रामग्राम नगरपालिका

गाँउमा हाईब्रिड मकैको बिँउ बनाउदै रामग्राम १८ बडगोका किसान
कृषि, रामग्राम नगरपालिका, समाचार

गाँउमा हाईब्रिड मकैको बिँउ बनाउदै रामग्राम १८ बडगोका किसान

नवलपरासी,२ बैशाखजिल्लाका किसानहरु अहिले आफै मकैबालीको उन्नत विँउ बनाउनका लागि गाँउमै बर्णशंकर(हाईब्रिड) बनाउने कार्यमा जुटेका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीको प्राविधिक सहयोग तथा लुम्बिनी सिड कम्पनीको सहकार्यमा रामग्राम १८ बडगो स्थित केही किसान मकैबालीमा हाईब्रिड विँउ बनाउनमा लागेका हुन् ।सम्वतःजिल्लामा पहिलो पटक यस्तो हाईब्रिड मकै विउ बनाउनमा किसान आफै लागेको कृषि ज्ञान केन्द्र नवलपरासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराए । कृषि विज्ञहरु मात्रै लागेर उन्नत जातको बिउँ उत्पादनले माग अनुसारको विउँ पुर्याउन सकिने अवस्था छैन्,उनले भने,विज्ञसँग सहकार्य गर्दै जब किसान आफै हाइब्रिड विँउ बनाउन सिक्छन्,अनि मात्र आवश्यकता अनुसार प्रयाप्त मात्रामा हाईब्रिड विउँ गाउकै किसान आफ्नै खेतबारीमा उत्पादन गर्न सक्छन् । यसको पहिलो अभ्यास जिल्लाको बडगो गाँउमा शुरुवात गराइएको छ । किसानहरु उत्साही नै ...
थारु समुदाय सिक्कल सेल एनामिया प्रति सचेत रहन पुर्वमन्त्रि चौधरीको आग्रह
रामग्राम नगरपालिका, समाचार, समाज

थारु समुदाय सिक्कल सेल एनामिया प्रति सचेत रहन पुर्वमन्त्रि चौधरीको आग्रह

नवलपरासी २५ चैत्र, नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मन्त्री बैजनाथ चौधरीले थारु समुदायमा सिक्कल सेल एनामिया रोग प्रति सचेत रहन आग्रह गरेका छन् । रामग्राम १८ बडगो स्थित एमालेकै कार्यकर्ताको सिक्कलसेल एनामियाबाट एक जनाको मृत्यु भएको र उनको श्रद्धान्जली सभामा शोक मन्यब्य दिदै उनले सो आग्रह गरेका हुन् ।उनले लामो समय देखी मलेरिया पचाउदै आएका थारु समुदायका पुस्तामा ति रोग देखा पर्ने र त्यसको अहिले उपचार पनि नेपाल सरकारले निशुल्क गर्दै आएको हुदा थारु समुदायलाई ति उपचार निरन्तर गराई राख्न समेत आग्रह गरेका थिए । एमाले कार्यकर्ता तथा सोही वार्डका पुर्व कार्यवाहक वार्ड अध्यक्ष समेत रहेका शेर बहादुर थारुको ५६ बर्षको उमेरमा सिक्कलसेल एनामिया ग्रस्त थिए । त्यसको उपचार पनि गराउदै आएका थिए । तर गए साता उनको उपचारको क्रममा मृत्यु भएको थियो । सिक्कल सेल एनामिया थारु समुदाय मात्रै ...
नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव
रामग्राम नगरपालिका, समाचार, समाज

नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव

नवलपरासी,२० चैत्रजिल्लाको रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) समाजिक सस्था नेपाल स्काउट नगरस्तरिय समितिको संरक्षकत्व प्रदान गरेका छन् । सोमवार एक कार्यक्रममा सपथ लिदै मेयर धनपत यादवले सो सस्थाको संरक्षकत्व प्रदान गरेका हुन् ।नेपाल स्काउटले लुम्बिनी प्रदेश ३८१ औ पि.टि.सी.आधारभुत ५ दिने स्काउट तालिमको समापन समारोहका दिन नगरक्षेत्रमा नेपाल स्काउट सस्थालाई संरक्षण प्रवद्र्धन गर्ने गरि संरक्षकत्व लिएको बताएका थिए । उपप्रमुख(उपमेयर) सम्झाना चौधरीको अध्यक्षतामा भएको उतm समापन समारोहमा तालिमका सहभागि,प्रशिक्षक,सरस्वती मावि शान्तिचौरका विद्यार्थी तथा स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो । नेपाल स्काउट रामग्रामका अध्यक्षता उपमेयर चौधरीले गर्ने र शिक्षा शाखाका निमित्त प्रमुख सुन्दर खनालले सदस्य सचिव रहने जानकारी गराइएको थियो । नेपाल स्काटउमा बालबालिका र ब्यस्क समेत रहने अनुशासनको क्षेत्र लगायत...
परासी बजारमा सपिगँमलको योजना बनाउदै रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी बजारमा सपिगँमलको योजना बनाउदै रामग्राम नगरपालिका

नवलपरासी,११ चैत्रजिल्लाको रामग्राम नगरपालिकाले आफ्नै सपिगँ मल बनाउने कार्य अगाडी सारेको छ । नगर विकास कोषसँग साझेदारी गरि वार्ड नं.५ स्थित दैनिक हटबजार स्थलमा सो सपिगँमल बनाउने योजना ल्याएको हो ।झण्डै १२ करोड लागतको ६ तल्ले सपिगँमलको भवन बन्ने गरि योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । परासी बजारमा ठूलै लगानी गरि सपिगँमल बनाउने खासै ब्यवसायिक प्रतिष्ठान भएको र जिल्ला अदालत अगाडी रहेको नगरपालिकाको उतm जग्गाको सदुपयोग गर्ने गरि सपिगँमलको योजना बनाइएको हो,प्रमुख प्रशासकिय अधिकृत खड्काले भने,जग्गाको सदुपयोग पनि हुने,बजारको विचमा एक सपिगँमल पनि बन्नुका साथै त्यसले नगरपालिकाको राजश्वमा पनि योगदान पुर्याउने हुदा नगरसभाले यस्तो योजना अगाडी बढाएको थियो । आवश्यक रकमका लागि अन्य निकायसँग पनि पहल भई रहेको छ,उनले थपे,त्यसका लागि नगरपालिकाका नगर प्रमुख धनपत य...
बैदेशिक रोजगारबाट रामग्राममा बार्षिक ४१ करोड बढि बिप्रेषण
अर्थ, रामग्राम नगरपालिका, समाचार

बैदेशिक रोजगारबाट रामग्राममा बार्षिक ४१ करोड बढि बिप्रेषण

नवलपरासी,१२ चैत्रजिल्लाको रामग्राम नगरपालिका क्षेत्रबाट बैदेशिक रोजगारमा गई बार्षिक ४१ करोड भन्दा बढि विप्रेषण रेमिटान्स रकम भित्रियाएका छन् । रामग्राम नगरपालिकाका बैदेशिक रोजगार सम्बन्धि पाश्र्वचित्र(प्रोफाईल) २०७९ प्रकाशित गरि सो तथ्याँक सार्वजनिक गरेको हो ।नगरक्षेत्रबाट खाडी मुलुकमा गएका युवाहरुले बर्षेनी नगरक्षेत्रमा कुल ४१ करोड १७ लाख ९७ हजार रकम भित्रयाएर आर्थिक उपार्जनका कार्यहरु गर्दै आएको सो प्रोफाईलमा उल्लेख गरिको छ । बैदेशिक रोजगारको सबल पक्ष भनेको नै ज्ञान,सिप,अनुभव र विप्रेषण आर्जन हो । प्राप्त विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गरी स्वरोजगार तथा रोजगार गर्न सकेमा चक्रीय रुपमा वैदेशिक रोजगारमाा जानु पर्ने बाध्यताको अवस्थाको न्युनीकरणमा मद्द पुग्ने अवस्था पनि हुन सक्छ । बैदेशिक रोजगारमा कुल १ हजार ७ सय ७५ जना कामदार मध्ये १ हजार ४ सय ५ जना कामदारको परिवारले एक बर्षमा प्र...
परासी बसपार्क पिपिपि अवधारणामा सञ्चालन गरिने
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी बसपार्क पिपिपि अवधारणामा सञ्चालन गरिने

