समाचार

थारु साँस्कृतिक पार्कको स्वरुप दिन अग्रसर मनरीकी थारु महिलाहरु
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु साँस्कृतिक पार्कको स्वरुप दिन अग्रसर मनरीकी थारु महिलाहरु

नवलपरासी,७ पुसविगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु अहिले सो वृक्षारोपण भित्र रुख विरुवाको सजावट गर्नमा ब्यस्त देखिएका छन् । वृक्षारोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो,जुन अहिले एक सुन्दर महमोहक पार्कमा रुपान्तरित गर्न स्थानिय थारु महिलाको झण्ड सक्रिय देखिएको छ । वृक्षारोपण क्षेत्र यसरी एक साँस्कृतिक पार्क बन्ला भनेर स्थानियहरु सोचेका थिएनन्,तर समयले अहिले आफैले वृक्षारोपण गरिएको क्षेत्र सुन्दर पार्क बनाउन पाउदा थारु महिलाहरु खुशी ब्यतm गरेका थिए । पार्कको रुपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरु निस्वार्थ भावले अहिले काम गर्नमा ब्यस्त देखिनको आर्को कारण पनि विगत डेढ दशक देखी माघि मेला महोत्सव हुदै आएको सरावल २ मनरी स्थित जनता मावि मनरी परिसरबाट सार्नु पनि रहेको छ । यो बर्ष देखी सो मेला थारु साँस्कृतिक पार्कमा हुने तयारी भई ...
लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले गरे पुलको उद्घाटन
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले गरे पुलको उद्घाटन

नवलपरासी, ७ पुसलुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद).वैजनाथ जैसवालको “क्षेत्र विकास योजना अन्तरगत “आ.व २०७९÷८०मा निर्माणाधिन पुलको काम सम्पन्न भए पश्चात उदघाटन गरेका छन् । उनले एक समारोह विच पाल्हिनंदन गाउपालिका वडा नं.५ सिसवा कृषि पूलको उदघाटन गरेका हुन् । पुल निर्माणको लागि ७० लाख विनियोजित भएको निर्माण कार्य सम्पन्न पश्चात सिसवाका समाज सेवी वेचन मौर्याको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य जैसवालले उदघाटन गरेका थिए । साँसद जैसवालको प्रमुख अतिथ्यतामा सोही वार्डका पुर्व वडा अध्यक्ष ओम प्रकाश गुप्ता विशिष्ट अतिथ्यतामा पुर्व वडा सदस्य एकबाल देवान सहितको सहभागितामा पूल समुदउद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन ।शिव कुमार रौनियारले गरेका थिए । बषौ देखी भत्किएको अवस्थामा रहेको सिसवा कृषि सडक पुलको पुर्ननिर्माण भए पछि स्थानिय खुशि भएका छन् । लुम्बिनी प्रदेश सभा सदस्य(प्र...
प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकासमा जर्मन दुताबासको चाँसो
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकासमा जर्मन दुताबासको चाँसो

नवलपरासी, ६ पुसप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकास र प्रवद्र्धनमा जर्मनी दुताबासले चाँसो देखाएको छ । उतm क्षेत्रको भ्रमण गर्न पुगेका जर्मन राजदुताबासका बिकास सहयोग प्रमुख डा.स्टेफान रुसेक सहितको टोलीले सो स्थानको गरिमा महत्व तथा साँंस्कृति सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै विश्व सामु यसको पहिचान गराउनमा जर्मनी सरकारको तर्फबाट सहयोगका लागि पहल गर्न समेत आश्वस्त पारेका हुन ।विश्वमा शान्तिका अग्रदुत भगवान गौतमको जन्म दिईने उनकी आमा महामाया,सानी आमा प्रजावती र उनीकी पत्नि यशोधरा जन्मेको स्थान संसारकै लागि दुर्लभ स्थल हो । अहिले चक्रिय ढाँचामा सो प्राचिन शहर भएको समेत केही गत महिना भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले देखाएको विज्ञहरुले जानकारी गराएका थिए । रामग्राम मात्रै नभई नेपाल तथा विश्वकै लागि ठूलो उपलब्धी भएको छ । सर्वे गर्ने क्रममा ठूला ठूला पर्खालका भग्...
मदरसाका धार्मिक शिक्षकलाई ब्यवस्थित गर्न ओल्मा काउन्सिले नेपालले बुझायो ज्ञापनपत्र
रामग्राम नगरपालिका, शिक्षा, समाचार

मदरसाका धार्मिक शिक्षकलाई ब्यवस्थित गर्न ओल्मा काउन्सिले नेपालले बुझायो ज्ञापनपत्र

