समाचार

शिवरात्रीमा लाग्ने अतरहटी मेलाको भब्य तयारी
समाचार, सरावल गाउँपालिका, संस्कृति

शिवरात्रीमा लाग्ने अतरहटी मेलाको भब्य तयारी

नवलपरासी,१७ फागुनजिल्लाको सरावल गाँउपालिका वडा नम्बर २ अत्रहट्टीमा रहेको शिवमन्दीरमा यस वर्ष ५० औँ महाशिवरात्री मेलाको तयारीमा स्थानियबासी जुटेका छन् । विगत बर्ष देखी नै समान्य रुपमा शिवरात्रीको दिन लाग्दै आएको उतm मेलालाई अहिले केही विस्तारित बनाउने योजना सहित स्थानियबासी जुटेका हुन् ।डेढ शताब्दी देखी उतm मेला लाग्दै आएको दाबी सहित मेलाको तयारीबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले पुरानो उक्त मन्दिरमा विगत ५० वर्ष देखि महाशिवरात्रीको अवसरमा मेला लाग्दै बताएका थिए । जानकारीमा आए देखी यस वर्ष मेला आयोजनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवका कार्यक्रमका साथ मेला संञ्चालन गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष देवानन्द चौधरीले गराएका थिए । उनका अनुसार मेलाको स्वर्ण महोत्सवको अवसरमा विभिन्न सांस्कृतीक तथा खेलकुदका कार्यक्रम आयोजना गरिने छ । यही फागुन २४ देखी २७ गतेसम्म मेलामा विभिन्न...
सोचे अनुसारको काम भएको छैनः लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सोचे अनुसारको काम भएको छैनः लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी

नवलपरासी,१७ फागुनलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले जनताको चाहना अनुसार अहिले पनि लुम्बिनी प्रदेश सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । नवलपरासीको परासीमामा आयोजित एक अनौपचारिक छलफलमा प्रदेश साँसद र नेपाली काँग्रेसका कार्यकर्ता तथा केही स्थानिय जनप्रतिनिधिहरुको बिचमा उनले सोचे अनुसारको काम गर्न नसकिएको कुरा स्वीकार गरेका हुन् ।लुम्बिनी प्रदेश सभास सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालको घरमा आईपुगेका मुख्यमन्त्री चौधरीले जनता र कार्यकर्ताको धेरै चाहना रहेको छ,तर त्यसलाई प्रदेश सरकारले पुरा गर्न सकिरहेको छैन्,उनले भने,तर अगामी दिनमा सबै समस्याहरुलाई हल गर्दै लैजान्छौ । प्रदेश सरकारको प्राथमिकतामा नवलपरासी रहेको बताउदै विगत दुई बर्ष देखी अलपत्र रहेको प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)लाई परासी बजार तथा रामग्राम स्तुपसँग जोड्ने तुरिया खोला पुलको समस्या...
सामुदायिक विद्यालयका बालबालिकासँग कार्याशाला गर्दै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

सामुदायिक विद्यालयका बालबालिकासँग कार्याशाला गर्दै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,१४ फागुन,जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयमा कार्यशाला गरेकी छिन् । आफु विद्यार्थी कालमै चुनाव लडेर उपाध्यक्ष बनेकी सम्वतः नेपालकै कान्छि उपाध्यक्ष सकिनाले विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न थालेकी हुन् ।कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ स्थित हरपुर माविमा गर्दै त्यसको निरन्तताका लागि सोमवार वार्ड नं.२ स्थित सिद्धार्थ मावि कुश्मामा कार्यशाला गरेकी थिईन् । विद्यालयमा समाजिक शिक्षक नभएको र सरसफाईमा ध्यान कम पुर्याइएको गुनासो समेत बालबालिकाले उठाएका थिए । सो कार्यक्रममा वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुरेस गुप्ता सहितको सहभागि...
उबासंघको आयोजनामा हुने नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी तिब्र
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

उबासंघको आयोजनामा हुने नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी तिब्र

