समाचार

नागरिकता विहिनयुवाद्धारा परासीमा दवाव र्याली
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

नागरिकता विहिनयुवाद्धारा परासीमा दवाव र्याली

नवलपरासी,२२ जेठजिल्लाका नागरिकता विहिन युवाहरुले नागरिकता प्राप्तीका लागि सदरमुकाम परासीमा दवाव र्याली निकालेका छन् । विगत डेढ दशक भन्दा बढि समय देखी नागरिकता माथि राजनीतिक खेल हुदा नागरिकताबाट बन्चित युवायुवतीहरुको भविष्य अन्धकार भई रहेको जनाउदै उनीहरुले नागरिकताका मुद्दा बेलामै सम्बोधन गराउने उदेश्यले दवाव र्याली निकालेका हुन् ।नागरिकता विधेयक राष्टपतिद्धारा लालमोहर लागएर प्रमाणिकरण भई सकेको अवस्थामा केही नागरिकता विरोधी समुहले सम्मानित सर्वोच्च अदालतमा रिट हालेर नागरिकता प्राप्तीमा समस्या सृजना गरेको बताउदै उनीहरुले सम्मानित सर्वोच्च अदालतले सो रिट जटिसक्दो छिटो सुनुवाई गरि फुकुवा गरि नागरिकता विहिन युवायुवतीको पक्षमा न्याय गर्न पनि आग्रह गरेका थिए । बुद्धचोक देखी नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालय पुगेर विरोध प्रदर्शन पनि गरेका थिए ।...
वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०
कृषि, नवलपरासी (ब.सु.प.), समाचार, समाज

वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०

नवलपरासी,२२ जेठडिभिजन बन कार्यालय नवलपरासीले विश्व वातावरण दिवस मनाएको छ । जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा जिल्लाकै संसारकोट सामुदायिक बन उपभोतmा समुहको कार्यालय परिसर वर्दघाट नगरपालिका १० मा मनाईएको हो ।प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौ,वातावरणमैत्री विकल्पको उपयोग गरौ,नाराका साथ विश्व वातावरण दिवस २०८० जिल्लाका सरोकारावालाहरुको सहभागितामा मनाइएको जिसस प्रमुख यादवले बताए । उनका अनुसार ब्यवस्थापनका कार्य डिभिजन बन कार्यालय प्रमुख महेन्द्रराज बाग्ले लगायतले गरेका थिए । बन विनास,प्लाष्टिक जन्यको बढदो प्रयोगले वातावरणमा नकारात्मक असर पर्ने भएको हुदा बन विकास र र प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउनमा समेत सरोकारवालाले कुरा उठाएका थिए । वातावरणमा प्रतिकुल असर पार्ने खालका गतिविधि पनि मानवद्धारा नै भएको हुदा अहिले वातावरण बचाउन र जोगाउनमा पनि मानवद्धारा न...
ठेकेदारका कारण गण्डक नहरको पानी प्रवाहमा ढिलाई
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

ठेकेदारका कारण गण्डक नहरको पानी प्रवाहमा ढिलाई

नवलपरासी,२२ जेठठेकेदारको लार्वावाहीका कारण नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पानी प्रवाहमा ढिलाई हुने देखिएको छ । नहर मर्मत सम्भारका लागि नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई हुने देखिएको हो ।गण्डक नहरमा पानी प्रवाहमा किन ढिलाई भई रहेको बारे प्रतिकृया दिदै गण्डक ब्यारेजबाट पानी प्रवाह हुने भए पनि नेपाल गण्डक नहरमा केही संरचना मर्मत सम्भारका काम नटुगिँएका कारण पानी प्रवाहमा ढिलाई हुन गएको ब्यवस्थान कार्यालय सेमरीका प्रमुख रनधिर शाहले जानकारी गराए । नहरको मर्मत सम्भार गर्दै गर्दा ठेकेदारले काम अधुरो रहन गएको छ,उनले भने,विचमै पानी प्रवाह यदि गरियो भन्ने सो संरचनामा असर पर्न सक्छ । त्यो भएर यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । किसानलाई विँउ राख्नमा नहरको पानी प्रवाहमा ब्यवस्थापन कार्यालय असमर्थ देखिए...
पृथ्वीचन्द्र अस्पतालका मेसु डा.होदालाई जिल्ला अदालत नवलपरासीको कारण देखाउन आदेश
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालका मेसु डा.होदालाई जिल्ला अदालत नवलपरासीको कारण देखाउन आदेश

