समाचार

सुस्तामा मनाइयो ६६ औ सहकारी दिवस
अर्थ, समाचार, सुस्ता गाउँपालिका

सुस्तामा मनाइयो ६६ औ सहकारी दिवस

नवलपरासी,२० चैत्र६६ औ राष्ट्रिय सहकारी दिवस सुस्ता गाउपालिकाले सहकारी समिक्षा तथा अन्तरक्रियाको आयोजना गरि मनाएको छ । गाउपालिका भित्रका झण्डै २० वटा सहकारीकर्मीहरुको सहभागितामा मनाईएको हो ।ग्रामिण अर्थतन्त्रमा सहकारीको ठूलो महत्व रहेको बताउदै गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले अगामी दिनमा सहकारीको सबलीकरण,सहजीकरणमा गाउपालिकाले आवश्यक कार्यक्रम बनाई काम गर्ने बताएका थिए । सहकारीले महिलालाई आर्थिक उपार्जन गर्नमा मात्रै नभई शसतिmकरणमा समेत योगदान पुर्याउदै आएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताएका थिए । सहकारी सस्थाले अबका दिनमा बचत गर्ने ऋण प्रवाह मात्र नगरि उत्पादन मुलक क्षेत्रमा काम गर्न आवश्यक रहेको र त्यसका लागि गाउपालिकालाई के कस्तो कार्यक्रम बनाउनु पर्ने भनेर सुझाव पेश गर्न समेत गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराएका थिए । सहकारीले आर्थिक उपार्...
नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव
रामग्राम नगरपालिका, समाचार, समाज

नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव

नवलपरासी,२० चैत्रजिल्लाको रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) समाजिक सस्था नेपाल स्काउट नगरस्तरिय समितिको संरक्षकत्व प्रदान गरेका छन् । सोमवार एक कार्यक्रममा सपथ लिदै मेयर धनपत यादवले सो सस्थाको संरक्षकत्व प्रदान गरेका हुन् ।नेपाल स्काउटले लुम्बिनी प्रदेश ३८१ औ पि.टि.सी.आधारभुत ५ दिने स्काउट तालिमको समापन समारोहका दिन नगरक्षेत्रमा नेपाल स्काउट सस्थालाई संरक्षण प्रवद्र्धन गर्ने गरि संरक्षकत्व लिएको बताएका थिए । उपप्रमुख(उपमेयर) सम्झाना चौधरीको अध्यक्षतामा भएको उतm समापन समारोहमा तालिमका सहभागि,प्रशिक्षक,सरस्वती मावि शान्तिचौरका विद्यार्थी तथा स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो । नेपाल स्काउट रामग्रामका अध्यक्षता उपमेयर चौधरीले गर्ने र शिक्षा शाखाका निमित्त प्रमुख सुन्दर खनालले सदस्य सचिव रहने जानकारी गराइएको थियो । नेपाल स्काटउमा बालबालिका र ब्यस्क समेत रहने अनुशासनको क्षेत्र लगायत...
गण्डकको वि ग्याप बाँध अग्लो बनाउदा नदीको धार रोक्न सक्छ,डुबान रोकिदैन ः स्थानिय
समाचार, समाज, सुस्ता गाउँपालिका

