विद्यालयको बातावरण र शैक्षिक गुणस्तर सुधारमा काम गर्दैछ महिला नेतृत्व
नवलपरासी,१५ भदौदक्षिण भारतको फिल्म ‘मेडम गितारानी’ नामक मुभि धेरैले हेर्नु भएको होला,जस्मा गितारानी एक सैनिक लेफ्टीनेन्ट पद छाडेर गाँउको विद्यालय सुधार अभियानमा लागेकी हुन्छिन् । लामो संघर्ष पश्चात सरकारी विद्यालयको पठन पाठनमा सुधार ल्याएर देखाउछिन् । त्यो एउटा फिल्म मात्र भए को भए पनि फिल्मकी पात्र जस्तै पदचाप पच्छयाउदै नवलपरासीको सुनवल नगरपालिका ४ स्थित रमवापुर माविमा एक शिक्षिका अग्रसर भएकी छिन् । उनी हुन रमवापुर माविको प्राथमिक तहकी संयोजककी जिम्मेवारी पाएकी किम्मी श्री श्रेष्ठ ।
भारतिय सैनिक (एसएसबी बटालियन)मा दुई बर्ष काम गरेर श्रेष्ठ अहिले शिक्षिका पेशा अपनाएकी छिन् । विद्यालयले पनि उनलाई प्राथमिक तहको नेतृत्व गर्न जिम्मेवारी दिएको छ । उनी आफ्नो जिम्मेवारी बहन गर्दै विद्यालयका बालबालिकामा विभिन्न अभियान मुखी कार्य गर्दै अगाडी बढिरहेकी छिन् । शिशु कक्षा देखी ५ कक्षासम्म अध्ययन...










