लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे
गुणस्तरहिन समाग्रिको प्रयोग र प्राविधिक हेलचक्रयाई
नवलपरासी,१३ भदौजिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै क्रेक(चिरा परेको) भएको छ । रामग्राम नगरपालिका १७ स्थित उतm पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको हो ।रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकाको सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेलचक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाले पुलको अवस्थाबारे जिल्ला समन्वय समिति (जिसस)मा जानकारी गराएका थिए । जानकारी भए पश्चात जिसस प्रमुख भगौती यादव पुलको अवस्थाको स्थलगत अवलोकन गर्न तत्कालै पुगेका थिए । पुलको अवस्था जस्तो स्थानियले जानकारी गराएका थिए,त्यसै रहेको जिसस प्रमुख यादवले समेत जानकारी गराए । पुल प्रयोगमा नआउदै...









