रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा
नवलपरासी,१५ बैशाखजिल्लाको रामग्राम नगरपालिकाले बनाउन लागेको रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । रामग्राम स्तुपा तथा राजधानी रामग्राम सहित प्राचिन कोलिय गणराज्यसँग सम्बन्धित बौद्ध स्थलहरुको एकिकृत रुपमा विकास गर्ने उदेश्यले बनाउन लागिएको विकास समिति सम्बन्धि ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको र एक दुई साता भित्रै त्यसलाई विधेयकको स्वरुप दिईने जानकारी गराएको हो ।गत बर्ष नै रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर) लगायतका अन्य प्राचिन नगर तथा बौद्ध स्थलहरुको विकास गर्नका लागि रामग्रामा विकास कोष वा विकास समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले त्यसबारे क्रमशः चरणबद्ध रुपमा काम गर्दै गठनका लागि ऐन बनाउनु पर्ने र सो ऐनका मस्यौदाहरु बनाउने कार्य भई रहेको र अन्तिम चरणमा पुगेको रामग्राम नगरपाल...