नवलपरासी, १४ फागुन ,जिल्लामा हुन गईरहेको छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी पारिएको छ । नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि शुरु हुन लागेको औद्योगिक व्यापार मेलालाई भब्यताका साथ सम्पन्न गर्नका लागि आयोजकले तयारीलाई तिब्र बनाएका हुन् । जिल्लाका प्रमुख पर्यटकिय स्थल रामग्राम स्तुप,पाल्ही भगवती मन्दिर लगायतको स्थानलाई पहिचान दिलाउनका लागि प्रतिक प्रदर्शनी मेला स्थलमै बनाउने कार्य भई रहेको मेला आयोजक उद्योग बाणिज्य संघका सल्लाहकार श्याम कुमार बस्यालले जानकारी गराए । उनका अनुसार मेलाका लागि प्रचार प्रसारलाई पनि ब्यापक बनाइएको छ । त्यसका लागि छिमेकी भारत युपिको महराजगँज जिल्ला र विहारको चम्पारन जिल्लासम्म पनि प्रचार प्रसार तिब्रता दिइएको छ । मेलालाई मनोरन्जनात्मक बनाउनका लागि भोजपुरी कलाकार प्रिति पासवान लगायतका कलाकार र नेपाली कलाकारको समेत प्रतुती गराउने योजना बनाइएको उन...
पाँच बर्ष पछि पुनः पृथ्वीचन्द्र अस्पतालमा शुरु भयो पाठेघर खसेका महिलाहरुको निःशुल्क अप्रेसन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पाँच बर्ष पछि पुनः पृथ्वीचन्द्र अस्पतालमा शुरु भयो पाठेघर खसेका महिलाहरुको निःशुल्क अप्रेसन

नवलपरासी,१३ फागुन,जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालले पाँच बर्ष पछि पुनः पाठेघर खसेका महिलाहरुको निशुल्क अप्रेसन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा जिल्ला स्थित विभिन्न संघसस्था परियोजना र स्वास्थ्य मन्त्रालयसँग पहल गरेर जिल्ला अस्पतालमा नै सो अप्रेसन सेवा शुरु गराउन सम्झौता गराएको हो ।स्वास्थ्य कार्यालय तथा विभिन्न पालिकाको सहयोगमा गाँउ गाँउमा पाठेघर खसेका महिलाहरु स्क्रिनिगँ गर्ने कार्य गरि प्रादेशिक अस्पताल पठाउने गरेको थियो । तर प्रादेशिक अस्पतालले पालो मिलाउदा ति महिलाहरुको पालो एक बर्ष पछि आउने गर्दा स्थानिय महिलाहरुले पिडादायी जिवन विताउन बाध्यताका कारण अप्रेसन खर्चका लागि प्रदेश सरकार तथा संघसंस्था र परियोजनासँग छलफल गराई स्रपोतको ब्यवस्थापन गराएर ति सेवा अहिले जिल्लाबाटै दिने गरि योजना बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पंथीले जानकारी गराए । ...
पाल्हीनन्दनको प्राचीन नन्दन नगरमा दिप प्रज्जलन गरि मनाइयो बुद्धको महापरिनिर्वाण घोषणा दिवस
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

पाल्हीनन्दनको प्राचीन नन्दन नगरमा दिप प्रज्जलन गरि मनाइयो बुद्धको महापरिनिर्वाण घोषणा दिवस

नवलपरासी,१२ फागुनबौद्धकालिन प्राचिन नन्दन नगरमा स्थानियले दिप प्रज्वलन गरि भगवान गौतम बुद्धको महापरिनिर्वाण घोषणा दिवस मनाएका छन् । शनिवार बुद्ध स्थलको पहिचान भए देखी बुद्धको जिवनसँग घटेका घटनालाई स्मरण गर्दै बुद्ध प्रति स्थानियमा श्रद्धा जनाउने उदेश्यले स्थानियबासीले (कोटही माई स्थान) भएको नन्दन नगरमा दिप प्रज्वलन गरि सो दिवस मनाएका हुन् ।स्थानियबासीले सबैले अ आफ्नो घरबाट दियो लिएर आएका थिए । दिप प्रज्जवलन पछि भएको शुभकामना कार्यक्रममा प्रमुख अतिथी गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले यो बौद्धकालिन प्राचीन स्थलको पत्ता लागेकोले सम्पुर्ण गाउपालिकाबासीका लागि गौरवको कुरा बताउदै उनले यस क्षेत्रको विकासका लागि ट्रष्ट बनाई गाउपालिकाले लगानी बढाउने बताएका थिए । स्थानिय सरकारले अब यसको स्वामित्व लिएर देशी विदेश संघसस्थासँगै प्रदेश सरकार र संघ सरकारसँग पहल गर्ने बताएका थिए । कार्यक्रममा जसपाका ...
पाल्हीनन्दनकी उपाध्यक्षले शुभारम्भ गरिन, सामुदायिक विद्यालयसँग उपाध्यक्ष कार्यक्रम
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

पाल्हीनन्दनकी उपाध्यक्षले शुभारम्भ गरिन, सामुदायिक विद्यालयसँग उपाध्यक्ष कार्यक्रम

