प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा एक बर्षे कार्यकालको प्रगति सार्वजनिक
नवलपरासी,५ जेठजिल्लाको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले एक बर्षसम्म गरेको कार्यप्रगति पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । जिल्लामा पहिलो पटक आफ्नो कार्यप्रगति उनले सार्वजनिक गरेका हुन् ।पत्रकार सम्मेलनमा उनले आफुले लिएको मुख्य पाँच कामको शुभारम्भ गरि सकेको कार्यप्रगति प्रति सुन्तुष्टि समेत ब्यतm गरेका थिए । विगत बर्षमा हुन नसकेको गाउपालिकाको प्रशासनिक भवनको शिलान्याश गरि निर्माण कार्यलाई दु्रत गतिमा बढि रहेको लक्ष्य पुरा भएको छ,उनले भने,आर्को कृषकहरुलाई हित हुने विद्युतिय सिचाईका लागि डिपिआर भईरहेको र डिपिआर अनुसार हरेक बर्ष संघ र प्रदेश सरकारसँग पनि सहकार्य गरि सो कार्य अगाडी बढाईने छ । त्यसै गरि प्रतापपुर चक्रपथ बनाउने कार्यको पनि डिपिआर भई रहेको छ । डिपिआर पछि सो कार्य पनि चाडै नै शुभारम्भ गरिने उनको भनाई थियो । किसानको माटो परिक्षणका लागि गाउपालिकामै माटो परिक्षण ...