नवलपरासी, ५ चैत्रजिल्लाको सदरमुकाम परासी स्थित निर्माणधिन बसपार्क निर्माण अन्तिम चरणमा पुगेसँगै रामग्राम नगरपालिकाले त्यसलाई सार्वजनिक निजी साझेदारी (पिपिपि)को अवधारणामा सञ्चालन गर्ने योजना बनाउदै छ । बसपार्क निर्माण गरेको शहअरी तथा आवास कार्यालयले बसपार्क छिट्टै सञ्चालनमा आउने जनाए पछि नगरपालिकाले सो बसपार्क पिपिपी अवधारणामा सञ्चालनका लागि गृहकार्य भई रहेको जनाएको हो ।विगत चार बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको छ । रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको हुदा सञ्चालनका लागि नगरपालिकाले गृहकार्य शुरु गरेको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । यातायात ब्यवसायि वा उद्योग बाणिज्यसँघसँग सहकार्य गरि बसपर्का सञ्चालन गर्नु पर...
क्यानाडियन रेडक्रस सोसाईटीको सहयोगमा रामग्रामले बनायो आपतकालिन स्वास्थ्य पुर्वतयारी कार्ययोजना
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

क्यानाडियन रेडक्रस सोसाईटीको सहयोगमा रामग्रामले बनायो आपतकालिन स्वास्थ्य पुर्वतयारी कार्ययोजना

नवलपरासी, ३० फागुन,क्यानाडियन रेडक्रस सोसाईटीले रामग्राम नगरपालिकाका लागि पालिका स्तरिय आपतकालिन स्वास्थ्य पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरि हस्तानान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी मार्फत क्यानाडियन रेडक्रसले सो योजना निर्माण गराई मंगलवार रामग्राम नगरपालिकालाई हस्तानान्तरण गरिएको हो ।योजना निर्माण पुर्व रेडक्रसको टोलीले नगरपालिका क्षेत्र भित्र विपतको समस्या र स्वास्थ्य समस्याको अध्ययन गरेको थियो । नगरक्षेत्र भित्र विद्यमान स्वास्थ्य समस्या,चुनौती तथा अवसरहरुको विश्लेषण गरिएको थियो । नगरपालिकाको स्वास्थ्य सम्बन्धि क्षमताको आकलन गरेको थियो । आपतकालिन अवस्थामा स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणको उदेश्य,योजना तर्जुमाका नीतिगत तथा कानुनी आधार,योजना तर्जुमा एवँ कार्यान्वयनका आधारभुत मान्यताबारे पनि विश्लेषण गरि योजना निर्माण गरिएको जा...
रामग्रामको झरहीखोलाका गोहीको संरक्षण र ब्यवस्थापन आवश्यक
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्रामको झरहीखोलाका गोहीको संरक्षण र ब्यवस्थापन आवश्यक