गण्डकको वि ग्याप बाँध अग्लो बनाउदा नदीको धार रोक्न सक्छ,डुबान रोकिदैन ः स्थानिय

नवलपरासी,१८ चैत्रजिल्लाको गण्डक नदीको वि ग्याप बाँध अग्लो बनाइने भए पनि सुस्ताका चार ४ वटा वार्ड भित्र पर्ने दर्जनौ गाँउ डुबान समस्या समाधान नहुने स्थानियले बताएका छन् । वि ग्याप बाँध डेढ मिटर अग्लो बनाउने भारतिय पक्षले योजना अगाडी सारे पनि सुस्ताका गाँउका समस्या समाधान गर्ने बैज्ञानिक रुपमा काम नहुदा डुबानको अन्त्य नहुने स्थानियबासीले बताएका हुन् ।बाँध अग्लो बनाउने नाँउमा भारतिय पक्षले गण्डक क्षेत्रमा करोडौ रुपिया खर्चने,ठेकेदार पाल्ने कार्य मात्रै हुन्छ,स्थानिय लख्खु यादवले भने नारायणी नदी(गण्डक) भित्र बर्षाै देखी थुप्रिदै गएको गिट्टि,बालुवा,ढुगाँ र रोडा झिकेर नदीलाई च्यानलाईज नगरेसम्म डुबान समस्या समाधान होला भने लाग्दैन् । नदीमा सिल्ट जम्मा भई नदीको सतह नै गाँउको सतह भन्दा अग्लो भई सकेको छ । बाँधले धार रोक्न सक्छ,तर नदीको पानी बलौटे जमिनबाट चुहिएर(सिपेज) भएर खोला नाला,पोखरी जलायसको पान...
निर्माण समाग्रिको अभाव देखाउदै डेढ दर्जन बढि सडक आयोजना सम्पन्न गर्न ढिलाई
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

निर्माण समाग्रिको अभाव देखाउदै डेढ दर्जन बढि सडक आयोजना सम्पन्न गर्न ढिलाई

नवलपरासी,१७ चैत्रजिल्ला भित्र निर्माणाधिन अधिकाँस योजना निर्माण समाग्रि(ग्राभेल) सब बेस र बेस नपाउदा ढिलाई भइ रहेको बताएका छन् । निर्माण समाग्रिको अभाव देखाउदै डेढ दर्जन बढि सडक आयोजना अलपत्र परेका हुन् ।राष्ट्रिय गौरवका आयोजना सहित दर्जनौ सडक राजमार्गका निर्माण कार्य निर्माण समाग्रि अभाव देखाउदै ढिलाई गर्दा स्थानियबासी धुलो र हिलोले सास्ताी भोग्न परेको हो । खोला नालामा प्रयाप्त समाग्रि भए पनि निर्माण समाग्रि निकासीमा स्थानिय तहले चाँसो नलिइने,निकासीका लागि आवश्यक प्रकृया नपुर्याईदिने हुदा निर्माण कम्पनीले निर्माण समाग्रि पाउन कठिनाई भइ रहेको लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले बताए । स्थानिय तहले निकासी गर्न आवश्यक प्रकृया बेलामा पुरा नगर्नु,केही स्वार्थी समुहले ति समाग्रिमा ढिलाई भए आफ्नो चोरीको निर्माण समाग्रि बिक्र गर्न पाउने स्वार्थले पनि समस्या सिर्जना गरेको छ,उनले भने, ठेकेदारले प...
सतपति नजिकैको बनलाई मृगदावन बनाउने अवधारणा बनाउदै सुस्ता गाउपालिका
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

सतपति नजिकैको बनलाई मृगदावन बनाउने अवधारणा बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१६ चैत्रजिल्ला सुस्ता गाउपालिका २ स्थित रहेको बौद्धतिर्थ स्थल नजिकैको बन क्षेत्रमा मृग संरक्षण गर्ने गरि बौद्धकालिन मृगादवन बनाउने अवधारणा सुस्त गाउपालिकाले ल्याउने जनाएको छ । बौद्धकालमा मृगहरुलाई अभयदान दिइएके भारतको बाराणसीमा मृगाधवन बनेको र सोही झल्को दिइने गरि बौद्धस्थल सतपति क्षेत्रमा पनि रहेको बनक्षेत्र भित्र मृगको संरक्षण हुने गरि अवधारणाा बनाउने सोच बनाउन थालेको हो ।प्राचिन बौद्ध स्थलको संरक्षण र बौद्धकाािलन संस्कृतिलाई पुर्नत्थान हुने गरि सुस्ता गाउपालिकाले विभिनन काम गर्दै आएको र बौद्धकालिन तपस्थली क्षेत्रको रुपमा विकास गर्न खोजिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । सतपति क्षेत्रलाई गएको माघ पुर्णिमाको अवसर पारेर भगवान बुद्धले सतिपट्ठान सुुत्त पाठ र अभ्यास गराएको तिर्थ स्थलको रुपमा घोषणा गरिए पश्चात सो क्षेत्रमाा अन्य बौद्धकालिन संस्...
सुनवलको जनउदय सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापन हुदै
अर्थ, समाचार, सुनवल नगरपालिका