नवलपरासी,२१ जेठजिल्ला पृथ्वीचन्द्र अस्पताल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डा.नुरुल होदालाई जिल्ला अदालत नवलपरासीले कारण देखाउ आदेश जारी गरेको छ । नागरिक अधिकारको हनन गर्न खोजेको र ब्यपार ब्यवसायमा असर पर्ने गरि उनले गैरकानुनी कार्य गरेको भन्दै रामग्राम ५ स्थित सफल फर्मेसीकी सञ्चालक राधा कोईरीले दिएको निषेधाज्ञा रिट निवेदन उपर सुनुवाई गर्दै जिल्ला न्यायधिस खडानन्द तिवारीको इजलासले सो आदेश दिएको हो ।परेको रिट निवेदन एवं मिसिलमा संलग्न प्रमाणहरुको अध्ययन र अधिवतmा मनोज नागबंशीको बहस पश्चात तिवारीको इजलासले परेको निवेदनमा के कसो भएको हो ? निवेदनमा माग बमोजिम निषेधाज्ञा जारी किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै कारण र आधार भए खुलाई म्याद सुचना पाएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र जिल्ला अदालत नियमावली २०७५ को नियम ३१ र ३६ बमोजिम प्रत्यर्थि अस्पताल र निमि...
जिल्लाकै जेठो पाल्ही क्याम्पस परासीमा पुर्वविद्यार्थी संघ गठन
रामग्राम नगरपालिका, शिक्षा, समाचार

जिल्लाकै जेठो पाल्ही क्याम्पस परासीमा पुर्वविद्यार्थी संघ गठन

नवलपरासी,२० जेठजिल्लाकै जेठो क्याम्पस पाल्ही बहुमुखी क्याम्पसको विकासका लागि पुर्व विद्यार्थी सगठित हुन थालेका छन् । क्याम्पसको शैक्षिक,पुर्वाधार लगायतका क्षेत्रमा पुर्वविद्यार्थीको पनि योगदान बढाउने उदेश्यले शनिवार पुर्वविद्यार्थीहरु भेला भई पुर्वविद्यार्थी संघको गठन समेत गरेका हुन् ।क्याम्पसका संस्थापक विद्यार्थी नै रहेका रामचन्द्र भण्डारीको नेतृत्वमा पुर्व विद्यार्थी संघ गठन भएको क्याम्पसका क्याम्पस प्रमुख कैलाश ठाकुरले बताए । विश्वविद्यालयको नीति अनुसार नै पुर्व विद्यार्थी संघ गठन भएको बताउदै उनले क्याम्पसले जुन विद्यार्थीलाई अध्ययन गर्ने अवसर प्रदान गरि अध्यापन गराएर योग्य नागरिक बनायो,ति योग्य नागरिकहरु पुर्व विद्यार्थी पनि हुन् । सक्रिय भएर यहिँ क्याम्पसको विकासमा सहयोग पुर्याउनु र क्याम्पससँग सधै जोडिराख्नका लागि पनि यो पुर्व विद्यार्थी संघको ठूलो योगदान रहने विश्वास उनले ब्यतm गरे...
सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय

नवलपरासी,२० जेठविभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको छ । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको हुदा सो क्षेत्रको विकासमा क्रियाशिलता देखाएको हो ।तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गरि सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उप...
वर्दघाटमा छात्रवृति दिवसको घोषणा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटमा छात्रवृति दिवसको घोषणा

नवलपरासी,१९ जेठजिल्लाको वर्दघाट नगरपालिकाले प्रत्येक बर्ष विश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गते जुन महिनाको १२ तारेखलाई नगरपालिकाको छात्रवृति दिवसको रुपमा मनाउने घोषणा गरेको छ । नगरक्षेत्र भित्रका बालबालिकालाई छात्रवृति पनि वितरण गर्ने र दिवस पनि मनाउन सक्ने भएको हुदा सो घोषणा गरिएको हो ।छात्रवृति वितरण कार्यविधिले समेटने विद्यार्थीको छनौट गर्ने र छावृति वितरण गरिने गरि दिवसको घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत कृृष्ण प्रसाद सापकोटाले जानकारी गराए । शिक्षा,युवा तथा खेलकुद शाखासँग समन्वय गरि सम्बन्धित सबै विद्यालयले विवरण उपलब्ध गराउने छन् । सो कार्यकाका लागि जनप्रतिनिधि,कर्मचारी र शिक्षासँग सम्बन्धित विभिन्न समितिहरुले छात्रवृति वितरण गर्नेको अनुगमन समेत गर्ने छन् । जिल्लामा सम्भवतः पहिलो नगरपालिका हो,जस्ले एकै दिन दिवस पनि मनाउने र छात्रवृति वितरण गर्नेछ । यसले अन्य नगरपालिका र गाउपाल...
बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग

नवलपरासी,१९ जेठ,नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली जलउपभोक्ता सस्थाका मुल समिति लगायत विभिन्न उपसमितिहरुको निर्वाचन बेलामै गर्नु पर्ने सरोकारवालाले बताएका छन् । सिचाई प्रणालीमा जलउपभोक्ता हरुको कृयाशिलताले मात्र प्रणालीहरु सहज ढंगले सुचारु गर्न सक्ने भएको र अहिले गण्डक जलउपभोक्ता सस्था लामो समय देखी निर्वाचन गराउन नसकेको हुदा बेलामै निर्वाचन गराई सक्रिय बनाउनु पर्ने माग उठेको हो ।जलश्रोत मन्त्रालयको सिचाई विभाग तथा राष्टिय सिचाई जल उपभोक्ता महासंघको संयुक्त आयोजनामा वर्दघाटमा भएको कार्यशालामा उक्त कुरा उठेको थियो । म्याद थप गर्दै गण्डक सिचाई जल जलउपभोक्ता सस्थाले काम गर्दै आएको भए पनि अन्तिम पटक थपिएको म्याद पनि डेढ महिना मात्रै बाकी रहदा बेलामै निर्वाचन गरि समितिले बैधानिकता प्राप्त गरि काम गर्नु पर्ने कुरा औल्याएका थिए । जलउपभोक्ता सस्थाको सहयोग विना सिचाई प्रणालीहरु सहज ढंगले सुचारु ...
सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका
राजनीति, समाचार, सुस्ता गाउँपालिका

सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१८ जेठजिल्लाको सुस्ता गाउपालिको सिमित साधनस्रोतले सन्तुलित विकास निर्माण गरेर सुस्ताबासीबासीलाई सन्तुष्ट बनाइएको जनाएको छ । बुधवार सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्दै सो कुरा जानकारी गरेको बताएका हुन् ।आन्तरिक आय कम र अनुदान पनि थोरै पाउने गरेको भए पनि त्यही सिमित साधनस्रोतको परिचालन गरि लोकप्रिय काम गर्दै आएको उनको भनाई थियो । उनका अनुसार समाजिक सुरक्षाका लागि छोरी सुनौलो भविष्य योजना कार्यक्रम अन्तरगत सुस्तामा जन्मिने छोरी शिशुका लागि जनही २५ हजारका दरले बजेट विनियोजन गरेको र लिनका लागि १ सय ७० जनाले आवेदन समेत दिएका छन् । किसानको उत्पादन शुरक्षित भण्डारणका लागि ५ सय मे.ट.क्षमताको शितभण्डार निर्माण भई सकेकोछ । सुस्ताका युवा युवतीलाई रोजगार र स्वरोजगार बनाउनका लागि मागमा आधारित २० जनालाई...
रामग्राममा श्रद्धालु बढे पनि सरकारी वेवास्ताले ब्यवस्थापन भएन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राममा श्रद्धालु बढे पनि सरकारी वेवास्ताले ब्यवस्थापन भएन

नवलपरासी,१८ जेठजिल्लाको रामग्राम नगरपालिका ७ स्थित रामग्राम स्तुपा परिसरमा दिनानु दिन श्रद्धालुहरुको आकर्षण बढदै गए पनि उचित ब्यवस्थापन हुन सकेको छैन् । भगवान गौतम बुद्धको अस्तिको आठौ भाग रहेको अष्टधातु स्थलमा देशी विदेशी पुगेर श्रद्धा पुजा तथा ध्यान अभ्यास गर्ने क्रम बढे पछि सरोकारवालाले समान्य ब्यवस्थापन समेत गर्न नसकेको अवस्था देखिएको हो ।केही दिन पहिला विपश्यनाका अचार्य सुधा ग्रोवर समेतको टोली भारत मुम्बईबाट आएर एक छिन ध्यान गर्न खोजे तर ध्याना साधानका लागि कुनै खासै ब्यवस्थापन नदेखिए पछि उनीहरुको टोली स्तुपा अगाडी भुईमै बसेर ध्यान अभ्यास गरेर फर्के । ग्रोवर विपश्यनाचार्य सत्यनारायण गोयन्कासँगै दुई दशक पहिला पनि आएको र अहिले पनि आउदा रामग्राममा खासै परिवर्तन नदेखिएको बताएका थिए । यहाँका स्थानिय र यहाँका सरकारले यसको महत्व र गरिमा नबुझेर हो कि ? ब्यवस्थापकिय कार्य गर्ने इच्छा शतिm नभएर ...