रामग्राम नगरपालिका

रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव

नवलपरासी,१ फागुनरामग्राम स्तुपमा जति सक्दो चाडो उत्खननका कार्य अगाडी बढाए त्यती छिटो विकास हुने रामग्राम स्तुप क्षेत्रका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको उतm स्तुपको २०५९ सालमा उत्खनन हुदाको बखत युनेस्कोका अधिकृतहरुले जति छिटो प्रमाण दियो उत्ति छिटो स्तुपा क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत हुने कुरा बताएको स्मरण गराउदै उनले सो कुरा बताएका हुन् ।संसारमा एक मात्र भगवान गौतम बुद्धको अस्ति भएको स्तुप जुन अहिलेसम्म पनि प्राकृतिक अवस्था(भर्जिन) अवस्थामा रहेको छ । इतिहासकारले विभिन्न चरणमा खोज र अ आफ्ना प्रतिवेदनमा उल्लेख गर्दै सरकारलाई सुझाव दिदै आए पनि सरकारको ध्यान त्यस तर्फ नगएको उनले बताए । यहिँ रामग्राम स्तुप हो,भनेर इतिहासकारले भन्दै आए पनि युनेस्कोलाई साक्ष्य प्रमाण नभएसम्म विश्व सम्पदामा सुचिकृत गर्दैन्,उनले भने, ति साक्ष्य प्रमाणका ...
‘रामग्राम विकास कोष’ गठन कार्य अगाडी बढाउदै रामग्राम
पर्यटन, रामग्राम नगरपालिका, समाचार

‘रामग्राम विकास कोष’ गठन कार्य अगाडी बढाउदै रामग्राम

नवलपरासी,२२ माघभगवान गौतम बुद्धको संसारमा एक मात्र सिँगो भाग अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रको विकासका लागि ‘रामग्राम स्तुप विकास कोष’को कार्यलाई रामग्राम नगरपालिकाले अगाडी बढाएको छ । स्तुप क्षेत्रको विकास, सँसार भरी स्तुपको महत्वको प्रचार प्रसार र आउने बौद्ध तिर्थयात्री तथा देशी विदेशी पर्यटकको बसाई ब्यवस्थापन गर्ने उदेश्य राखी रामग्राम विकास कोष गठन गर्न कानुनी संरचना बनाउन जुटेको हो ।लुम्बिनी गार्डेन फाउण्डेसनको सहजीकरणमा सो कोषको ऐन तर्जुमा गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । शुक्रवार विहान फाउण्डेसनको एक टोलीसँग पहिलो चरणको छलफल भएको छ, उनले भने, छलफलबाट धेरै कुराहरुलाई सैद्धान्तिक आधार बनाउनमा सहयोगी बनेको छ । अब केही कानुन विद सहितको टोलीसँग पनि छलफल हुने उनले बताए । रामग्राम स्तुपलाई मात्र आधार बनाई कोषको स्थापना गर्ने कि प्राचिन कोलिय ...
भुमि माग्ने भुमिहिन नागरिक र ब्यवस्थापन गर्ने भुमि आयोगद्धारा काम हुदै
कृषि, रामग्राम नगरपालिका, समाचार

