवस्था मिलाउन आग्रह गरेको थियो । त्यो बेला समाजिक सुरक्षा भत्ता पाउने जेष्ठनागरिक,अपाँग,दलित,लोपोन्मुख,अल्पसंँख्यक,विधवा,एकल महिलाहरुको विभिन्न बैंकहरुमा खाता खोली बैंक मार्फत भुतmानी हुदै आएको थियो । ति बैंकहरुले परासी स्थित शाखामै उपस्थित गराएर रकम भुतmा...










