लुम्बिनी प्रदेश साँसद जैसवालको पहलमा रामग्राम ९ जोकवारमा डिप ट्युवेल गाडिदै
नवलपरासी,२ बैशाखजिल्लाको रामग्राम नगरपालिका ९ जोकवारमा लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले कृषकको सिचाईका लागि डिप ट्युवेल गाड्ने कार्यको शुभारम्भ गरेका छन् । लामो समय देखी अकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि सो डिप ट्युवेलबाट सिचाई ब्यवस्थापन गर्नका लागि प्रदेश साँदस जैसवालले लुम्बिनी प्रदेश सरकारसँग पहल गरि बोरिगँ गाड्न लगाएका हुन् ।डिप ट्युवेल गाडिन थालिए पछि स्थानिय किसान हर्सित भएको सोही वार्डका वार्ड अध्यक्ष भोज नारायण यादवले बताएका थिए । पहिला अकाशे पानीको भरमा किसान खेतीपाती गर्दै आएका थिए,उनले भने,प्रदेश साँसद जैसवालसँग विगत बर्ष देखी नै स्थानिय किसानले सिचाईको प्रबन्ध मिलाउन माग गर्दै आएकोमा अहिले प्रदेश साँसद जैसवालको पहलले डिप ट्युवेल गाडिने भएको छ । वार्डबासी तथा स्थानिय किसानको तर्फबाट साँसद चौधरीलाई धन्यबाद प्रकट गर्दै अगामी दिनमा पनि प्रदेश सा...