सुनवलको जनउदय सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापन हुदै

नवलपरासी,१५ चैत्रविगत बर्ष देखी रोकिएको बैज्ञानिक बन ब्यवस्थापन कार्य जिल्लाको सुनवल ३ किर्तिपुर स्थित जनउदय सामुदायिक बन उपभोतmा समुहले शुरु गरेको छ । डिभिजन बन कार्यालयले स्वीकृति प्रदान गरे पछि सो सामुदायिक बन समुहले बन ब्यवस्थापनका कार्य अगाडी बढाएको हो ।सामुदायिक बनले तयार गरेको बैज्ञानिक बन ब्यवस्थापन कार्ययोजना अनुसार डिभिजन बन कार्यालयले फागुन ३० गते स्वीकृति प्रदान गरेको थियो । अनुमति पश्चात कम्पार्टमेन्ट(सि) १,सपकम्पार्टमेन्ट(एस) १ प्लटमा ब्यवस्थापन कार्य अन्तरगत नै रुख कटान गर्ने कार्र्य भई रहेको बन समुहका अध्यक्ष बल बहादुर थापाले जानकारी गराए । उनका अनुसार पुर्वमा तिलकना खोला,पश्चिममा बनदेवी सा.ब.,उत्तरमा चुरे रहेको उतm क्षेत्रमा माँउ रुख बाहेकका अन्य रुख काट्ने कार्य भई रहेको छ । सो क्षेत्रबाट पुर्नउत्पादन कटान गर्ने रुख ९९ वटा रहेको र ढलापडा रुख ७९ वटा रहेको छ । ति रुख...
मिटर ब्याजी आन्दोलनले गाँउका सहकारी संस्था प्रभावित
अर्थ, समाचार, सरावल गाउँपालिका

मिटर ब्याजी आन्दोलनले गाँउका सहकारी संस्था प्रभावित

नवलपरासी,१४ चैत्रविभिन्न स्थानमा मिटर ब्याजी विरुद्ध भईरहेको आन्दोलनले सहकारी सस्थाहरुलाई पनि ऋण उठाउनमा समस्या ल्याएको छ । ६६ औ सहकारी दिवसको अवसरमा सरावलमा आयोजित सहकारी विचहरु विच अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।सहकारी सस्थाहरु लोकतान्त्रिक पद्यतीमा चल्ने संस्था भएको हुदा सहकारी सरकारको सहयात्री पनि भएको बताइएको थियो । सहकारी प्रति स्थानिय सरकार उदासिन भएको गुनासो समेत सहकारीकर्मीहरुले गरेका थिए । स्थानिय तहको नियमनमा सहकार िसस्थाहरु जादा सहकारीलाई नियमन र प्रोत्साहन गर्ने कार्य प्रभावकारी ढंगले स्थानिय तहबाट हुन नसक्दा सहकारीमा निस्कृयता बढेको छ, स्थानिय बडहरा दुबौलिय सहकारी सस्थाका ब्यवस्थापक रामचन्द्र राजभरले भने,गाउपालिका भित्रकै महिलाको शसतिmकरण गर्ने कार्य,रोजगारी,पुजिँ संकलनमा समेत काम गर्दै आएको छ । तर गाउपालिकाले सहकारी प्रति सकारात्मक भाव राखेको छैन् ।अहिले मिटर...
भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ कार्यालयमा एजोलाको प्रदर्शनी
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ कार्यालयमा एजोलाको प्रदर्शनी

