समाचार

सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम

नवलपरासी,१९ बैशाख,जिल्लाको सुस्ता गाउपालिकाले शैक्षिक सुधारका अभियान अन्तरगत सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत नै गाउपालिका भित्रका सामुदायिक तथा मदरसाका शिक्षकहरुलाई ४० दिने आधारभुत तालिम सञ्चालन गरेको हो ।शैक्षिक क्षेत्रको गुणस्तर सुधारका कार्यक्रम गर्दै आएको सुस्ता गाउपालिकाले सुचना प्रविधिको उपयोग गर्नका लागि पनि आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान हुनु पर्ने आवश्यकता महशुस गरि सो तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । अहिलेको युग सुचना प्रविधिको युग हो,उनले भने,युग अनुसार नै आफुलाई अपडेट हुनु पर्ने मान्यता अनुसार सबै शिक्षकले पनि आफ्नो कम्प्युटर सम्बन्धि सिप तथा क्षमता विकास गर्न आवश्यक छ । शिक्षकहरुको माग पनि विगत देखी नै रहेको हुदा अहिले सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्...
‘धातु जात्रा’ निकालेर बुद्ध पुर्णिमा मनाईन रामग्राममा तयारी तिब्र
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

‘धातु जात्रा’ निकालेर बुद्ध पुर्णिमा मनाईन रामग्राममा तयारी तिब्र

नवलपरासी,१८ बैशाख,बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय ‘धातु जात्रा’ निकालेर मनाउन लागेको रामग्राम नगरपालिकाले विभिन्न उपसमिति बनाई तयारीलाई तिब्रता दिइएको छ । जिल्ला स्थित सरोकारवाला संघसस्था तथा शुरक्षा निकाय सहितको विस्तारित बैठक बसेर सो जात्रा मनाउनका लागि तयारी उपसमितिहरु गठन गरि काममा लगाएको हो ।रामग्राम स्तुपा यहिँ भएको र कोलिय गणराज्यका कोलिय राजाहरुले भगवान बुद्धको महापरिनिर्वाण कुशिनगरमा भएको अन्त्येष्टि पछि बचेको धातुबाट आफ्नो भागमा पाएको धातु ल्याएर रामग्राम स्तुपको स्थापना गरेका थिए । ति घटनालाई आम जनमानसमा सन्देश दिइने गरि धातु यात्राको शुभारम्भ गर्ने योजना अनुसार सो धातुजात्रा निकाल्न लागिएको छ ।कोलिय राजकुमारी यशोधराको जन्म पनि सोही दिन भएको बौद्ध इतिहास छ । त्यही भएर यशोधराको जन्मोत्सव पनि कोलिय गणराज्यको राजधानी रा...
बुद्ध पुर्णिमाको अवसरमा रामग्रामले निकाल्दै ‘धातु जात्रा’
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

बुद्ध पुर्णिमाको अवसरमा रामग्रामले निकाल्दै ‘धातु जात्रा’

नवलपरासी,१७ बैशाख,बर्षेनी बुद्धको पुर्णिमाको रुपमा मनाईने बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय ‘धातु जात्रा’ निकालेर मनाईने भएको छ । भगवान बुद्धको २५६७ औ बुद्धजयन्तीको अवसरमा पहिलो पटक रामग्राम नगरपालिकाले बुद्ध पुर्णिमा राजधानी र स्तुप जोड्ने गरि कोलिय धातुयात्रा मनाउने कार्यक्रमको प्रस्ताव अगाडी सारेको हो ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्राई सहितको उपस्थितमा रामग्राम नगरपालिकाले धातु जात्रा सहितको बुद्धजयन्ती मनाउने कार्यक्रम तय गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराए । बैशाख पुर्णिमालाई सिद्धार्थ गौतमको जन्म मात्रै घटना नभई सिद्धार्थ गौतमले बुद्धत्व प्राप्ती दिन र महापरिनिर्वाण लिइएको अर्थात जन्म,ज्ञान प्राप्ती र महापरिनिर्वाण(मृत्यु) तिन घटना बैशाख पुर्णिमाको दिनमा नै भएको थियो । लुम्बिनीमा स...
बुद्धको मावली स्थल कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा जिसस र नेपाली सेनाको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार

बुद्धको मावली स्थल कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा जिसस र नेपाली सेनाको चाँसो

नवलपरासी,१७ बैशाख,प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) रामग्राममा जिल्ला स्थित नेपाली सेना र जिल्ला समन्वय समितिले स्थलगत अध्ययन गरि संरक्षण,प्रचार प्रसार गर्नका लागि चाँसो देखाएको छ । शनिवावर विहान जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती प्रसाद यादव र नेपाली सेनाको रामग्राम ब्यारेकका कर्नेल ज्ञानकाजी श्रेष्ठ सहितको टोलीले स्थलगत अवलोकन गरेको हो ।प्राचिन सम्पदा स्थल रहेको भए पनि उचित ब्यवस्थापन र सम्पदाको महत्वबारे स्थानियमा जागरुकता कम भएको समेत महशुस गर्दै प्राचिन बौद्धकालिन सम्पदाहरु रहेको स्थानमा स्थानियबासीसँग नेपाली सेनाले परिचयात्मक,प्रचारात्मक कार्य गर्ने समेत योजना बनाई काम गर्ने जिसस प्रमुख यादवले बताए । नेपाल सेना लगायतका शुरक्षाकर्मी तथा सरकारी निकाय सहित स्थानियबासीसँग राजधानी रामग्राम सहितको जिल्ला स्थित बौद्ध स्थलहरुमा कार्यक्रम गर्नका लागि संयुतm रुपमा योजना ब...
रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा
रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा

