रामग्राम स्तुपा क्षेत्रमा प्रहरी चौकी स्थापनाको माग गर्दै प्रजिअलाई नागरिक समाजको ज्ञापन
नवलपरासी,७ साउनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा प्रहरी चौकीको स्थापना गर्न माग गर्दै नागरिक समाज नवलपरासीले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई ज्ञापनपत्र बुझाएको छ । रामग्राम ७ मा अवस्थित उतm स्तुपा क्षेत्र एक ऐतिहासिक,पुरातात्विक,धार्मिक तथा अध्यात्मिक हिसाबले निकै महत्वपुर्ण विश्व सम्पदा सुचिकृत हुने प्रकृयामा रहेको सम्पदा समेत रहेको हुदा सो क्षेत्रको सुरक्षार्थ प्रहरी चौकीको स्थापना गर्न माग गरेको हो ।नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारको नेतृत्वमा विभिन्न संघसस्थाका प्रतिनिधिहरुले सो क्षेत्रको उचित संरक्षण नहुदा चरन क्षेत्रको रुपमा रहेको प्रति स्थानिय प्रशासनको ध्यानकर्षण समेत गराएका थिए । अहिले सो क्षेत्रमा लागु औषध दुब्र्यसन गर्ने र खुल्ला अवस्थामा रहेको स्तुपा जस्तो कुरा अहिले भुभौतिक सवेक्षण भई पहिचानमा आउन थालेकोले रातीको बेला चोरी समेत हुन ...










