सरावल गाउपालिकाको भुजहवामा इस्लामिक शिक्षाको स्नातक तह अध्ययन केन्द्र स्थापना
नवलपरासी,१४ माघजिल्लाको सरावल ७ भुजहवामा नेपाल खुल्ला विश्वविद्यालय स्लामिक अध्ययन केन्द्रको स्थापना भएको छ । शनिवार एक समारोहका विच सो अध्ययन केन्द्रको सुभारम्भ गरिएको हो ।
परेवा उठाएर सुभारम्भ गरिएको उतm इस्लामिक शिक्षामा स्नातक अध्ययन गरि परिक्षा दिईने सम्भवतःयो पहिलो अध्ययन केन्द्र बनेको बताइएको थियो । खुल्ला विश्व विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये स्लामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले विश्व विद्यालयले लिईने परिक्षा केन्द्र समेत भुजहवामै रहने जानकारी गराइएको थियो । ओल्मा काउन्सिल नेपाल नवलपरासको आयोजनामा र मदरसा अरबिया रजाउल ओलुमको सहआयोजनामा सम्पन्न भएको थियो । सो समारोहमा सो क्षेत्रमा योगदान पुर्याउने केन्द्रका ब्यवस्थापक अब्र्दुर उफ खान र सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी लगायतलाई समारोहका प्रमुख अथिती शुखाडी चौधरीले सम्मानपत्र प्रदान गरि सम्मान समेत ग...










