संस्कृति संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न आवश्यक ः मन्त्री पाण्डे
नवलपरासी,९ जेठसंस्कृतिक संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले बताएका छन् । जिल्लाको रामग्राम नगरपालिका २ झरही किनार स्थित परासी हाटबाजर लाग्ने स्थलमा पहिलो रामग्राम साँस्कृतिक मेला २०८० को उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपाल पर्यटन उद्योगको सम्भावना बोकेको देश हो,त्यसमा पनि लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही र कपिलबस्तु जिल्ला भगवान बुद्धसँग सम्बन्धित भएको हुदा सांसरका बौद्धमार्गिहरुलाई आकर्षित गरि पर्यटन उद्योग फस्ताउन सक्ने प्रसस्त सम्भावना भएको क्षेत्र हो । यो रामग्राम नगरपालिकामा रामग्राम स्तुपमा भगवान बुद्धको अस्तुधातु अवस्थित छ,उनले भने,धातु भएको माटो नै संसारका लागि पवित्र माटो बन्न सक्छ,यहाँका बाटो संसार भरि एक ग्राम माटो एक डलरमा बेच्न सकिन्छ,तर त्यसका लागि नगरपालिका र स...










