नवनिर्वाचित जनप्रतिनिधिको जिससद्धारा बधाई तथा शुभकामना
नवलपरासी,१५ मंसिरजिल्ला समन्वय समिति(जिसस) नवलपरासीले जिल्लामा नव निर्वाचित संघिय साँसद र प्रदेश साँसद जनप्रतिनिधिलाई बधाई तथा सुभकामना दिने कार्यक्रम गरेको छ । कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आमन्त्रण गरि बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।कार्यक्रममा जिल्लाको चौतर्फि विकासमा अब सबै जनप्रतिनिधि जिल्ला केन्द्रित भएर लाग्न आग्रह समेत गरिएको छ । विगत देखी नै यो जिल्लाबाट शतिm पहुँचमा भए पनि जनप्रतिनिधिको काम भन्दा अ आफ्ना दलिय कार्यलाई प्राथमिकता दिने गर्दा जिल्लाको विकास ओझेलमा परेको तर अब देखी यस्तो उपेक्षा नहोस भनि चाहना समेत ब्यतm गरिएको थियो । जिल्लाको क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य(संघिय साँसद)मा निर्वाचित धु्रव बहादुर प्रधान विगतमा प्रहरी सेवाको उच्च ओहदा (आईजिपि) मा पुगेर सेवा निवृत भए पछि राजनीतिमा लाग्नु भएको थियो । विगत विगतमा पटक पटक पराजय भोग्दै आएका प्रधान अहिल...










