परासी हाटबजारमा दशै सस्तो बजार सञ्चालन गर्ने योजना
जिल्लाको रामग्राम नगरपालिका वार्ड नं.२ स्थित साप्ताहिक हाटबजारलाई दशै देखी छठसम्म दैनिक रुपमाम सञ्चालन गर्ने गरि योजना अगाडी सारिदै छ । हाटबाजर रहेको वार्ड नं.२ का वार्ड अध्यक्ष निरज रौनियारले दशै सस्तो बजार बनाउने गरी दैनिक बजार सञ्चालन गर्ने गरि विभिन्न पक्षसँग छलफल भई रहेको जानकारी गराएका हुन् ।नेपाली नागरिक सस्तो भनेर भारतिय ठूठीबारी बजार जाने र त्यहा झन महगोँमा मालसमान किन्नु पर्ने बाध्यता रहेको हुदा यो बर्ष देखी परासी बजारमै सस्तो दशै बजार सञ्चालन गर्ने योजना ल्याइएको उनले बताए । साताको बुधवार र शनिवार लाग्ने गरेको साप्ताहिक हाटबजार स्थलमा अहिले नयाँ सटरहरु बनेका छन्,उनले भने, ति सटरलाई पनि कम्तीमा छठसम्म ब्यवसायिहरुलाई निशुल्क उपलब्ध गराउने,साप्ताहिक हाटको दिन बाहेकका दिन लाग्ने बजारको बैठकी करलाई पनि सहुलियत दिएर सस्तो बजार बनाउने गरि आन्तरिक छलफल र ब्यवसायिहरुसँग परामर्श भई रहेको ...










