प्रतापपुर गाँउपालिका

प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट

नवलपरासी,१९ पुसजिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ सोमनी स्थित महेन्द्र माध्यमिक बिद्यालयमा नयाँ विद्यालय ब्यवस्थापन समितिको छनौट भएको छ । स्थानिय अनोज यादवको नेतृत्वमा विद्यालय ब्यवस्थापन समिति छनौट भएको विद्यालयले जानकारी गराएको हो ।मंगलवार बिद्यालयमा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुको बैठकले सर्वसम्मतले यादवलाई अध्यक्ष छनौट गरेको थियो । विद्यालयले स्थानिय समाजसेवी युवा यादवलाई अध्यक्षमा छनौट गरेको हुदा विद्यालयमा परिवर्तन हुने विश्वास लिएको बिद्यालयका प्राधानाध्यापक अजय शर्माले बताए । यसै गरि सदस्यहरुमा रेखा कोहार ,बुधिया देवी चौधरी ,लालचन पासि ,कलावति देबी हरिजन र गौतम कहार रहेका छन् । अध्यक्ष पदमा चयन हुनभएको यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । शैक्षिक बिकास आजको आवश्यकता रहेको ले नमुना बनाउनु पर्ने योजना रहेको उनले बताएका थिए । विद्यालयको विकास,स्...
फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक
प्रतापपुर गाँउपालिका, समाचार

फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक

नवलपरासी,१२ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले फिल्डमा जाने कर्मचारीहरुको लगबुक कार्यालयको प्रवेशद्धारमा राखेको छ । कुन कर्मचारी कहाँ गएका छन ? त्यसको जानकारी त्यही लगबुकबाट अन्य कर्मचारी,सेवाग्राही र पदाधिकारीले पढन र जान्न सकुन भनेर ति लगबुक सार्वजनिक रुपमा सबैले देख्ने गरि स्थानमा राखिएको हो ।विभिन्न सेवाग्राही आउने र सम्बन्धित कर्मचारी नभेटाउदा आक्रोसित हुने हुदा सेवाग्राहीको सहजताका लागि सो लगबुक राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कतिपय कर्मचारी आफु खुशी हिडिदिने र उनीसँग सम्बन्धित सेवा लिन आउने सेवाग्राहीले जानकारी नपाउदा समस्या देखिन थाले पछि लगबुकको शुरुवात गराएको उनको भनाई छ । शुसासनको यो पनि एक पाटो हो,उनले भने,फिल्डमा गएका कर्मचारीले लगबुक भरेर बाहिर जादा उनको त्यही अनुसार फिल्ड अनुगमन पनि गर्न सकिन्छ । भ्रमण आदेश भर्ने तर लगबुक नभरी कर्मचारी जा...
बेलाटारी—कठहवा सडकमा ग्राभेलमा मात्रै सत्तरी लाखको भ्रष्टाचार
प्रतापपुर गाँउपालिका, समाचार

बेलाटारी—कठहवा सडकमा ग्राभेलमा मात्रै सत्तरी लाखको भ्रष्टाचार

नवलपरासी, ९ पुसजिल्लाको कठहवा—बेलाटारी सडक निर्माण कार्यमा अनियमितता देखिएको छ । ठेकेदारले बेलामा काम नगर्नु एउटा कुरा आर्को तिर सडक निर्माणमा तोकिएको मापदण्ड अनुसार काम नगरि अनियमितता गरेको कुरा खुल्न थालेको हो ।लामो समय देखी सम्पर्कमा नरहेको ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागे पनि अनियमितता कायम नै रहेको स्थानियबासीले बताएका छन् । एक बर्ष देखि सम्पर्क विहिन रहेको ठेकदार अहिले सम्पर्कमा आपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः शुरु हुने स्थानियमा आशा पलायो तर सडकमा मापदण्ड भन्दा कम समाग्रिको प्रयोग गरि भ्रष्टाचार गरिएको आरोप स्थानिय युवराज मौर्यले बताए । २०७७ सालमा शुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउदै सम्पर्क विहिन भए पछि निर्माण कार्य ठप्प बनेको थियो,उनले भने, सडक निर्माण कार्य ठप्प भए देखि त्यहाँका स्थानियहरुले घाममा धुलोको...
महेशपुर—त्रिवेणी सडकलाई ‘नेपाल—भारत मैत्री मार्ग’ रुपमा निर्माण गरिनेछ ः प्रदेश साँसद कलवार
प्रतापपुर गाँउपालिका, समाचार

महेशपुर—त्रिवेणी सडकलाई ‘नेपाल—भारत मैत्री मार्ग’ रुपमा निर्माण गरिनेछ ः प्रदेश साँसद कलवार

