प्रतापपुर गाउपालिकाले गण्डक नहरमा र्याफ्टिगँ चलाउन बिनियोजन गर्यो बजेट
नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भएर जाने भारतिय पश्चिमी नहर सिचाई प्रणालीको उपयोग गरि र्याफटिगँ सञ्चालनका लागि गाउपालिकाले बजेट बिनियोजना गरि सम्भाब्यता अध्ययन शुरु गराएको छ । बर्षाै देखी नहर प्रतापपुर गाउपालिका भएर बग्ने गरे पनि त्यसको उपयोग कहि कतै नदेखिए पछि गाउपालिका अध्यक्ष उमेशचन्द यादवले र्याफ्टिगँ शुरु गर्ने योजना ल्याएको र त्यसका लागि गाउपालिकाले बजेट बिनियोजना गरि सम्भाब्यताका लागि काम शुरु गराएका हुन् ।गाउपाालिकाले तत्काललाई १० लाख बजेट बिनियोजन गरेको अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटन विकास गर्ने उदेश्यले र्याफटिँग शुरु काम थालिएको छ । दुई चार महिनामा सम्भाब्यता अध्ययनको प्रतिवेदन आउछ,उनले भने, त्यस पश्चात र्याफटिगँ सञ्चालनमा ल्याईन्छ । फलामे गेट देखी सुर्यपुरा स्थित गण्डक जनविद्युत केन्द्रसम्म र्याफटिँग शुरु गरिने उनको भनाई थिय...





