गण्डक नहर सिचाई प्रणालीको राष्ट्रिय योजना आयोगको टोलीले गर्यो स्थलगत अवलोकन
नवलपरासी,२ पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली र त्यससँग जोडिएका अन्य समस्याबारे बुझ्न राष्ट्रिय योजना आयोगको टोलीले स्थलगत अध्ययन गरेको छ । आयोगका सदस्य प्रोफेसर डा.शुरेन्द्र लभ कर्ण र रिसर्च एसोसिएट शसीशु नायक सहितको नेतृत्वमा आएको टोलीले गण्डक नहरको मुहान देखी शाखा प्रशाखामा रहेका संरचनागत समस्याका साथै डुबानको अवस्थाबारे पनि अध्ययन अवलोकन गरेको हो ।गण्डक नहरको इतिहासमै अहिले पहिलो पटक भारतिय नहरमा पानी नगए पनि नेपाली नहरमा पानी भारतिय पक्षले छाडेको कार्य सकारात्मक भए पनि अझै पानीको सतह निर्धारणमा समस्या कायमै रहेको बताइएको थियो । नहरको मुहानमा रहेका तिन वटा ढोका मध्ये दुई ढोकाबाट मात्रै पानी आउने गरेको छ । अझ एउटा ढोका बन्द अवस्थामा नै रहेको आयोगको टोलीलाई सिचाई प्रणाली कार्यालयका प्रमुख इन्जिनियर रंधिर कुमार शाहले देखाएका थिए । २०१६ सालमा गण्डक नदीले गर्ने डुबान कटान नियन्त्रणका ...










