रामग्रामले तिन महिनामा संकलन गर्यो झण्डै दोब्बर राजस्व
नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले गत बर्षको तुलनामा हालसम्म झण्डै दोब्बर राजश्व संकलन गर्न सफल भएको छ । राजस्व शाखाले करदता प्रवद्र्धन सहित राजश्व समितिका संयोजक समेत रहेकी उपप्रमुख(उपमेयर)को कृयाशिलताले राजश्व संकलन बढाउन सफल भएको हो ।नगरपालिकाको राजश्व शाखाका तथ्याँक अनुसार गत आर्थिक बर्ष २०७८/०७९ को असोज मसान्तसम्ममा १ करोड ३६ लाख ९१ हजार १ सय ४३ रुपिया राजश्व संकलन भएको थियो,तर अहिले चालु आर्थिक बर्ष २०७९/८० को असोज २५ गतेसम्ममा २ करोड १२ लाख ३० हजार ९ सय ५९ रुपिया सकलन भएको छ । राजश्व संकलनमा विगतको बर्षको तुलनामा यो बर्ष सरकारी सम्पती बहाल करबाट सबै भन्दा बढि राजस्व संकलन भएको तथ्याँकले देखाएको छ । सो शिर्षकमा गत आर्थिक बर्षमा ११ लाख ८१ हजार २ सय ५६ रुपिया मात्र संकलन भएको थियो,तर अहिले चालु आर्थिक बर्षमा ९१ लाख २३ हजार २ सय ८७ रुपिया संकलन गरिएको छ । सरकारी निकायबाटै बहाल कर वि...










