समाचार

बुद्धशान्ति साझेदारी बनक्षेत्र भित्र बन्यजन्तुलाई पानी पिउन पोखरी र जलासय बनाईदै
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बुद्धशान्ति साझेदारी बनक्षेत्र भित्र बन्यजन्तुलाई पानी पिउन पोखरी र जलासय बनाईदै

नवलपरासी, २९ जेठजिल्लाको बुद्ध शान्ति साझेदारी बन क्षेत्रमा बन्यजन्तुलाई पानी खाने उदेश्यले बन भित्र पोखरी जलासय बनाउने कार्य भई रहेको छ । बन भित्र ठाँउ ठाँउमा खाल्टो परेको स्थानलाई ब्यवस्थित पोखरी र जलासय ब्यवस्थापन गर्दै बन्यजन्तुलाई पानी खाने स्रोत ब्यवस्थान जस्ता कार्य गर्न थालिएको हो ।बुद्धको बन चिनाउने उदेश्यले बुद्धको मावली तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) देखी करिब दुई किलोमिटर उत्तरमा १ हजार ७ सय हेक्टरमा फैलिएको सरकारी बन क्षेत्रलाई बुद्ध शान्ति साझेदारी बन ब्यवस्थापन समुहको रुपमा ब्यवस्थित हुदै आएको छ । डिभिजन बन कार्यालय मार्फत उतm कार्य निरन्तर भई रहेको भए पनि केही बर्ष देखी बन ब्यवस्थापन समुहमा नेतृत्यदायी भुमिका खेल्ने समुहका अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुन नसक्दा समस्या देखिएका छन् । तर पनि डिभिजन बन कार्यालयका बन अधिकृत तथा बन प्रा...
नेपालकै पहिलो महिलामैत्री नगरपालिका घोषणा गर्न सुचकांकको खोजी गर्दै सुनवल नगरपालिका
समाचार, समाज, सुनवल नगरपालिका

नेपालकै पहिलो महिलामैत्री नगरपालिका घोषणा गर्न सुचकांकको खोजी गर्दै सुनवल नगरपालिका

नवलपरासी,२९ जेठनेपालकै पहिलो महिला मैत्री नगरपालिका बनाउने लक्ष्य लिएर काम गरिरहेको जिल्लाको सुनवल नगरपालिका महिला मैत्री सुचकाँकको खोजीमा छ । महिला मैत्री नगरपालिका बनाउन विभिन्न आधारहरु तयार गरि काम गरिदै आएको भए पनि राष्ट्रिय र अन्तराष्ट्रिय आधार र सुचकाँक नभेटिदा मापन गर्ने आधार बनाउन समस्या भएको हुदा नगरपालिका सुचकाँकको खोजीमा जुटेको हो ।नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरेको सुनवल नगरपालिका अहिले महिला मैत्री नगरपालिका बनाउन लागि परेको छ । संयोगले अहिले नगरपालिकाकी नगरप्रमुख पनि महिला नै भएको र बालमैत्री घोषणा भई सकेको हुदा महिला मैत्री नगरपालिका जतिसक्दोघोषणा गर्ने आधार बनाउदै छ । सोही अनुसार काम पनि गर्दै आएको नगरपालिकाकी महिला बालबालिका शाखाकी प्रमुख केशरी गैरेले जानकारी गराईन् । महिला मैत्रीका आधारभुत कार्यक्रम भई रहेका छन्,उनले भनिन,नगरप्रमुख विमला अर्यालको जसरी सुनवल नगर...
साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी, २८ जेठनवलपरासी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१का साँसद विनोद चौधरीले आफ्नो ६ महिनो कार्यकालको प्रगति सार्वजनिक गरेका छन् । सो क्षेत्रका विभिन्न समस्याहरुमा निरन्तर पहल गर्दै आएको र केही महत्वपुर्ण योजनाहरु अगाडी बढाइएको समेत उनले परासीमा पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।जिल्ला भित्रको हुलाकी राजमार्ग निर्माणमा हुने गरेको ढिलाई,गण्डक बाँधका कारण हुने गरेको डुबान,कटान पटान जस्ता समस्याको समाधानका लागि अनुसंधान मुलक कार्यको शुभारम्भ,गण्डक सिचाई प्रणालीबाट सकेसम्म छिटो पानी प्रवाह गरि सिचाई समस्याको समाधान,खजुरा खोलापुल,केरा तथा उखु किसानका समस्या,गण्डक बाँधलाई अग्लो बनाउने कार्य,सुस्ताका पुल निर्माणमा तिब्रता,वर्दघाटको ट्रमा सेन्टरका समस्याबारे निरन्तर पहल गरि धेरै जसो काम अगाडी बढि रहेको बताएका थिए । उनले महिना महिनामा जिल्ला भित्रका सरोकारवाला सरकारी निकाय,काम गर...
ढिलो भए पनि नेपाल गण्डक पश्चिमी नहरमा पानी प्रवाह शुरु
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