नवलपरासी,६ पुसइस्लामिक शिक्षा दिदै आएको मदरसाका मौलना,मौलबीहरुको साझा सस्था ओल्मा काउन्सिल नेपालले रामग्राम नगरपालिका अन्तरगत रहेका मदरसाहरुको अनुगमन गर्न तथा लगानी बढाउन माग गरेको छ । नगरपालिकाका मेयर धनपत यादवलाई ज्ञापनपत्र बुझाउदै काउन्सिलका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसेनले चन्दा सहयोगमा सञ्चालन हुदै आएको मदरसा अहिले शिक्षाको मुलधारमा गई सकेको हुदा नगरपालिकाले ओल्माहरुलाई पनि शिक्षक सहरको सुविधा उपलब्ध गराउनुका साथै अनुगमन गर्न माग गरेका हुन् ।अनुगमनमा ओल्मा काउन्सिलका प्रतिनिधि राख्नुका साथै नगरशिक्षा समितिमा समेत मदरसाका प्रतिनिधि राख्नु पर्ने उनको भनाई थियो । नगरपालिकाले मदरसामा अन्य विषयका शिक्षक तथा प्रशासनिक खर्चका लागि सहयोग अनुदान दिदै आएको भए पनि धार्मिक शिक्षक मौलाना र मौलबी प्रति उदासिन रहेको हुदा त्यसलाई पनि मध्यनजर राखेर कार्यक्रम बनाउन समेत अनुरोध गरेका थिए । धा...
पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता

नवलपरासी,जिल्ला स्थित पाल्हीनन्दन गाउपालिकाले आफ्नो नागरिकलाई आवश्यक पर्ने रगतका लागि कुनै प्रकारको शुल्क नलाग्ने गरि नेपाल रेडक्रस सोसाईटी नवलपरासीसँग सम्झौता गरेको छ । रगत आवश्यक पर्ने बिरामीलाई सहज ढंगले रगतको उपलब्ध गराउने उदेश्यले कुनै प्रकारको शुल्क नलिईने र आवश्यक शुल्क गाउपालिकाले नै तिर्ने गरि सम्झौता भएको हो ।रगत निशुल्क नै हुने भए पनि ब्लड बैंक सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले ब्लड बंैक सञ्चालन गर्दा आवश्यक ब्यवस्थापकिय कार्यका लागि शुल्क लिदै आएको छ । तर अहिले गाउपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत ब्लड बैकबाट लिदा लाग्ने सेवा शुल्क गाउपालिकाले नै तिरिदिइने गरी सम्झौता भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । दुर्घटना तथा प्रसुती महिलालाई बढि आवश्यक पर्ने गरेको छ, उनले भने, पाल्हीनन्दनका विरामी भएको खण्डमा सिफारिस सहित रेडक्रससँग रगत माग गर...
भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रले प्रभावकारी बनाउदै पशु अस्पताल
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रले प्रभावकारी बनाउदै पशु अस्पताल

नवलपरासी,१ पुसजिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालन क्षेत्रको प्रवद्र्धन मात्रै नभई अहिले पशु चिकित्सालाई प्राथमिकतामा राखेर काम गर्न थालेको छ । विरामी हुने पशुको उपचारलाई प्राथमिकता दिदै पशु अस्पताललाई प्रभावकारी बनाउदै लगिएको विज्ञ केन्द्रले जानकारी गराएको हो ।जिल्लामा मानिस भन्दा पशुको संख्या धेरै तर उपचारका लागि जिल्ला स्थित एक मात्र भेटेनरी अस्पतालले गर्दा पनि सो अस्पतालमा दैनिक जसो विरामी पशुलाई उपचारका लागि ल्याउने गरेका छन् । मानिस जस्तै पशुलाई पनि रोगब्याधी लाग्ने तर उपचार नपाएर पशुहरु मर्ने अवस्थाबाट अस्पतालले उपचार गर्दै किसानको पशुधन जोगाउमा सफल भएको केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए । अहिले किसान आफ्नो पशुधन प्रति विगत भन्दा सचेत बन्दै गएका छन्,उनले भने, त्यो भएर समान्य पशु(गाई,भैसी,बाख्रा,बंगुर,कुखुरा हाँस,कुकुर लगायतका पशुलाई अस्पतालले उ...
लुम्बिनी चिनी मिलबाट प्रदुषण न्युनिकरणको माग गर्दै स्थानिय आन्दोलित
राजनीति, समाचार, सुनवल नगरपालिका

