भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न
नवलपरासी,जिल्लाको पाल्हीनन्दन २ स्थित झरहीखोला भक्सिपुरको होचो पुल अहिले चुनावी ऐजेण्डा बन्न थालेको छ । विगत तिन दशक देखी उतm होचो पुलको विकल्पमा नयाँ पुल किन बन्न सकेन ? भनेर स्थानियले सो पुललाई अहिलेको चुनावी मुख्य एजेण्डा बनाउन थालेका हुन् ।समाजिक सञ्जाल देखी घरदैलोमा भोट माग्न आउने राजनीतिक दलको नेता तथा उमेदवारसँग कहिले बन्छ ? पुल भनेर प्रश्न गर्न थालेका छन् । जिल्लाकै प्रमुख महेशपुर नाकासँग जोड्ने उतm पुल सम्भवतः पुर्व पश्चिम राजमार्ग बन्दाको समकालिन पुल हो । अहिलेसम्म पनि सोही पुलले भारतिय बजार ठूठीबारी जाने र राजमार्गसँग जोड्ने सुनवल—परासी—महेशपुर सडकको सबै भन्दा पुरानो र लामो पुल हो । जमिनको सतह देखी पनि करिब डेढ मिटर होचो पुल छ । बाढीको बेला आवागन बन्द प्राय हुने गरेको छ । जोखिम मोलेर स्थानियहरु बाढी र बर्षायाममा आवत जावत गर्ने गरेका छन् । पुलको निर्माण हरेक चुनावको बेला उठ्ने गर...