ढिलो भए पनि नेपाल गण्डक पश्चिमी नहरमा पानी प्रवाह शुरु

नवलपरासी,२८ जेठनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा ढिलो भए पनि शनिवार देखी पानी प्रवाहमा भएको छ । नहर मर्मत सम्भारका कारण केही दिन ढिलो भए पनि किसानलाई सिचाई गर्न नहरमा पानी प्रवाह भएको हो ।नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई भएको थियो । ढिलो भए पनि गण्डक नहरमा पानी प्रवाह भएको हुदा किसानलाई राहत मिल्ने गण्डक जल उपभोतmा सस्थाका अध्यक्ष हैदर अलि मोमिनले बताए । नहरमा पानी प्रवाहले खडेरीका कारण सुक्न लागेको ब्याडमा रहेको धानको बिउँमा सिचाई गरेर जोगाउन सजिलो हुने भएको छ, उनले भने,अब पानी नहरमा निरन्तर प्रवाह हुने हुदा विँउ राख्न नपाएका किसानले विँउ राख्न पाउने भएका छन्,विँउ रोपाई गर्न सक्ने अवस्थाका किसानले रोपाई समेत गर्न पाउने भएका छन् ।विगत बर्षको तुलनामा यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । ब्यवस्...
१२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भयो ओल्मा काउन्सिल नेपालको पहिलो सम्मेलन तथा मुस्मिलसभा
नवलपरासी (ब.सु.प.), समाचार, समाज

१२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भयो ओल्मा काउन्सिल नेपालको पहिलो सम्मेलन तथा मुस्मिलसभा

नवलपरासी,२८ जेठओल्मा काउन्सिल नेपालको पहिलो राष्ट्रिय सम्मेलन तथा मुस्लिमसभाले आफ्नो १२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भएको छ । नेपालका विभिन्न मदरसाहरुमा कार्यरत धर्मगुरु शिक्षक(ओल्मा)हरुको विभिन्न समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउदै सो सभाले घोषणा जारी गरेको हो ।नेपाल भरिबाट नै हजार भन्दा बढि ओल्माहरुको सहभागिता रहेको सम्मेलनलाई संघिय संसद प्रतिनिधि सभा सदस्य साँसद विनोद चौधरीले उदघाटन गर्दै नेपाल समावेशी राज्य भई सकेको र अब हरेक धर्मलाई समान अवसर पाउने नेपालको संविधानले नै ग्यारेन्टि गरेको बताएका थिए । अहिलेको यो सम्मेलनले जारी गर्ने घोषणाहरुलाई कार्यान्वयन गराउनमा आफ्नो तर्फबाट कुनै कसर बाकी नरहने दाबी समेत उनले गरेका थिए । मुस्मिल समुदाय पनि नेपालकै नागरिक हुन,राज्य सञ्चालनमा उनीहरुको पनि भुमिका उत्तिकै रहेको छ । नेपाल धर्म निरपेक्ष राज्य समेत रहेको ह...
कृषिमा संघसस्था सहकार्यको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कृषिमा संघसस्था सहकार्यको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

नवलपरासी, २५ जेठ,जिल्ला स्थित कृषक हक हित संरक्षण मञ्च नवलपरासीले समाजिक परिचालनका लागि संघसस्थासँग सहकार्य कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम गरेको छ । कृषि ज्ञान केन्द्रका कृषि विज्ञहरु तथा किसान समुह,सरोकारवाला तथा सञ्चारकर्मी विच सो समिक्षा कार्य गरेको हो ।किसानको समस्याको सुनुवाई गर्न सरकारी पक्ष उदासिन भएको आरोप उपस्थित कृषकहरुले लगाएका थिए । किसानलाई मल, खाँद र सिचाई पुर्वाधार आवश्यक परेको बेला सरकारले उपलब्ध गराउन नसकेको जनाउदै आफ्नै बलबुतोमा भए पनि खेतीपाती गर्दै आएका किसानलाई आवश्यक प्राविधिक ज्ञान समेत नपाएको गुनासो गरेका थिए । किसानको उत्पादन लागत दिन प्रति दिन बढदै जाने र उत्पादन गरेका बालीको मुल्य पनि नपाउने जस्ता समस्याले किसान झन झन गरिब बन्दै गएको हुदा सरकार र सरोकारवाला निकायले ध्यान पुर्याउनु पर्ने माग समेत गरेका थिए ।जसरी मानिसको उपचारका लागि स्वास्थ्य सेवाका लागि गा...
मिटरब्याज विरुद्ध परासीमा किसान मार्च र्याली प्रदर्शन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