भुमि माग्ने भुमिहिन नागरिक र ब्यवस्थापन गर्ने भुमि आयोगद्धारा काम हुदै

नवलपरासी,२५ पुससरकार परिवर्तनसँगै राष्ट्रिय भुमि अयोाग नवलपरासीका पदाधिकारीहरु जग्गा निरिक्षणलाई तिब्रता दिएका छन् । सरकार परिवर्तनले अगामी दिनमा पदाधिकारी नै परिवर्तन हुने र आफ्नो बेला काम पनि देखाउन नसकिने भन्दै पदाधिकारीको टोलीले गाउ गाउमा जग्गा निरिक्षणलाई तिब्रता दिएका हुन् ।यता आयोगले जग्गाको नापजाँच र निरिक्षण गर्न थाले पछि वार्ड वार्डमा आई परेका निवेदन उपर छानविन र प्रमाणित गरि सिफारिस गर्ने कार्यले पनि तिब्रता पाएको छ । सोमवार जग्गा प्राप्तीका लागि वार्ड कार्यालयमा परेका निवेदनबारे रामग्राम ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुर सहित वार्ड समिति निवेदनको अध्ययन र प्रमाणिकरणमा ब्यस्त देखिएको थियो । विगत बर्ष देखी नै वार्ड कार्यालयमा परेको निवेदनबारे वार्ड समितिले छानविन र प्रमाणित गर्ने कार्यमा जुटेको वार्ड अध्यक्ष ठाकुरले बताए । नागरिक पनि सेवा लिनका लागि म्याद सकिन लागे पछि मात्र आउने...
रामग्राम भित्रको सर्वाधिक विद्यार्थी भएको विद्यालयमा भौतिक पुर्वाधार अभाव
रामग्राम नगरपालिका, शिक्षा, समाचार

रामग्राम भित्रको सर्वाधिक विद्यार्थी भएको विद्यालयमा भौतिक पुर्वाधार अभाव

नवलपरासी,२४ पुसजिल्लाको रामग्राम नगरपालिका २ स्थित पवन माध्यमिक विद्यालयले विद्यार्थी संख्या उल्लेख्य वृद्धि गर्दा पनि भौतिक पुर्वाधार नहुदा विद्यालय सञ्चालनमा समस्या देखिएको जनाएको छ । नगरपालिकाकै सर्वाधिक विद्यार्थी संख्या भएको विद्यालय भए पनि आवश्यक पुर्वाधार नहुदा पठन पाठन र ब्यवस्थापनमा समस्या देखिएको हो ।रामग्राम नगरपालिका भित्र सञ्चालिन माध्यमिक तहका विद्यालय मध्ये बसै भन्दा बढि विद्यार्थी भर्ना गरि पठन पाठन गराउने पवन मावि मात्रै भएको विद्यालयले जनाएको छ । पठन पाठन र अनुशाशित विद्यार्थी बनाउने हुदा अभिभावकको पहिलो रोजाईमा पवन मावि नै पर्ने गरेको विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार पाठनले बताए । अभिभावकको विश्वास जितिएको भए पनि सरकारी लगानी भित्रयाउन नसक्दा पुर्वाधार अभाव देखिएको उनको भनाई थियो । उनका अनुसार हाल सो विद्यालयमा २ हजार २३ जना विद्यार्थी अध्ययनरत छन् । बालविकास कक्षा...
बालबालिकालाई न्यानोकपडा र टोपी वितरण
रामग्राम नगरपालिका, समाचार

बालबालिकालाई न्यानोकपडा र टोपी वितरण

नवलपरासी,१३ पुसजिल्लाको विभिन्न विद्यालय तथा मदरसाका बालबालिकालाई परासी क्याम्पसका क्याम्पस प्रमुख तथा सञ्चालक समेत रहेका स्थानिय सुमन गोपाल अचार्यले कपडा र टोपी वितरण गरेका छन् । जाडोको बेला बालबालिकालाई जाडो झल्न सहज होस भनेर विभिन्न विद्यालय तथ मदरसाका बालबालिकालाई न्यानो कपडा र जाडोमा लगाउने टोपी वितरण गरेका हुन् ।उनका अनुसार रामग्राम १७ स्थित शहिद जगदिश पासवान प्राविका २ सय ३५ जना बालबालिका,पाल्हीनन्दन गाउपालिका स्थित शहिद जगदिश पासवान प्राविकका १ सय ७० जना बालबालिका तथा सिद्धार्थ मावि कुश्मा स्थित सुस्त मनस्थिती कक्षाका १० जना बालबालिका रामग्राम ३ स्थित मदरसाका ४५ जना बालबालिकालाई न्यानो कपडा तथा टोपी वितरण गरिएको अचार्यले बताए । आफ्नै पहलमा उनले बाल स्वास्थ्यका लागि साझेदारी नामक सस्था सञ्चालन गर्दै आएका अचार्यले रामग्राम १ का हरिजन बस्तिमा रहेका ७२ जना बालबालिकालाई ट्रयाकसुट वितरण ...
रामग्राम नगरपालिकाले बनाएको भुउपयोग बर्गिकरण मापदण्ड हावादारी भएको आरोप
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले बनाएको भुउपयोग बर्गिकरण मापदण्ड हावादारी भएको आरोप

