भगवान गौतम बुद्धको अस्तु रहेको रामग्राम स्तुप भारतमा भएको दुष्प्रचार प्रति सरोकारवालाको ध्यानाकर्षण
नवलपरासी १३ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप भारतमा भएको भनेर गरिएको दुष्प्रचार प्रति सरोकारवालाले ध्यानाकधर्षण भएको जनाएका छन् । गत शुक्रवार नागरिक समाज नवलपरासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराउन बुझाएको पत्र,रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाले गरेको पत्रकार सम्मेलन र अन्य सञ्चार माध्याम मार्फत दवाव सिर्जना हुदै गए पछि जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति(जिसस) र लुम्बिनी विकास कोष,सिटिजन जुरी लगायतका सरोकारवालाको बैठकले ध्यानाकर्षण भएको जनाएका हुन् ।
आईतवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,जिसस प्रमुख भगौती यादव(रुदल),कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई,सिटिजन जुरीका जिल्ला अध्यक्ष रामजी ज्ञवाली नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार सहितको अनौपचारिक बैठक बसी अ...










