रामग्राममा विद्यालय अनुगमन : नमुना विद्यालयकै ब्यवस्थापकिय अवस्था नाजुक
नवलपरासी,२४ साउनजिल्लाको रामग्राम नगरपालिकाको शैक्षिक गुणस्तर खस्किने कारणको खोजी नीति भईरहेकै बेला नगरको नमुना विद्यालयको ब्यवस्थाकिय अवस्था नाजुक देखिएको छ । सदरमुकाम परासीको बजारमै रहेको आदर्शन नमुना विद्यालयको सरसफाई,सौचालयको दुगनर््िधत अवस्थाले ब्यववस्थापकिय कार्य लाजमर्दो देखिएको हो ।नमुना विद्यालय भनेको बाहिरबाट नमुना हेर्न आउने विद्यालयको रुपमा हेर्ने गरिन्छ,तर हेर्न लायक समान्य बाहिरी ब्यवस्थापन नै देखिएन् । आँखाले हेर्न नमिल्ने अभौतिक कुरा त पर जाओस,भौतिक आँखाले हेर्न सक्ने कुनै लायक उपलब्धी देखिएन् । सोमवार नगरप्रमुख (मेयर)धनपत यादव,उपप्रमुख(उपमेयर) सम्झना चौधरी र नगरशिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी सहितको अनुगमन एक्कासी विद्यालयमा पुगे पछि अस्तब्यस्त रहेको विद्यालयको त्यस्तो अवस्था देखिएको हो । मेयर यादवले शैक्षिक गतिविधि भन्दा पहिला सौचालयमा पसेका थिए । त्यहा पानी जम्मा भएको...










