परासी हाटबाजर क्षेत्रमा बालउद्यान सहितको दशै मेला तयारी तिब्र
नवलपरासी,१६ असोजजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.२ स्थित साप्ताहिक हाटबजारलाई दशै देखी छठसम्म दैनिक रुपमाम सञ्चालन गर्ने गरि योजना पुर्ण रुपमा सञ्चालनमा नआए पनि दशै लक्षित मेलालाई भब्य बनाउन सो वार्डका वार्ड अध्यक्ष अगाडी सरेका छन् । केही दिन पहिला हाटबाजर रहेको वार्ड नं.२ का वार्ड अध्यक्ष निरज रौनियारले दशै सस्तो बजार बनाउने गरी दैनिक बजार सञ्चालन गर्ने गरि विभिन्न पक्षसँग छलफल चलाउदा नगरपालिकाले खासै चाँसो नलिए पछि अहिले सस्तो दैनिक बजारको योजना स्थगित गरि दशै मेलालाई ब्यवस्थित र भब्य बनाउने अग्रसरता लिएका हुन् ।विगत साढे चार दशक देखी दशै मेला जिल्लाकै ठूलो मेलाको रुपमा चिनिदै आएको मेला हो,उनले भने, तर एक दिवसिय मेलाले खासै परासी बजारको प्रवद्र्धन हुन सकेको थिएन् । यो बर्ष देखी ढिलो भए पनि अहिले बाल उद्यान थपेका छौ । यसले बालबालिकालाई दशै भरि आकर्षित र मनोरन्जन गराउने विश्वास लिएका छ...










