रामग्राम नगरपालिका

रामग्राम स्तुपमा थाईद्धारा थाई विधि अनुसार स्तुप पुजा
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा थाईद्धारा थाई विधि अनुसार स्तुप पुजा

नवलपरासी,६ मंसिरजिल्ला स्थित रामग्राम स्तुपामा थाईलैण्डका भिच्छुहरुले स्तुपको पुजा आफ्नौ थाई विधि अनुसार पुजापाठ गरेका छन् । थाईलैण्ड विहारमा रहेका भिच्छु र बुद्धका उपासकहरुले थाई विधि अनुसार स्तुपामा केराको पातबाट बुद्ध प्रतिमा तयार गरि पुजा पाठ गरेका हुन् । बर्षेनी उनीहरु यो मंसिर महिनामा सो विधि अनुसार पुजापाठ गर्दै आएको स्थानियले बताएका हुन् । पुजापाठ गरे पश्चात स्थानियलाई दान समेत गर्ने गरेका छन् । नागबंशीहरुद्धारा यो रामग्राम स्तुप संरक्षित भएको कुरालाई पनि उजागर गर्दै केराको पातबाट कलात्मक नाग प्रतिमा समेत बनाई स्तुप नजिकै राखेर पुजापाठ गरेका थिए । स्तुप पुजा र प्रार्थना पनि बौद्ध परम्परामा ठूलो महत्व राख्ने भएका कारण यसरी थाई भिच्छुहरुले पुजापाठ गरेका रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताएका थिए ।अहिले रामग्राम स्तुपामा बौद्ध धर्मालम्बी...
सिचाई आयोजनामा जम्मा भएको सिल्ट सफाई नहुदा आयोजना प्रभावित
कृषि, रामग्राम नगरपालिका, समाचार

सिचाई आयोजनामा जम्मा भएको सिल्ट सफाई नहुदा आयोजना प्रभावित

नवलपरासी, ६ मंसिरजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हकुई सिचाई आयोजना खोलामा सिल्ट जम्मा भएर जल भण्डार कम भएका कारण आयोजना प्रभावित बनेको छ । करोडौ रुपिया लगानी गरि निर्माण गरिएको सिचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुदा जल भण्डार कम भएको कुरा नगरपालिकालाई पटक पटक जानकारी गराउदै आएको भए पनि नगरपालिकाले चाँसो नलिदा आयोजना प्रभावित बनेको हो ।सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ । सरकारको करोडौ लगानीको सिचाई आयोजना डिभिजन कार्यालयको लापार्वाहीले किसानले सिचाई...
रामग्राम स्तुप क्षेत्रमा उत्खनन गर्दा भेटिन थाल्यो चिनियायात्रीको बर्णन अनुसारका पुरातात्विक बस्तु
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप क्षेत्रमा उत्खनन गर्दा भेटिन थाल्यो चिनियायात्रीको बर्णन अनुसारका पुरातात्विक बस्तु

नवलपरासी,४ मंसिरभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा भई रहेको उत्खननले चिनियायात्री ह्वेगँसाँग र फाइयानले बर्णन गरेर अनुसारको संरचना भेटिन थालेको छ । चिनियायात्रीले गरेको बर्णन र भुभौतिक सर्वेले देखाएका सँकेतको आधारमा उत्खनन गर्दा प्राचिन विहार तथा पोखरीका अवशेष भेट्न थालेको हो ।रामग्राम स्तुपबारे भारतीयद्धारा पनि विभिन्न दुष्प्रचार भई रहेको बेला अहिले रामग्राम स्तुपक्षेत्रको उत्खननले थप खण्डनन गर्न थालेको हो । यो उत्खननले फेला पारेको पुरातात्विक आधारले रामग्राम स्तुपको थप पुष्ट्याई भई रहेको यस क्षेत्रका जानकार तथा बौद्ध अध्येयता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताए । चिनियायात्रीले आफ्नो यात्रा वृतान्तमा गरेको बर्णको अनुसारका पुरातात्विक बस्तुले रामग्राम स्तुपबारे थप प्रष्ट गरेको छ,उनले विगतका उत्खननका बेला युनेस्कोका केही विज्ञहरुले भनेको भनाई स्मरण गर्दै भने,यु...
रामग्राम—कोलनगर(पण्डितपुर) पर्यटन मार्गमा पर्ने डिजाईन फेल तुरियाखोला पुलको निर्माण कार्य एक बर्ष देखी अलपत्र
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम—कोलनगर(पण्डितपुर) पर्यटन मार्गमा पर्ने डिजाईन फेल तुरियाखोला पुलको निर्माण कार्य एक बर्ष देखी अलपत्र