लुम्बिनी चिनी मिलबाट प्रदुषण न्युनिकरणको माग गर्दै स्थानिय आन्दोलित

नवलपरासी, १२ मंसिरजिल्लाको सुनवल नगरपालिका स्थित लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित बनेका छन् । चिनी मिलको बढदो प्रदुषणले स्थानियको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसंग माग गर्दै सुनवलबासी आन्दोलित बनेका हुन् ।सुनवलका स्थानिय जनताले लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरि सोमबार पत्रकार सम्मेलन मार्फत उक्त मागबारे जानकारी दिएका हुन् । वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चिन सरकार बिच भएको सम्झौता अनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि संचालनमा रहेको चिनी मिल २०६२ सालमा निजिकरण भएदेखि झनै प्रदुषणको अवस्था बढदै गयो । चिनी मिल संचालकले मिलको प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँव...
कोलिय गणराज्यको राजधानीमा भईरहेको भुभौतिक सर्वेक्षणबारे जानकारी लिदै लुम्बिनी प्रदेश साँसद जैसवाल
नवलपरासी (ब.सु.प.), पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानीमा भईरहेको भुभौतिक सर्वेक्षणबारे जानकारी लिदै लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१२ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा एक साता देखी भई रहेको भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले ठूलो उपलब्धी भएको छ । सर्वे गर्ने क्रममा ठूला ठूला पर्खालका भग्नावेशहरु जमिनमुनि भएको र ठूलो विहार क्षेत्रहरु पनि देखिएको सर्वेक्षण स्थलमा पुगेका लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाललाई जानकारी गराएको हो ।भगवान गौतम बुद्धको मावली प्राचिन कोलिय गणराज्यको राजधानी रहेको थुप्रै प्रमाणहरु शाक्य राज्यको राजधानी प्राचिन कपिलबस्तुसँग समकालिन भाडाहरु,एनविपि,पोष्टहोल जस्ता प्राचिन बस्तुहरु, बुद्ध काल भन्दा पुर्व तिन सय बर्ष पुराना अर्थात इसापुर्व ८ सम्मका मानववस्तीका अवशेषहरु देखिने गरिएको सो टोलीसँग रहेका नेपाल सरकार पुरातत्व विभाग अन्तरगतको पुरातत्व कार्यालय प्रमुख भाष्कर ज्ञवालीले जानकारी गराएका थिए । ८० देखी १ सय विघासम्म क्षेत्रफलमा राजधानी क्षेत्र फै...
पाल्हीनन्दनको प्राचिन नन्दन सिटीमा पुरातात्विक खोज गर्न माग गर्दै गाउपालिका अध्यक्ष गुप्ता
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दनको प्राचिन नन्दन सिटीमा पुरातात्विक खोज गर्न माग गर्दै गाउपालिका अध्यक्ष गुप्ता

नवलपरासी,११ मंसिरजिल्ला भित्र विभिन्न गाउपालिकामा पुरातात्विक खोज अनुसंधान भई रहेकै बेला पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित नन्दनताल नजिकै प्राचिन नगर (सिटी)को पनि पुरातात्विक खोज गर्न गाउपालिकाले पुरातत्व अनुसंधान टोलीलाई आग्रैह गरेको छ । सोमवार सो अनुसंधान टोलीले प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा भुभौतिक सर्वे भई रहेको स्थलमै पुगेर गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले पत्र बुझाउदै पाल्हिनन्दन गाउपालिकाको प्राचिन नन्दन सिटी(नगर)को खोज अनुसंधान गर्न आग्रह गरेका हुन् ।गत असार ५ गने पुरातत्व क्षेत्रमा लामो समय काम गर्दै आएका नारद यादवले स्थलगत अवलोकन गरेर नन्दन सिटी यहिँ हुनु पर्ने कुरा सार्वजनिक गरे पछि अहिले त्यस क्षेत्रको पुरातात्विक खोज अनुसंधानका लागि गाउपालिकाले चाँसो लिएको हो । पुरातत्व कार्यालय प्रमुख समेत रहेका पुरातत्व अधिकृत भास्कर ज्ञवालीलाई पत्र हस्तानान्तर ग...
सुस्ता ५ स्थित अनोमाघाट(ठाढीघाट)मा हजार बत्ति बालेर मनाइयो कार्तिक पुर्णिमा
पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

सुस्ता ५ स्थित अनोमाघाट(ठाढीघाट)मा हजार बत्ति बालेर मनाइयो कार्तिक पुर्णिमा

नवलपरासी, ११ मंसिरजिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पुर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हुदा अहिले अनोमाघाटमा दोश्रो बर्ष जिल्लाको प्रमुख बौद्ध तिर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो । अनोमाघाटमा सुस्ता गाउपालिका वार्ड नं.५ वार्ड कार्यालयकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको स्थानिय भागिरथी पालले जानकारी गराएका थिए । यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो, उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । परापुर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गरेको थियो, उनले भने, यो बर्ष पनि बौद्ध संस्कृति अनुसारको बत्...