नवलपरासी,१५ बैशाखजिल्लाको रामग्राम नगरपालिकाले बनाउन लागेको रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । रामग्राम स्तुपा तथा राजधानी रामग्राम सहित प्राचिन कोलिय गणराज्यसँग सम्बन्धित बौद्ध स्थलहरुको एकिकृत रुपमा विकास गर्ने उदेश्यले बनाउन लागिएको विकास समिति सम्बन्धि ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको र एक दुई साता भित्रै त्यसलाई विधेयकको स्वरुप दिईने जानकारी गराएको हो ।गत बर्ष नै रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर) लगायतका अन्य प्राचिन नगर तथा बौद्ध स्थलहरुको विकास गर्नका लागि रामग्रामा विकास कोष वा विकास समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले त्यसबारे क्रमशः चरणबद्ध रुपमा काम गर्दै गठनका लागि ऐन बनाउनु पर्ने र सो ऐनका मस्यौदाहरु बनाउने कार्य भई रहेको र अन्तिम चरणमा पुगेको रामग्राम नगरपाल...
परासीमा मनाइयो विश्व बौद्धिक सम्पति दिवस
नवलपरासी (ब.सु.प.), समाचार, समाज

परासीमा मनाइयो विश्व बौद्धिक सम्पति दिवस

नवलपरासी,१३ बैशाखबौद्धिक समाज नवलपरासी समाज परासी,नवलपरासको आयोजनामा विश्व बौद्धिक सम्पति दिवस एक समारोहको आयोजना गरि मनाइएको छ । विश्व भरि बौद्धिक सम्पति दिवस विभिन्न कार्यक्रम गरि मनाईदै गरिएको अवसस्थामा बौद्धिक समाज परासीले पनि कृषि ज्ञान केन्द्र नवलपरासीको सभाहलमा सो दिवस मनाएको हो ।प्रत्येक बर्ष २६ अप्रेलको दिन विश्व बौद्धिक सम्पति दिवसको रुपमा मनाईदै आएको कुरा स्मरण गराउदै बौद्धिक समाजका अध्यक्ष मनोज कुमार नागबंशीको सकृयतामा दिवस मनाइएको थियो । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीको प्रमुख आथित्यतामा मनाइएको उतm दिवसको अवसरमा भोजपुरी भाषाका उख्खान(कहावत) संग्रह गरि पुस्तकको रुपमा प्रकाशित गरेका रामग्राम १ सण्डाका अयोध्या चौधरी र बुद्ध तथा बौद्ध स्थलबारे कोलिय काया नामक पुस्तक प्रकाशन गरेका पत्रकार बेचु गौडलाई पुरस्कृत तथा सम्मानित समेत गरिएको थियो । बौद्धिक सम्पति र बौद्ध...
सुनवल बुद्ध हिलपार्कको अवधारणाले स्वरुप पाउदै ः नगरप्रमुख अर्याल
पर्यटन, समाचार, सुनवल नगरपालिका

सुनवल बुद्ध हिलपार्कको अवधारणाले स्वरुप पाउदै ः नगरप्रमुख अर्याल

नवलपरासी,१२ बैशाखजिल्लाको सुनवल गाउ विकास समिति हुदा नै अगाडी सारिएको सुनवल बुद्ध हिल पार्क अवधारणा पुरा गर्न डेढ करोड बजेट बराबरको शहरी विकास मन्त्रालय मार्फत ठेक्का भएको सुनवल नगरपालिकाले जनाएको छ । सुनवल खानेपानी ट्याँकीको माथिल्लो भागमा रहेको उतm हिलपार्कमा गाविस हुदा देखी नै ट्याक खोल्ने काम गर्दाै अहिले पार्कको स्वरुपमा ल्याउनका लागि निरन्तर काम भई रहेको र अहिले शहरी डिभिजन कार्यालयबाट पनि बजेट विनियोजन भई ठेक्का समेत भई सकेको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी हुन् ।तत्कालिन गाविस अध्यक्ष थान प्रसाद गैरे हुदा देखी नै गाविसले अवधारणा ल्याएको र थोरै भए पनि आफ्नो स्रोतबाट बजेट विनियोजन गर्दै आएको थियो । पछिल्लो समयमा सुनवल गाविसबाट नगरपालिका भए पछि केही बजेट थपेर पहिलो कार्यकालको नगरसभाले पनि त्यसलाई निरन्तरता दिदै आयो,अहिले संघिय सरकारबाट पनि बजेट कार्यक्रम हाले...
१३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा नवलपरासीबाट ७८ खेलाडी सहभागि हुदै
नवलपरासी (ब.सु.प.), समाचार, समाज