नवलपरासी,१४ चैत्रपशु आहारको रुपमा प्रयोग गरिने एजोला बनस्पतीको विउँ सहितको प्रदर्शनी स्थल भेटेनरी अवस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले बनाएको छ । एजोलाको बिउँ किसानले लैजान सकुन र एजोलाबारे जानकारी पनि लिन सक्ने गरि विज्ञ कार्यालयले आफ्नो कार्यालय परिसरमै विँउ सहितको प्रदर्शनी स्थल बनाएको हो ।एजोला पानीमा हुने एक प्रकारको बनस्पती भएको बताउदै कार्यालय प्रमुख श्रवण कुमार चौधरीले किसानलाई यसको महत्व र घरमा खेती गर्न सक्ने यसको उपाय र प्रयोगबारे जानकारी गराउदै आएको समेत बताएका थिए । पशु आहारको यो सहज र सुलभ स्रोत हो,कार्यालय परिसरमा राखिएको उतm एजोला बनस्पती देखाउदै उनले,पशुलाई आवश्यक पोषक तत्वले यो परिपुर्ण बनस्ती हो । यसको प्रयोग किसानले जान्नु पर्छ । माछा,बंगुर,हाँस लगायतका अन्य पशुले पनि यसलाई खाने गर्छन् । पानीमा तैरिने खालको यो बनस्पतीलाई किसानले विस्तारै प्रयोग गर्दै आएको समेत उनले सु...
परासी बजारमा सपिगँमलको योजना बनाउदै रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी बजारमा सपिगँमलको योजना बनाउदै रामग्राम नगरपालिका

नवलपरासी,११ चैत्रजिल्लाको रामग्राम नगरपालिकाले आफ्नै सपिगँ मल बनाउने कार्य अगाडी सारेको छ । नगर विकास कोषसँग साझेदारी गरि वार्ड नं.५ स्थित दैनिक हटबजार स्थलमा सो सपिगँमल बनाउने योजना ल्याएको हो ।झण्डै १२ करोड लागतको ६ तल्ले सपिगँमलको भवन बन्ने गरि योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । परासी बजारमा ठूलै लगानी गरि सपिगँमल बनाउने खासै ब्यवसायिक प्रतिष्ठान भएको र जिल्ला अदालत अगाडी रहेको नगरपालिकाको उतm जग्गाको सदुपयोग गर्ने गरि सपिगँमलको योजना बनाइएको हो,प्रमुख प्रशासकिय अधिकृत खड्काले भने,जग्गाको सदुपयोग पनि हुने,बजारको विचमा एक सपिगँमल पनि बन्नुका साथै त्यसले नगरपालिकाको राजश्वमा पनि योगदान पुर्याउने हुदा नगरसभाले यस्तो योजना अगाडी बढाएको थियो । आवश्यक रकमका लागि अन्य निकायसँग पनि पहल भई रहेको छ,उनले थपे,त्यसका लागि नगरपालिकाका नगर प्रमुख धनपत य...
वर्दघाट नगरमा प्राज्ञिक गतिविधिमा अग्रसर प्रज्ञा प्रतिष्ठान
बर्दघाट नगरपालिका, समाचार, संस्कृति

वर्दघाट नगरमा प्राज्ञिक गतिविधिमा अग्रसर प्रज्ञा प्रतिष्ठान

नवलपरासी,१३ चैत्रजिल्लाको वर्दघाट नगरपालिकाले यसै बर्ष गठन गरेको वर्दघाट प्रज्ञा प्रतिष्ठानले पाएको जिम्मेवारी अनुसार आफ्नो कार्यक्षेत्रमा अग्रसरता बढाएको हो । मासिक रुपमा वर्दघाट नगरपालिकाले प्रकासित गर्ने गरेको मासिक प्रगति प्रतिवेदनमा समेत प्रज्ञा प्रतिष्ठानले गर्ने गरेको कार्यक्रम तथा निर्णय गरि कार्यान्वन गर्दै आएका योजनाहरु समावेश गराएको हो ।वर्दघाट नगरपालिकाले प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐन नै बनाएर गठन गरि कामको जिम्मेवारी प्रदान गरेको झण्डै पाँच महिनामै प्रज्ञा प्रतिष्ठानले गाँउ गाँउ र टोल टोलमा आफ्नो प्राज्ञिक कार्यलाई तिब्रता दिइएको प्रतिष्ठानले जनाएको छ । प्रज्ञा प्रतिष्ठानले विभिन्न विधागत रुपमा जिम्मेवारी र संयोजक समेत तोकेर काम गर्ने गरिएको प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमिीले जानकारी गराएका थिए । प्रज्ञा प्रतिष्ठान गठन भएको एक बर्ष पनि भएको छैन्,उनले भने,तर प...