नवलपरासी,१० फागुन,जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्षले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयसँग उपाध्यक्ष कार्याक्रम सञ्चालन गरेकी छिन् । विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम सञ्चालन गरेकी हुन् ।सो कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ स्थित हरपुर माविमा गर्दै बालबालिका तथा विद्यालयको समस्या बुझ्ने कार्य गरेकी थिईन् । कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिको सहजीकरणमा भएको कार्यक्रममा कक्षा ६,७ र ९ गरि कुल ७५ जना बालबालिकाको सहभागिता रहेको थियो । उपाध्यक्षसँग बालबालिकाले उपाध्यक्षको काम कर्तब्य र अधिकारबारे जिज्ञासा राखेका थिए । त्यसै गरि विद्यालयमा समाजिक शिक्षक नभएको,विद्यालय कम्पाउण्डको कार्य पुरा नभएका कारण बाहिरी उत्छृख्ल केटाहरु विद्यालयमा बस्...
पुरातत्व विभागले प्राचीन ककरपत्त नगरक्षेत्रमा उत्खनन गर्ने भए पछि गाउपालिका उत्साही
पर्यटन, समाचार, सरावल गाउँपालिका

पुरातत्व विभागले प्राचीन ककरपत्त नगरक्षेत्रमा उत्खनन गर्ने भए पछि गाउपालिका उत्साही

नवलपरासी,९ फागुन,जिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगरमा पुरातत्व विभागले उत्खननमा चाँसो देखाए पछि गाउपालिका उत्साही भएको छ । पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि आफ्नो कार्ययोजनामा राखिएको जानकारी गराए पछि गाउपालिका उत्साही भएको हो ।गाउपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पुर्वाधार तथा सन्देश दिईने खालको मुर्तिको स्थापना समेत गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गरिहेको गाउपालिकाले जानकारी गराएको हो । सो पर्यटकिय क्षेत्रको स्थलगत अवलोकन गर्दै गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमति हरिजनले पर्यटकिय स्थलको रुपमा यसलाई विकास गर्नका लागि बजेट तथा कार्यक्रम समेत राखेको बताएका थिए । यसका लागि स्थानिय पनि सकृया हुन समेत उनले औल्याएका थिए ।प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ...
परासीमा नवलपरासी औद्योगिक व्यापार मेला २०८० हुदै
अर्थ, कृषि, पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासीमा नवलपरासी औद्योगिक व्यापार मेला २०८० हुदै

नवलपरासी, ९ फागुन,जिल्ला सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला २०८०, संचालन गर्न तयराी तिब्र बनाइएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी सहितको मेला संचालन तिब्र बनाइएको बुधवार पत्रकार सम्मेलन गरि आयोजकले जनाएको हो ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले मेला मुल कृषि पर्यटन उद्योग व्यपार प्रबद्रधनलाई प्रथामिकता राखी मेला आयोजना गरिएको बताए । उनले अहिले आर्थिक बन्दी रहेकोले व्यापार व्यवसाय चालयमान बनाउने मूल उद्देश्य रहेको बताए । यस क्षेत्रको विकासको लागि यो व्यापार मैलाको ठूलो योगदान पुग्ने अध्यक्ष अग्रहरीको भनाइ थियो ।रामग्राम स्तुप, पण्डितपुर लगायत जिल्लाका पुरातात्विक एवं धार्मिक स्थलहरुको चिनारी, आधुनिक सूचना प्रविधिको प्रदर्शनी,निर्यात प्रवद्रधनका लागि ग...
रामग्राम नगरपालिकामा स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने कार्य शुरु
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकामा स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने कार्य शुरु

नवलपरासी,८ फागुन,जिल्लाको रामग्राम नगरपालिकामा पहिलो पटक स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने गरि पोर्टल सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीले आफुले तिर्ने राजश्व सो पोर्टल मार्फत बुझाउने कार्य शुभारम्भ गर्न थाले पछि सो सेवा सञ्चालनमा आएको हो ।सो पोर्टलमा सेवाग्राही नगरपालिकामै उपस्थित भएर राजस्व बुझाउनु भन्दा आफ्नै कार्यालय वा घरबाट राजस्व बुझाउन सक्ने हुदा करदाता नागरिकका लागि राजश्व बुझाउन सहज हुने भएका कारण यो पोर्टल सञ्चालनमा ल्याईको नगरपालिकाका लेखापाल सञ्जय शर्माले बताए । यसले अब रामग्रामका करदातालाई कर बुझाउन सहज हुनेछ, उनले भने, यसलाई सहज रुपमा अभ्यासमा ल्याउनु पर्छ । उनका अनुसार सो पोर्टलबाट कर बुझाउने पहिलो करदाताको रुपमा इन्दिगो पेन्ट्स प्रालि रामग्राम १२ रहेको छ । सो कम्पनीले नगरपालिकालाई ब्यवसाय नबिकरण कर वापत ६० हजार कर दाखिला गरेको छ । कर दाखिला गर्दा पोर्टलले भौचर आफै ...