नवलपरासी, ३ मंसिरलुम्बिनी प्रदेश सरकारद्धारा निर्माणाधिन जिल्लाको पर्यटन मार्गको रुपमा बन्दै गरेको हुलाकी सडक पुलको डिजाईन फेल भएर काम रोकिदा पुल नै अलपत्र बनेको छ । पुल निर्माण गर्ने म्याद सकिएको एक बर्ष बढि भए पनि अहिलेसम्म सो पुल अपलत्र बनेको हो ।पुल निर्माण गर्ने कम्पनीका कर्मचारी,ठेकेदार तथा प्राविधिकहरु समेत सम्पर्क विहिन बनेको स्तानियले बताए । यसै पुललाई आधार बनाई विश्व बैंकले भगवान गौतम बुद्धको मावली स्थल प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर जोड्न ४२ करोड लगानी गरि पर्यटन मार्गको रुपमा काम शुरु गरेको छ । तर त्यसलाई जोड्ने पुलको निर्माण कार्य अहिले अलपत्र परेको स्थानिय रामग्राम १८ बडगोका भुवन चौधरीले बताए । ठूलो लगानीको सडक बन्दैछ, भनि सुनेका छौ,तर सो पर्यटन मार्ग जोड्ने पुल नै अहिले अलपत्र पर्यो, उनले भने, यसबारे नगरपालिका र जिल्ला समन्वय समितिलाई भन्दै आएका छौ । स्थानि...
रामग्राम स्तुप क्षेत्रमा उत्खनन गर्न आउने टोलीलाई लुम्बिनी प्रदेश साँसद जैसवालद्धारा स्वागत
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप क्षेत्रमा उत्खनन गर्न आउने टोलीलाई लुम्बिनी प्रदेश साँसद जैसवालद्धारा स्वागत

नवलपरासी,१६ कातिकभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा उत्खननका लागि आएको उत्खनन टोलीलाई लुम्बिनी प्रदेश सभा सदस्य(साँसद) बैजनाथ जैसवालले स्वागत गरेका छन् । उत्खनन स्थलमै पुगेर उनले पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर ज्ञवाली लगायतको टोलीलाई दोसल्ला लगाई स्वागत गरेका हुन् ।झण्डै दुई दशक रोकिएको उत्खनन कार्य अहिले पुनःशुभारम्भ भएकोमा खुशी ब्यतm गर्दै उनले ज्ञवाली सहित विदेशी समेतलाई स्वागत गरेका थिए । रामग्राम नगरपालिका उजैनी स्थित रामग्राम स्तुप संसारकै एक मात्र सिगोँ भाग रहेको स्तुप क्षेत्रको उत्खनन कार्यले रामग्राम क्षेत्रको विकास हुनेमा उनले विश्वास ब्यतm गरेका थिए । उत्खनन कार्यमा प्रदेश साँसदको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको आश्वस्त पार्दै यसलाई अबका दिनमा निरन्तरता दिनका लागि समेत आग्रह गरेका थिए । आफुले विगत बर्ष देखी नै लुम्बिनी प्रदेश सरकारक...
भगवान गौतम बुद्धको अस्तु रहेको रामग्राम स्तुप भारतमा भएको दुष्प्रचार प्रति सरोकारवालाको ध्यानाकर्षण
पर्यटन, रामग्राम नगरपालिका, समाचार