मिटरब्याज विरुद्ध परासीमा किसान मार्च र्याली प्रदर्शन

नवलपरासी, २५ जेठ,जिल्ला भित्रका लघुवित्त तथा विभिन्न साँहु महाजनबाट ऋण लिएका ऋण पिडितहरुले ऋण मिनहा गरि चर्को ब्याज असुल्नेलाई कारवाहीको माग गर्दै सदरमुकाम परासीमा प्रर्दशन गरेका छन् । मिटर ब्याज तथा ठगि विरुद्ध किसान मजदुर मार्च नाम दिइएर निकालिएको र्याली रामग्राम नगरपालिका शान्तिचौर बाट बुद्ध चोक हुदै जिल्ला प्रशासन कार्यालय सहित बजारमा प्रदर्शन गरेका हुन् ।मिटर ब्याज तथा ठगि विरुद्ध किसान संघर्ष समितिको अगुवाईमा जिल्ला भरिबाट करिब एक हजारको संख्यामा आएका पिडितहरुले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । नक्कली तमसुक गराउनेलाई कारवाही गुर्नका साथै विभिन्न षणयन्त्र गरि फसाईएका किसानहरुलाई राहत समेत उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।...
वर्दघाटको संसारकोटलाई पर्यटकिय क्षेत्र चिनाउन थपिदै जैविक पर्यटन पुर्वाधार
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

वर्दघाटको संसारकोटलाई पर्यटकिय क्षेत्र चिनाउन थपिदै जैविक पर्यटन पुर्वाधार

नवलपरासी,२५ जेठ,जिल्लाको वर्दघाट नगरपालिकाले ससाँरकोट पर्यटकिय क्षेत्रको रुपमा चिनाउदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्न थालेको छ । संसारकोट सामुदायिक बन क्षेत्र भित्रका जलासयहरुलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने र त्यसलाई पर्यटकिय गन्तब्य बनाउन जैविक पुर्वाधार थप्ने कार्य गर्न थालेको हो ।विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्ने कार्य भई रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यसका लागि प्राकृतिक सौन्र्यतालाई नविग्रिने गरि अतिआवश्यक बाहेक अधिकाँस पुर्वाधार जैविक हुने उनले बताए । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको छ ।जलासयमा बन्ने पुल,कलभर्ट समेत काठ र बाँसको प्रयोग गर्ने गरिएको छ,उनले भ...
नागरिक समाजले सार्वजनिक गर्यो एक महिने गतिविधि
रामग्राम नगरपालिका, समाचार, समाज

नागरिक समाजले सार्वजनिक गर्यो एक महिने गतिविधि

नवलपरासी,२४ जेठनागरिक समाज नवलपरासी पुनर्गठन भएको पहिलो एक महिनाको प्रगति सुनाउदै आफ्ना विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । मंगलवार बैठक पश्चात निर्णयहरु परासी प्रेस क्लब मार्फत सार्वजनिक गरेको हो ।एक महिना भित्रै नागरिकका विभिन्न समस्याहरुलाई सरकारी सरोकारवालासँग उठाउदै आएको र त्यसमा धेरै जसो नागरिकको पक्षमा उपलब्धी पनि भई रहेको समाजले जनाएको थियो । त्यसै गरि समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले नागरिक समाजको वैठकले हुलाकी राजमार्ग लगायत जिल्लाका विभिन्न स्थानमा रहेका पुल,कल्भर्टहरु भत्किएको,र्यालिगँ नभएका अवस्थाबारे सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय सुनाएका थिए । हालै हुलाकी राजमार्गमा रहेको पुल विगत तिन बर्ष देखि भत्किएर ह्वाँग परेको र त्यसैमा आम नागरिक खसेर मृत्यु भएको हुदा सोही प्रकारका अन्य पुल पुलेसा,कल्भर्टको छेउछाउ,र्यालिगँ लगायतका थुप्रै स्थान भएको जसलाई समान्य ठानेर सरो...
रामग्राम स्तुपा – प्राचिन कोलनगर(पण्डितपुर) जोड्ने पर्यटन मार्गका लागि २० करोड बजेट बिनियोजन
पर्यटन, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम स्तुपा – प्राचिन कोलनगर(पण्डितपुर) जोड्ने पर्यटन मार्गका लागि २० करोड बजेट बिनियोजन

नवलपरासी,२४ जेठकेही दिन पहिला विश्व बैंकले स्थलगत अध्ययन र अवलोकन गरेर गएको रामग्राम स्तुपा देखी प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) जोड्ने पर्यटन मार्गको निर्माणका लागि २० करोड बजेट बिनियोजन भएको रामग्राम नगरपालिकाले जनाएको छ । संघिय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट कार्यक्रममा नै समावेश गरि सो रकम विनियोजन भई अनुदान नगरपालिकामा आउने नगरपालिकाले जनाएको हो ।बर्षौ देखी ओझेलमा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबंैकको टोलीले स्थलगत अध्ययन शुरु गरेको थियो । सो स्थान जोड्न पर्यटन मार्गको रुपमा निर्माण गर्ने गरि ६२ करोड को सडक पुर्वाधार प्रोजेक्ट बनाई विगत बर्ष देखी नै समाजिक तथा वातावरणिय पक्षको स्थालनगत अध्ययन गरेको थियो । अहिले सो प्रोजेक्ट स्वीकृत भई सरकारले नगरपालिकालाई नै अनुदानमा राखेर रकम पठाउने नगरपाल...