नवलपरासी,३ मंसिरजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर त्रिवेणी सडकलाई नेपाल भारत मैत्री मार्गको रुपमा स्थापित गरि निर्माण गरिने सो क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । सो सडकमा नेपालीसँगै भारतिय नागरिकहरुको आवागमन हुने हुदा नेपाल भारत मैत्री मार्गको रुपमा स्थापित गरि काम हुनु पर्ने नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य देवकरण जैसवाल(सन्तु)ले बताएका हुन् ।उनका अनुसार भारतिय सिमासँग जोडिएको उतm सडक लुम्बिनी प्रदेशमा पर्ने महेशपुर भन्सार नाका देखी गण्डकी प्रदेशको त्रिवेणी नाका जोड्ने सडक हो । नेपालको लुम्बिनी र गण्डकी प्रदेशलाई सडकले जोडेको छ,उनले भने,नेपालको मात्रै होईन,भारतको उत्तर प्रदेश र विहार प्रदेशलाई पनि जोड्ने सडक पनि हो । यस सडकमा नेपाली भन्दा भारतियले आवागमन गर्ने गरेका छन्, उनले थपे, यो सडक प्राचिन काल देखी नै चल्ने गरेको भए पनि नेपाल सरकार र भारत सरकारको ध्यान गएको छैन् । एक दशक प...
विमा कम्पनीका कारण केरा उत्पादक किसान मर्कामा
प्रतापपुर गाँउपालिका, समाचार

विमा कम्पनीका कारण केरा उत्पादक किसान मर्कामा

नवलपरासी,२ पुसकेरा खेती किसानलाई विमा कम्पनीले वेवास्ता गर्दा किसान मर्कामा परेका छन् । विमा कम्पनीले विमा प्राधिकरणको निर्देशनलाई अटेरी गर्दा विमा किसानले बिमा गर्न नपाउदा किसानलाई मर्का परेको हो ।विमा प्राधिकरण केरा किसानलाई राहत पुग्ने गरि बाली बिमा गर्न निर्देशन दिएको तर बिमा कम्पनीले सो निर्देशनलाई उपेक्षा गरेको आरोप समेत जिल्ला स्थित केरा उत्पादक कृषक संघले जनाकारी गराएको छ । केराको विषयमा बिमा प्राधिकरणको बिमा कम्पनीलाई निर्देशन प्रति केरा उत्पादक संघले विज्ञप्ती जारी गरी आपत्ती समेत जनाएको छ । नेपाल बिमा प्राधिकरणको निर्देशनमा निर्धारित केराको बोट र क्षेत्रफल प्रति नवलपरासी केरा उत्पादक संघले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । जिल्लाका केरा किसानहरु विगतका बर्षदेखि प्रति हेक्टर २५ सय देखि ३ हजारसम्म केराको बोट लगाई बढि केरा उत्पादनबाट लाभ लिईरहेका बेला बिमा प्राधिकरणको प्...
नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप
प्रतापपुर गाँउपालिका, समाचार

नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप

नवलपरासी,२ पुुसजिल्ला भित्र अहिले ठाँउ ठाँउमा निर्माण कार्यमा अनियमितता भई रहेको भए पनि नियमन गर्ने निकाय मौन रहेको आरोप स्थानियबासीले लगाएका छन् । जिल्ला अनुगमन सिमिति होस वा जिल्ला भित्रका भए गरेका गतिविधिका लागि जनप्रतिनिधि मुलक निकाय जिल्ला समन्वय समिति(जिसस)ले समेत ति अनियमितता प्रति ध्यान नदिनु प्रति स्थानियले आश्चर्य ब्यतm गरेका हुन् ।जिल्लाको प्रमुख मार्ग हुलाकी राजमार्ग निर्माणमा कमसल इटको प्रयोग होस वा महेशपुर मुल भन्सार जोड्ने सडकको ढल दुबैमा कमसल समाग्रि प्रयोग भई रहेका छन् । कमसल समाग्रि प्रयोग गर्दा महेशपुर भन्सार जोड्ने सडकको ढल भत्किएको छ । त्यसै गरि हुलाकी सडकका पुल कलभर्ट निर्माणमा सिम इटका प्रयोग भई रहेका प्रमाण सहित विभिन्न आम सञ्चार माध्यम र समाजिक सञ्जालमा आउदा समेत नियमन गर्ने निकाय कानमा तेल हालेर बसेको आरोप स्थानियबासीको रहेको छ । अनुगमन निकाय पनि भत्ता मुखी हुदा य...
भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु
प्रतापपुर गाँउपालिका, समाचार

भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु

नवलपरासी,१ पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा सिचाईका लागि जलप्रवाह शुरु गरिएको सिचाई ब्यवस्थापन कार्यालय सेमरी नवलपरासीले जनाएको छ । स्थानिय किसानको माग अनुसार नै गण्डक नहरमा पानी प्रवाह गरिएको जानकारी गराएको हो ।विगत बर्षमा भारतिय नहरमा पानी प्रवाह भए पछि मात्र नेपाल गण्डक नहर सिचाई प्रणालीमा पानी प्रवाह गरिने परम्परा थियो । तर गत बर्ष देखी तोडिएको पछि त्यसैको निरन्तरता अनुसार यो बर्ष पनि भारतिय नहर भन्दा अगावै नहरमा पानी प्रवाह भएको सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । पहिला भारतिय नहरमा पानी प्रवाह गरिए पनि मात्रै नेपाली नहरमा पानी प्रवाह हुने परम्परा थियो,उनले भने,तर गत बर्ष भारतिय पक्षसँग भारतीय किसान भन्दा नेपाली किसानलाई पहिला नै पानी आवश्यक पर्छ ।सम्झौतामै उल्लेख नभएको कुरा परम्परा बनाएर नेपाली किसानलाई मर्कामा नपार्न भनि संवाद गरियो । त्यो तर्कबाट भारतिय ...
प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम

नवलपरासी,२३ मंसिरजिल्लाको प्रतापपुर गाउपालिकाले जेष्टनागरिकलाई राहत पुग्ने गरि जेष्ठनागरिक दिर्घायु योजना कार्यक्रम सञ्चालन गरेको छ । गाउपालिकाको आयुर्वेद शाखाको नेतृत्वमा सो योजना सञ्चालन गरिएको हो ।जेष्टनागरिकको स्वास्थ्य अवस्थाको ख्याल गर्दै आयुर्वेदिक उपचार तथा पोषणयुतm औषधी वितरण गर्नुका साथै जेष्ठनागरिकलाई परामर्श सेवा समेत दिईने गरि दिर्घायु आयोजना सञ्चालन गरिएको गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । आयुर्वेद शाखाले बनाएको योजना अनुसार गाउपालिकाले बजेट बिनियोजन गरेको थियो, उनले भने, अहिले आयुर्वेद शाखाले सो कार्यक्रम वार्ड वार्डमा पुगेर जेष्टनागरिकलाई औषधी उपचार तथा परामर्श सेवा दिइने कार्य अगाडी बढाएको छ । सिमित साधनस्रोतले लक्षित बर्गमा अधिक्तन सेवा दिने लक्ष्य अनुसार कार्यक्रम सञ्चालन भईरहेको उनको भनाई थियो ।दिर्घायु योजना अन्तरगत आयुर्वेद शाखाले अमृतचिया,च्वनप्रास,अश्वगन्...
शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह
प्रतापपुर गाँउपालिका, समाचार

शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्र शैक्षिक बेरोजगार भएर बसेका युवाहरुलाई रोजगारी उपलब्ध गराउनका लागि सुचिकृत हुन आग्रह गरेको छ । अन्य वेरोजगार युवायुवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले समेटे पनि शैक्षिक युवालाई छुट्टै शैक्षिक बेरोजगार युवालाई पनि रोजगारी उपलब्ध गराउनका लागि गाउपालिकाले गाउमा काम नपाएर बसेका शैक्षिक युवालाई सुचिकृत हुन आग्रह गरेको हो । अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम मार्फत ति शैक्षिक बेरोजगार युवालाई विद्यालयहरुमा शैक्षिक जनशतिm परिपुर्ति गरि शैक्षिक गुणस्तर सुधार गर्ने र बेरोजगार युवालाई रोजगारीको पनि अवसर सृजना गर्ने गरि गाउपालिकाले बार्षिक कार्यक्रम बनाएको थियो । त्यही कार्यक्रम अनुसार शैक्षिक बेरोजगारको सुचि तयार गर्न लागिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कातिक १७ गते भित्र कक्षा १२ पास गरेका वा...
प्रतापपुर गाउपालिकाले पाँच लाख बजेट विनियोजन गरि पत्रकार कल्याणकोष स्थापना गर्दै
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले पाँच लाख बजेट विनियोजन गरि पत्रकार कल्याणकोष स्थापना गर्दै

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले पत्रकारहरुको लागि कल्याणकोष स्थापनाका लागि बजेटद विनियोजना गरेको छ । जनताको सुचना,सञ्चारको अधिकार प्रयात्याभुत गराउनमा निरन्तर खटिरहने पत्रकार राज्यबाटै खासै कुनै सेवा सुविधान नपापाउने गरेको अवस्थालाई महशुस गर्दै गाउपालिकाले आफ्नो बजेट कार्यक्रममै राखेर सो बजेट विनियोजन गरेको हो ।कृयाशिल पत्रकारहरुलाई पर्न सक्ने समस्याको बेला गाउपालिकाले सहयोग गर्न सकोस भनेर पत्रकार कल्याणकोष स्थापाना गर्नका लागि बजेट विनियोजन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । गाउपालिकाले कल्याणकोषका लागि यो बर्ष रु.पाँच लाख बजेट विनियोजन गरिदिएको छ, उनले भने, कार्यविधि बनाएर कृयाशिल पत्रकारलाई सो रकम कल्याणमुखी कार्यका लागि उपलब्ध गराउन सक्ने छ । उनका अनुसार विरामी,घाईते लगायतको बेला पत्रकारलाई राहत मिलोस भनेर यस्तो सोच गाउपालिका अध्यक्ष उमेशचन्द्र...