प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकासमा जर्मन दुताबासको चाँसो
नवलपरासी, ६ पुसप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकास र प्रवद्र्धनमा जर्मनी दुताबासले चाँसो देखाएको छ । उतm क्षेत्रको भ्रमण गर्न पुगेका जर्मन राजदुताबासका बिकास सहयोग प्रमुख डा.स्टेफान रुसेक सहितको टोलीले सो स्थानको गरिमा महत्व तथा साँंस्कृति सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै विश्व सामु यसको पहिचान गराउनमा जर्मनी सरकारको तर्फबाट सहयोगका लागि पहल गर्न समेत आश्वस्त पारेका हुन ।विश्वमा शान्तिका अग्रदुत भगवान गौतमको जन्म दिईने उनकी आमा महामाया,सानी आमा प्रजावती र उनीकी पत्नि यशोधरा जन्मेको स्थान संसारकै लागि दुर्लभ स्थल हो । अहिले चक्रिय ढाँचामा सो प्राचिन शहर भएको समेत केही गत महिना भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले देखाएको विज्ञहरुले जानकारी गराएका थिए । रामग्राम मात्रै नभई नेपाल तथा विश्वकै लागि ठूलो उपलब्धी भएको छ । सर्वे गर्ने क्रममा ठूला ठूला पर्खालका भग्...