नवलपरासी,१२ पुसरामग्राम नगरपालिकाले नापी कार्यालयमा पठाएको जग्गा बर्गिकरण विवरण हावादारीमा भएको आरोप स्थानियले लगाएका छन् । स्थानिय तह नगरपालिका र गाउपालिकाले जग्गा बर्गिकरण नगर्दा किसान मर्कामा परेको स्थानियले आरोप लगाई रहेकै बेला अहिले नगरपालिकाले हावादारी बर्गिकरण विवरण पठाएको अरोप लगाउन थालेका हुन् ।मंसिर २४ गते भित्र सरकारले सबै स्थानिय तहलाई भु उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी मापदण्ड बनाई पठाउन निर्देशन गरेको थियो । रामग्राम नगरपालिकाले हतार हतारमा विभिन्न १३ बुदे मापदण्ड बनाएर पाठएको तर त्यो मापदण्ड हावादरी भएको स्थानिय राधेश्याम सैथवारले बताए । नगरपालिकाले मापदण्ड पठाई सकेको जानकारी सार्वजनिक गरेको थियो,उनले भने,सोही अनुसार नापी कार्यालयमा बुझ्दा नगरपालिकाले पठाएको मापदण्ड अनुसार जग्गाको कित्ता काट हुन सक्दैन भनेर जवाफ दिएका थिए । नगरपालिकाले बनाएको मापदण्ड झारो टार्ने र हावादारी भ...
उबासंघ नवलपरासीद्धारा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र
रामग्राम नगरपालिका, समाचार

उबासंघ नवलपरासीद्धारा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र

नवलपरासी,१२ पुुसउद्योग बाणिज्य संघ नवलपरासीले उद्योगी ब्यवसायिहरुको समस्याबारे प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष केशव भण्डारी सहित संघका पुर्व अध्यक्ष,पुर्वकेन्द्रिय सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।विभिन्न ६ बुदे माग सहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष भण्डारीले बताए । बैंक तथा वित्तिय संघसस्थाका कारण उद्योग ब्यवसाय धारासायी बन्दै गरेको कुरा सहित उद्योग ब्यवसायीको समस्या तत्काल सम्बोधन गर्नका लागि संघले ज्ञापनपत्र मार्फत सरकारलाई जानकारी गराएको थियो । सरकारले ल्याएको चालु पुजिँगत सम्बन्धी कर्जाको ब्यवस्थाले अर्थतन्त्रको समग्र उद्योग तथा ब्यवसाय क्षेत्र,बैंकिँग क्षेत्र,आयात निर्यात सबै ब्यपारीक कारोबार संकुचन आएको जनाउदै उतm ब्यवस्थालाई तत्काल सच्याई वर्तमान अवस्थाको समस्या समाधान गर्न माग गरेको छ ।कर्जा नीति २०७९ अ...
परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई
रामग्राम नगरपालिका, समाचार

परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई

नवलपरासी,१० पुसमहिलाले लगाउने गर्भ निरोधक सुई डिप्रो प्रोभेरा(डिपो) को सट्टा सायना प्रेस(डिएमपिइ—एससी) नामक सुईको परिक्षण हुने भएको छ । नेपाल परिवार नियोजन संघ नवलपरासीले आयोजना गरेको सायना प्रेस नामक सईबारे पत्रकारंसंग अभिमुखीकरण कार्यक्रममा जानकारी गराएको हो ।डिपो सुई भन्दा सायना प्रेस प्रभावकारी हुने भएको हुदा यहिँ जनवरी महिना देखी सो गर्भ निरोधक सुईको रुपमा महिलालाई लगाईने संघकी नर्स अंजली श्रेष्ठले जानकारी गराईन् । नेपाल सरकारले नै सो सुई परिवार नियोजन संघ मार्फत लगाउने जानकारी गराएको उनको भनाई थियो । बजारमा तिन महिना अगाडी प्रयोगमा आएको बताउदै बेल्जियम र चिन लगायतका देशमा यसको परिक्षण भई सकेको छ,उनले भनिन्,नेपालमा पनि यसको प्रारम्भिक परिक्षण भई सकेको छ । लुम्बिनी प्रदेशमा अहिले नवलपरासी र रोल्पा जिल्लाबाट यो सुई लगाउने कार्य जनवरी देखी शुरु हुन्छ । डिपोको तुलनामा सायना प्रेस सुई बढि ...
यी वार्ड अध्यक्ष जस्ले वार्डका ५ सय जनालाई तिर्थयात्रा र ५० जोडीलाई श्रीमदभागवात सुनाए ………..
रामग्राम नगरपालिका, समाचार

यी वार्ड अध्यक्ष जस्ले वार्डका ५ सय जनालाई तिर्थयात्रा र ५० जोडीलाई श्रीमदभागवात सुनाए ………..

नवलपरासी,७ पुुसजिल्लाको रामग्राम नगरपालिकाका एक यस्ता वार्ड अध्यक्ष जस्ले आफ्नो मासिक सुबिधालाई वार्डबासीको तिर्थयात्रा गराउदै धार्मिक काममा लगाउदै आएका छन् । विभिन्न वार्डका वार्ड अध्यक्षहरु अ आफ्नो पदको दुरुपयोग गर्ने,अत्याधिक सेवासुविधानको दौडमा लाग्ने गरे पनि रामग्राम नगरपालिका वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुर विगत ६ बर्ष देखी निरन्तर मासिक पाउने सुविधालाई धार्मिक कार्यमा उपयोग गर्दै आएका हुन् ।उनी पहिलो कार्यकालको पाँच बर्षको र अहिले दोश्रो कार्यकालको पहिलो बर्षको पनि सुविधान यस्तै कार्यमा खर्चने गरेको सुनाए । नगरपालिकाबाट आउने वार्ड अध्यक्षको सबै सुविधाको रकम उनी वार्डका जेष्ठनागरिक तथा महिला विपन्नलाई तिर्थ यात्रा गराउने,श्रीमदभागवन कथा सुनाउनेमा खर्च गर्दै आएका छन् । कुनै कुनै गरिब विपन्न परिवारका छोरी चेलीको विवाहमा समेच सहयोग त्यसै रकमबाट गर्ने गरेको उनले बताए । हालसम्म...
खोरेत रोग उन्मुलनका लागि अभियान सञ्चालन गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय
रामग्राम नगरपालिका, समाचार

खोरेत रोग उन्मुलनका लागि अभियान सञ्चालन गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय

नवलपरासी,५पुसराष्ट्रिय रुपमा पशुमा लाग्ने ‘खोरेत रोग उन्मुलन कार्यक्रम’लाई निरन्तरता दिदै जिल्ला भित्रका गाईभैसीमा खोरेत भ्याक्सिन लगाउने अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले सो अभियान सञ्चालन गर्न तयारीमा जुटेको हो ।खुल्ला सिमानाका कारण यो जिल्ला खोरेत रोगबाट प्रभावित हुने जिल्ला भएको हुदा कार्यालयले नेपाली किसानका गाईभैसी सबैलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाईने छ । भ्याक्सिन बाहेक किसानमा जनचेतना जगाउन पनि आवश्यक रहेको विज्ञ कार्यालयका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । जिल्ला भित्रका सबै किसानको घरमा भएका गाईभैसी र बाच्छाबाच्छी पाडापाडीलाई भ्याक्सिन लगाउने उनको भनाई छ । सिमावती जिल्ला भएको कारण भारतबाट पनि अनियन्त्रित रुपमा पशुहरु भित्रिने गरेका छन्,प्रमुख चौधरीले भने,त्यसका लागि सिमावर्ति किसानलाई जनचेतना पनि जगाउन आवश्यक छ ...