आन्तरिक पर्यटकले भरिभराउ बन्दै रामग्राम स्तुप क्षेत्र
नवलपरासी,२३ भदौ,जिल्लाको रामग्राम नगरपालिका स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा आन्तरिक पर्यटकले अहिले भरिभराउ हुने गरेको छ । आवश्यक पुर्वाधार नभए पनि रामग्राम नगरपालिका लगायत जिल्लाका अन्य पालिकाबाट पनि युवा युवतीहरु रामग्राम स्तुपमा आउदा भरिभराउ हुने गरेको हो ।रामग्राम स्तुपा आउनेमा अधिकाँस किसोरकिसोरीहरु टिकटक बनाउने कार्य गरेको भए पनि स्तुपाको ऐतिहासिहक खोजमा समेत जिज्ञासा राख्ने गरेका छन् । केहीले आफुले पाएको समान्य जानकारीलाई नै बोलेर टिकटक भिडियो बनाउने गरेका छन् । स्तुप क्षेत्रको प्रवद्र्धन जानी नजानी भईरहेको स्थानियबासीले बताएका छन् । समुहगत र ब्यतिगत रुपमा आन्तरिक पर्यटक रामग्राम स्तुपमा आउने र एक छिन बगैचामा बसेर शान्ति र आनन्दको अनुभति गरि फर्कने गरेका छन् । उनका अनुसार स्थानिय भानु प्रताप सिँहले भने,विगत भन्दा अहिले धेरैको भ्रमणको रोजाई रामग्राम स...










