पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा
नवलपरासी २१ बैशाखपहिलो कोलिय अस्तुधातु यात्रालाई ब्यवस्थितका लागि विद्यार्थीलाई स्वम्सेवक बनाउन रामग्रामका विद्यालयमा परिचयात्मक शिक्षा चलाइएको छ । बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन र ब्यवस्थित गर्न विद्यालयका विद्यार्थीहरुलाई स्वम्सेवक परिचालनका लागि परिचयात्मक शिक्षा दिइएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल को जानकारी समेत गरिएको हो ।यात्रामा सहभागिहरुलाई गाईडको रुपमा पनि काम गर्न र यात्रा ब्यवस्थित गर्नमा विद्यार्थीको पनि सहभागिता होस भनेर जागरण तथा परिचयात्मक शिक्षा चलाइएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्रमा उत्तम बालहित माविका कक्षा ९ र १० का विद्यार्थी र प्राचिन को...










