सुस्ताको स्वास्थ्यचौकी मै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा
नवलपरासी,९ भदौधेरै जसो अस्पतालमा मात्र भिडियो एक्सरे(अल्ट्रासाउण्ड) मात्रै सञ्चालन हुदै आए पनि जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको स्वास्थ्य चौकीबाट नै अल्ट्रासाउण्डको सेवा दिने भएको छ । विहिवार गाउपालिकाले कुडिया स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराए पनि स्थानियबासीले सो सेवा पाउने भएका हुन् ।
जिल्लाकै दुर्गम क्षेत्रको रुपमा रहेको सुूस्ता गाउपालिकाका विरामीहरु ति सेवा लिनका लागि १० देखी १५ किलोमिटर दुरीमा सेमरी,वर्दघाट र परासी पुग्नु पर्ने बाध्यता थियो । तर गाउकै स्वास्थ्यकर्मीलाई तालिम दिलाएर एक्सरे मेसिन सहित उपलब्ध गराए पछि सुस्ताबासी गाँउमै ति सेवा पाउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी गराए । खास गरि पश्चिम गर्भवती महिलाहरुलाई लक्षित गरि अल्ट्रासाउन्डद्वारा निशुल्क गर्भ परिक्षण सेवा सुरु गरिए...









