परासीमा पहिलो पटक पिस पार्कको सञ्चालन कार्य शुभारम्भ
नवलपरासी,१ साउनजिल्लाको सदरमुकाम परासीमा पहिलो सार्वजनिक पार्कको रुपमा पिस पार्क सञ्चालन कार्य शुभारम्भ भएको छ । रामग्राम नगरपालिका वार्ड नं.८ उनवछ गाँउ पुर्व बसपार्क नजिकै सो पार्कको शुभारम्भ सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले गरेका हुन् ।पार्कको शुभारम्भ गर्दै उनले अहिले आफ्नै वार्डमा बन्न लागेको यो पिस पार्क नगरपालिकाकै सम्पति भएको बताए । यसमा रामग्राम नगरपालिकाले समेत लगानी गुर्न पर्छ,उनले भने, वार्ड स्तरबाट हुने सहयोग निरन्तर भई नै रहन्छ । धेरै दिन देखी परासी बजार क्षेत्रमा पार्क नभएको आवश्यकता महशुस भई रहेको थियो । अहिले यो पिस पार्कले सो आवश्यकतालाई पुर्ति हुने हुदा उनले खुशी ब्यतm गरेका थिए । वार्डले शुरुवात गरेको छ,तर पार्क ब्यवस्थानमा करोडौ लगानी लाग्न सक्ने हुदा नगरपालिका,प्रदेश सरकार र संघिय सरकारले पनि स्वामित्व लिएर लगानी गर्न समेत उनले औल्याएका थिए । स्थानिय लोहसडा ...










