संस्कृतिलाई आयआर्जनको माध्यम बनाउने योजना हामीसँग छ : एमाले नेता यादव
नवलपरासी,१९ कातिकस्थानिय संस्कृतिलाई मनोरन्जन मात्र नभई आयआर्जनको माध्यम बनाउन सक्ने नेकपा एमालेका जिल्ला नेता धनपत यादवले बताएका हुन् । रामग्राम नगरपालिका १८ बडगो बजार स्थित मनकामना युवा क्लबद्धारा आयोजित थारु सांस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।थारु संस्कृति प्राचिन बौद्धकालिन संस्कृति हो,बौद्धकालिन महत्वपुर्ण स्थान पनि यही भएको तर राज्यले यसको पहिचान गर्न सकेको उनले बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेता यादवले अगामी दिनमा प्राचिन संस्कृति र प्राचिन स्थल जोडेर सांस्कृतिक पर्यटनको विकास गरि साँस्कृतिक कार्यक्रमलाई आमदनीको माध्यम बनाउन सकिन्छ, उनले भने, विश्वले मान्ने शान्तिका अग्रदुतको जन्म दिने आमा मायावतीको जन्म स्थल यहिँ गाँउ पण्डितपुरमा छ,जुन प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम भएको पुरातात्विक खोजले पत्ता लगाई सकेको छ । बौद्धकालिन थेरबाद समुद...










