पृथ्वीचन्द्र अस्पताल परासीका लागि २० करोडको लागतमा बन्ने मुख्य भवनको शिलान्यास
नवलपरासी,१३ साउनजिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल परासीको लागि २० करोड लागतको मुख्य अस्पताल भवनको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवतmा तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी एक समारोह विच सो भवनको शिलान्यास गरि भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।शताब्दी पुरानो राणाकालिन पृथ्वीचन्द्र अस्पताल विभिन्न कालखण्डमा स्तरोन्नती हुदै अहिले ५० सैयाको अस्पतालमा स्तरोन्नती भए पनि भौतिक पुर्वाधार अभावले पुर्ण रुपमा अस्पताल सञ्चालन गर्न समस्या रहेको थियो । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री हुदै मन्त्रि चौधरीले आफ्नै गृह जिल्लामा अस्पतालको भौतिक पुर्वाधार विकासका लागि अस्पतालमा यति ठूलो लगानी गरेको पहिलो योजना हो । भवनको शिलान्यास गर्दै मन्त्रि चौधरीले अस्पताल भित्र दुई बर्ष भित्रै भवन निर्माण भए पछि विशेषज्ञ सहितको सेवा दिनमा सक्षम हुने विश्वास ब्यतm गर...










