सुनवल नगरपालिकाको जेसिबी र २ टिपर बनको नियन्त्रणमा, फोहोर ब्यवस्थापन गर्दै स्थानिय
नवलपरासी,१२ भदौफोहोर फाल्ने सुनवल नगरपालिकाको जेसिबी र टिपर बनको नियन्त्रणमा गए पछि स्थानियबासीले आफै फोहोर ब्यवस्थाानमा लागेका छन् । अनुसंधान प्रकृयामा रहेका फोहोर फाल्ने टिपर र जेसिबीको टुगोँ नलागेसम्म स्थानिय युवाहरु आफै सक्रिय भएर फोहोर ब्यवस्थापन गर्ने गरि लागेका हुन् ।
खोलामा गैर कानुनी ढंगले सरकारी एक्साभेटर प्रयोग गरि उत्खनन गर्दै गरेको अवस्थामा सुनवलका जेसिबी र दुई टिपरलाई स्थानियले डिभिजन बन कार्यालयमा बुझाएका थिए । आफ्नै टास्क फोर्स बनाई खोलाको चोरी निकासी नियन्त्रण गर्दै अवैध खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट) बरामद अभियान चलाएको सुनवल नगरपालिकका कर्मचारी आफै अवैध उत्खनन गर्दै गरेको भेटिए पछि उनीहरुले नै डिभिजन बनमा आवश्यक कारवाहीका लागि बुझाई दिएका थिए । जेसिबी र टिपर नगरपालिकासँग नभएर फोहोर उठाउन समस्या हुन्छ,भनि अनुंधानलाई प्रभावित बनाउने कार्यमा लाग्न सक्छ,ए...









