कोलिय गणराज्यको प्राचिन उत्तरक नगरको विकासमा सुनवल नगरपालिकाको चाँसो
नवलपरासी,११ असारजिल्ला सुनवल नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत हालै ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि चाँसो लिएको छ । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पछि नगरपालिकाले विकासमा चाँसो लिएको हो ।सुनवल ७ स्थित तरगौली ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरु रहेको छ । प्राचिनपोखरी समेत उतm स्थानमा छ । अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । सो क्षेत्रमा पर्यटकहरु आउने क्रम समेत भएको हुदा थप पुर्वाधारका लागि १५ लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्राविधिक रेशम शर्माले बताए । ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको उतm स्थानमा विकासका लागि थप गुरुयोजना बनाई काम गर्ने नगरपालिकाले सोच बनाएको छ, उनले भने, तर पहिला पुरातात्विक खोज हुन आवश्यक छ । गत चैत्र महिनामै लुम्...