भगवान गौतम बुद्धको अस्तु रहेको रामग्राम स्तुप भारतमा भएको दुष्प्रचार प्रति सरोकारवालाको ध्यानाकर्षण

नवलपरासी १३ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप भारतमा भएको भनेर गरिएको दुष्प्रचार प्रति सरोकारवालाले ध्यानाकधर्षण भएको जनाएका छन् । गत शुक्रवार नागरिक समाज नवलपरासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराउन बुझाएको पत्र,रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाले गरेको पत्रकार सम्मेलन र अन्य सञ्चार माध्याम मार्फत दवाव सिर्जना हुदै गए पछि जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति(जिसस) र लुम्बिनी विकास कोष,सिटिजन जुरी लगायतका सरोकारवालाको बैठकले ध्यानाकर्षण भएको जनाएका हुन् । आईतवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,जिसस प्रमुख भगौती यादव(रुदल),कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई,सिटिजन जुरीका जिल्ला अध्यक्ष रामजी ज्ञवाली नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार सहितको अनौपचारिक बैठक बसी अ...
रामग्राम स्तुपा भारतमा भएको दुष्प्रचारको खण्डन गर्दै नागरिक समाजले बुझायो प्रधानमन्त्री तथा जिससलाई ध्यानाकर्षणपत्र
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपा भारतमा भएको दुष्प्रचारको खण्डन गर्दै नागरिक समाजले बुझायो प्रधानमन्त्री तथा जिससलाई ध्यानाकर्षणपत्र

नवलपरासी ११ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप भारतमा भएको भनेर गरिएको दुष्प्रचार प्रति नागरिक समाज नवलपरासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत शुक्रवार ध्यानाकर्षण पत्र मार्फत ध्यानाकर्षण गराएको हो । नवलपरासीको रामग्राम ७ उजैनी स्थित रामग्राम स्तुप ऐतिहासिक,पुरातात्विक,धार्मिक तथा अध्यात्मिक हिसाबले निकै महत्वपुर्ण सम्पदा र विश्वभरिका बुद्ध धर्मावालम्बीहरुको आस्थाको केन्द्र रहेको छ । सो स्तुप सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पत्ता लागेको सन १८९६ लगत्तै डा.डब्लु होयद्धारा दुई बर्ष पछि सन १८९८ मा पत्ता लागेको थियो । राज्यको सबै शतिm केन्द्र लुम्बिनीको विकास तर्फ लाग्दा विकास भई रहेको तर रामग्राम स्तुपको विकास र संरक्षणमा राज्यले ध्यान नदिदा अहिलेसम्म ओझेलमा परेको कुरा स्मरण गराउदै नागरिक समाजका अध्य...
बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुपा भारतमा भएको प्रचार प्रति ध्यानाकर्षण
पर्यटन, राजनीति, रामग्राम नगरपालिका, समाचार

बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुपा भारतमा भएको प्रचार प्रति ध्यानाकर्षण