१३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा नवलपरासीबाट ७८ खेलाडी सहभागि हुदै

नवलपरासी,११ बैशाखलुम्बिनी प्रदेश स्तरिय हुने १३ औ राष्ट्रपति रनिगँ सिल्ड प्रतियोगितामा भाग लिनका लागि नवलपरासी खेलकुदा विकास समितिले ७८ जना विभिन्न विधाका खेलाडीलाई पठाएको छ । मंगलवार देखी शुरु हुने १३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा सहभागि खेलाडीहरुलाई शुभकामना कार्यक्रमको आयोजना गरि भाग लिनका लागि खेलाडीलाई पठाएको हो । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा सो कार्यक्रमको आयोजना गरि खेलाडीलाई खेलमा सक्रिय रुपमा भाग लिइने,अनुशासित भई खेल्ने र उत्साह पुर्ण तरिकाले राष्ट्रिय स्तरको खेलमा लुम्बिनीको खेलाडी भई भाग लिइने गरि खेल्नका लागि खेलका विभिन्न प्रशिक्षक कोचहरुले उत्साह भरेका थिए । खेलाडीमा अधिकाँश छात्राहरु नै सहभागि रहेको र अहिले सिमावर्ति क्षेत्रबाट पनि मधेशी थारु,जनजाती समुहबाट खेलाडीको उत्साह जनक सहभागिता रहेको जिसस प्र...
गर्भवति महिलालाई विभिन्न सन्देश सहितको गर्भवति प्रमणपत्र वितरण गर्दै सुस्ता गाउपालिका
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

गर्भवति महिलालाई विभिन्न सन्देश सहितको गर्भवति प्रमणपत्र वितरण गर्दै सुस्ता गाउपालिका

नवलपरासी,११ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षण गर्न तर्फ प्रोत्साहित गर्न पहिलो गर्भ परिक्षणका दिन गर्भवति प्रमाणपत्र(प्रेगनेन्सि सर्टिफिटेक) जारी गर्ने भएको छ । गर्भ परिक्षण गराएर गर्भवती भएको हजार दिनसम्म जिवनको विशेष दिन,विशेष ढंगले विताउनका लागि सन्देश सहितको सो गर्भवतित प्रमाणपत्र जारी गर्ने जनाएको हो । स्वास्थ्य सन्तति जन्माउने मात्र नभई एक स्वस्थ्य नागरिक बनाउने उदेश्यले सो योजना गर्भावस्था देखी नै तयारीमा जुट्नका लागि यस्तो योजना स्वास्थ्य शाखाले बनाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । सुनौलो हजार दिनका सबै भौतिक स्वास्ँथ्यका मापदण्ड पालना गर्न गराउन स्वास्थ्य शाखाले तयारी गरेको छ,उनले भने,मानसिक र संंस्कारित शिशुको जन्मका लागि पनि गाउपालिकाले अगामी बर्ष देखी सबै गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा क...
हल्लिदावसन नगर(बुद्धमँगल) तालमा शुभारम्भ गरियो ढुगाँ परिक्रमा
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

हल्लिदावसन नगर(बुद्धमँगल) तालमा शुभारम्भ गरियो ढुगाँ परिक्रमा

नवलपरासी,१० बैशाख,जिल्लाको वर्दघाट नगरपालिका १२ दबिला स्थित बुद्ध मंगल तालमा खुट्टाले चलाउन मिल्ने डुगाँ चलाएर ताल भित्र बुद्ध दर्शन र परिक्रमणको ब्यवस्थापन नगरपालिकाले गरेको छ । स्थानिय स्तरमा बुद्धमंगल ताल भनेर चिनिने प्राचिन कोलिय गणराज्य अन्तरगतको हल्लिदावसन नगर क्षेत्रमा पर्यटक आकर्षित गर्न बुद्धमंगल तालमा ढुगाँले बुद्ध परिक्रमा गर्ने ब्यवस्थान गरिएको हो ।प्राचिन इतिहास बोकेको उतm ताल क्षेत्रमा आउने पर्यटक टाढाबाट मात्र बुद्ध दर्शन गरेर फर्कने समस्या भएको र तालमा पनि केही क्षण रमाईलो गर्ने उदेश्यले दुई वटा ढुगाँ हालिएको नगरपालिको जनाएको छ । एक कार्यक्रम विच वर्दघाट नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठले सो ढुगाँको शुभारम्भ गरेका थिए । पर्यटकिय तथा अध्यात्मिक क्षेत्र रहेको उतm ताल क्षेत्रलाई गत बर्ष तत्कालिन नगरप्रमुख धिरज बस्यालले बौद्ध भिच्छुहरुको उपस्थितीमा प्राचिन हल्लिदावसन नगर ...