निर्माण समाग्रिको अभावले हुलाकी आयोजनामा ढिलाई
नवलपरासी,२८ फागुननिर्माण समाग्रिको अभाव देखाउदै हुलाकी सडक निर्माण आयोजनामा ढिलाई भएको निर्माण ब्यवसायिले बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको आग्रहमा जिल्ला प्रशासन कार्यालयले बोलाएको आयोजना प्रमुख,निर्माण कम्पनीका प्रतिनिधि तथा जिसस र स्थानिय तहका जनप्रतिनिधिहरुको भेलामा निर्माण ब्यवसायिले निर्माण समाग्रि आपुर्तिमा समस्या हुदा आयोजना निर्माणमा ढिलाई भई रहेको बताएका हुन् ।तिन खण्डमा कुल ३७ किलोमिटर हुलाकी सडकको निर्माण जिल्ला भित्र भई रहेको छ तर हुलाकी सडक निर्माण कार्य थालिएको अहिले आठौ बर्षमा प्रवेश गर्दैछ,तर कुनै खण्ड पुरा हुन नसक्दा साँसद चौधरी लगायत सबै जनप्रतिनिधि माथि स्थानियले चाँसो नलिएको आरोप लगाउदै आएका छन् । विगतका साँसद र जनप्रतिनिधिले काम गर्न नसक्दा अहिलेको जनप्रतिनिधि निर्वाचित भएर आउदा ठूलो चुरीफुरी थियो,अहिलेको जनप्रतिनिधि द...