नवलपरासी,२७ अश्विनभगवान गौतम बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र भारतिय भुमिमा रहेको भारतिय सञ्चार माध्यममा भई रहेको प्रचार प्रसार प्रति यहाँका संघसंस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । भारतिय केही सस्था र ब्यतिmहरुले विना कुनै प्रमाण आधारमा बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्र भारतमा भएको भन्दै प्रचार गर्ने,अभिब्यतिm दिने र भारतिय सञ्चार माध्यमले त्यसैलाई प्राथमिकतामा राखेर प्रकाशन गरेको कार्य प्रति ध्यानाकर्षण गराएका हुन् । रामग्राम स्तुप तथा संरक्षण विकास सस्थाका अध्यक्ष सम्भु प्रसाद उपाध्यायले भारतिय केही सञ्चार माध्यमले रामग्राम स्तुपा र देवदह भारतमा रहेको समाचार प्रकाशन गरेको प्रति ध्यानाकर्षण गराएका हुन् । बर्षाै देखी रामग्राम स्तुपा क्षेत्रलाई नेपाल सरकारबाट उपेक्षामा राखिनु र भारतिय सञ्चार माध्यमले रामग्राम स्तुपा भारतीय भुमिम...
पवन मावि परासीमा दुर्गन्ध हटाउनेबारे रामग्राम नगरपालिकाले चाँसो नलिएको गुनासो
रामग्राम नगरपालिका, शिक्षा, समाचार

पवन मावि परासीमा दुर्गन्ध हटाउनेबारे रामग्राम नगरपालिकाले चाँसो नलिएको गुनासो

नवलपरासी,२४ आश्विनजिल्लाको रामग्राम नगरपालिकाकै विग स्कुल भनेर चिनिएको जिल्ला सदरमुकाम परासीको पवन मावि परिसर अहिले ब्यतिmको सौचालयका पानीले दुर्गन्धित भए पनि नगरपालिकाले रोक्न चाँसो देखाएको छैन् । विद्यालयको जग्गा अतिक्रमण गरि बनाईएको सौचालयको पानी विद्यालय परिसरमै बगाउने गरेको र त्यसलाई रोक्नका लागि वार्ड कार्यालय मार्फत नगरपालिकालाई जानकारी गराइएको भए पनि नगरपालिकाबाट खासै चाँसो नदेखाइएको विद्यालय ब्यवस्थापनको गुनासो गरेको हो ।सौचालयको पानी विद्यालय परिसरमै आउने गरेको देखाउदै विद्यालय ब्यवस्थान समितिका सदस्य जयराम गुप्ताले यसबारे वार्ड कार्यालयलाई जानकारी गराइएको तर सुनुवाई नभएको बताए । स्थानिय दिनेश उपाध्यायले विद्यालयको जग्गा अतिक्रमण गरि त्यही सौचालय बनाएका छन्, उनले उतm सौचालय देखाउदै भने,यसको प्रदुषित पानी पनि विद्यालय परिसरमै बग्ने गरेको छ । यसले गर्दा विद्यालयको वातावरण नै प्रदुष...
नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न रामग्राम नगरपालिकाद्धारा पत्राचार
रामग्राम नगरपालिका, शिक्षा, समाचार

नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न रामग्राम नगरपालिकाद्धारा पत्राचार

नवलपरासी,१२ आश्विनजिल्लाको रामग्राम नगरपालिकाले नागरिकलाई सार्वजनिक सुचनाको हल प्रत्याभुती गराउनका लागि नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न लगाएको छ । बुधवार नगरक्षेत्रमा रहेका सामुदायिक तथा सस्थागत सबै विद्यालयलाई अभिभावक तथा आम नागरिकले सुचना माग गर्दा कुन ब्यतिसँग माग गर्ने गरि विद्यालयमा सुचना अधिकारी तोक्न पत्राचार गरेको हो ।नगरपालिकाको सुचनाका लागि नगरमा सुचना अधिकारी पहिला देखी नै रहेको नगरपालिकाले जनाएको छ । तर नगरक्षेत्र भित्रका अन्य निकायमा अहिले सुचना पाउन सहज होस भनेर विद्यालयहरुमा सुचना अधिकारी तोक्नका लागि विद्यालयलाई निर्देशन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले बताए । विद्यालयका सुचना माग गर्न नगरपालिकाको शिक्षा शाखामा आउन परेको समस्या हटाउनका लागि सम्बन्धित विद्यालयमै सुचना अधिकारीको ब्यवस्था मिलाउन लागिएको हो । नगरपालिका र वार्ड कार्यालयको ...