नवलपरासी,१८ फागुनजिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिका भएर बग्ने झरही खोला र पिडुराको दोभान क्षेत्रमा गोहिको संख्या बढदै गएको भए पनि संरक्षण तर्फ सरोकारवाला निकायले ध्यान दिएका छैनन् । गोहीको संख्या बढदै गए पछि गोहीको संरक्षण मात्र नभई उचित ब्यवस्थापन गर्नु पर्ने आवश्यकता बढदै गएको भए पनि सरोकारवालाको ध्यान नजादा स्थानियबासीले चिन्ता समेत ब्यतm गरेका हुन् ।गोहीको संरक्षण र ब्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनु पर्ने आवश्यकता समेत महशुस गरेको स्थानियले बताएका छन् । बर्षाै देखी भाटफुट रुपमा एक÷दुई वटा देखा परे पनि अहिले सो उनीहरुको संख्यामा वृद्धि भएको स्थानियले महशुस गर्न थालेको तर संरक्षण र ब्यवस्थापनका सरोकारवाला निकायको ध्यान पुर्याउनु पर्ने हो । तर त्यसको रेखदेख कुन निकायले गर्ने हो,त्यसबारे स्थानियबासीलाई पनि जानकारी छैन् । गोहीले कहिले काँही स्थानियको बाँख्रा गाई बस्...
रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण

नवलपरासी,१३ फागुनजिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्रबाट बग्ने झरही खोला किनारलाई ब्यवस्थित गर्न झरही करिडोर बनाउने लिएको लक्ष्य अनुसार कामको थालनी गरेको छ । झरही खोलाको सरसफाई,पानी बग्ने धारलाई च्यानालाईज र किनारमा सडक सहितको तटबन्धन निर्माण गर्दै कोरिडोर बनाउने कार्य शुरु भएको छ । झरही खोलासँगै जोडिएका महत्वपुर्ण ऐतिहासिक तथा पुरातात्विक धार्मिक स्थलहरु रहेको र खोला किनारमै धेरै आवश्यक पुर्वाधारहरु बनेको हुदा झरही कोरिडोरले ति सबै क्षेत्रलाई जोड्ने कार्य गर्नेछ । खोलाको पानी नियन्त्रण र ब्यवस्थापन गरि उपयोग गर्ने र खोला भित्र जम्मा भएका फोहोर,बालुवा,माटो,ढिस्को जस्ता पानी अवरोधक बस्तु निकाल्ने र सफा गर्ने कार्य यसै कोरिडोरसँगै हुने नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । नदी सफा नहुदा चुरे पहाडबाट बगेर आउने पानी बस्ती तर्फ जाने खत्तरा पनि छ,उनले भने,जल प्रकोप नियन्त्रणमा पनि यह...
रामग्राम नगरपालिका ८ का वार्डअध्यक्ष ठाकुरद्धारा जन्मदिनको अवसरमा साँधुलाई भण्डारा
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम नगरपालिका ८ का वार्डअध्यक्ष ठाकुरद्धारा जन्मदिनको अवसरमा साँधुलाई भण्डारा

नवलपरासी,८ फागुनजिल्लाको रामग्राम नगरपालिका ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले आफ्नो जन्मदिनको अवसरमा भण्डारा आयोजना गरि स्थानिय साँधुहरुलाई भोजनदान गराएका छन् । परापुर्वकाल देखी चल्दै आएको भण्डारा संस्कृति हराउदै गएको हुदा सो भण्डारा संस्कृतिको पुर्नउत्थान गराउने उदेश्यले उनले साँधुहरुलाई भोजनदान गराई कम्पल समेत प्रदान गरेका हुन् । आफुले विगत बर्ष देखी नै कुनै विभिन्न अवसरमा साँधुहरुलाई दान गर्ने,आशर्सिवाद लिइने कार्य गर्दै आएको तर घरमा भण्डारा नै आयोजना गरि मनाइएको यो पहिलो पटक भएको बताएका थिए ।उतm भण्डारामा ३० जना साँधुहरुको सहभागिता रहेको थियो । भण्डारा संस्कृति हराउदै गएको छ,उनले भने,यसलाई फेरी पुर्नउत्थान गर्न आवश्यक छ । मानिस समाजिक प्राणी हो समाजिक रुपमा पनि कार्यहरु गर्नु पर्छ तर मानिस भित्रको अध्यात्मिक लाभका लागि यस्ता साँधु सन्तलाई पनि भण्डारा अयोजना गरि पुण्यलाभ पनि लि...